चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त


काठमाण्डौ — गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ ।

दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो ।

अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।

प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो । अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन् ।

छुटाउनुभयो कि ?

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । मेलामा ...
हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

काठमाडौँहिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको संरक्षण गर्ने उद्देश्य...
तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै

तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै

रुपन्देहीरुपन्देहीको तिलोत्तमा वडानं १४ स्थित बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण सप्ताह तथा धन-धान्यान्चल ज्ञान महायज्ञ...
न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै   ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

बुटवलन्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आय...