आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस


काठमाण्डौ – आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाउँदै आएका छन् । 

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । 

२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो । आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

छुटाउनुभयो कि ?

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...
अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न...