विविध

रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न उहाँले आज बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबारमा बस्नेछ ।  बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ । ...
एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ - एशियाली खेलकुद क्रिकेट छनोट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ ।  सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।  समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो । नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।  नेपाल र ओमानबीच अहिलेसम्म नौ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ६ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । एक खेल भने नतिजाविहीन भएको थियो ।  आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन् । ...
परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय

परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
काठमाण्डौ - परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ ।  वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ । दुवै देशका मन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  साथै विभिन्न तीन वटा निर्णय पनि भएको छ । नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेश्नल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच भएको समझदारी पत्र अन्तर्गत ...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका कार्यालय परिसरमा बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिका सामाजिक काममा अत्यन्त सक्रिय रहेको र पालिकावासिले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ एकै दिन १ सय ४१ जनाले रक्तदान गर्नु उदाहरणिय रहेको वताए।अध्यक्ष केसीले आफुले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा र हरेक हिसाबले अब्बल गराउन लागि परेको र प्रसस्त काम भएको वताएका छन्।उनले शिक्षा क्षेत्रमा जिल्लाका उत्कृष्ट पालिका मध्येमा पर्न सफल भएको खुसिसाट्न पाउंदा हर्षित भएको वताएका थिए। पालिका उपाध्यक्ष विष्णु भण्डारीले सामाजिक प्राणीले समाजसेवा गर्नु दायित्व रहेको र रक्तदान जस्तै पवित्र समाजसेवामा ...
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको हो ।  पुनर्गठित मन्त्रिपरिषद पाँच नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार र जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी तोकिएको छ ।  एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि यो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै ...
नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ : सभापति लामिछाने

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ : सभापति लामिछाने

Breaking news 1, ताजा अपडेट, विविध
काठमाण्डाै – भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्ने बताउनुभएकाे छ । नयाँ दिल्लीमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगकाे भेटवार्तापछि सभापति लामिछानेले भारत सरकारसँग मिलेर काम गर्न रास्वपा उत्सुक रहेको बताउनुभयाे । उहाँले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जाल एक्समा लेख्नुभएकाे छ, ‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुशीको क्षण रह्यो । नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’ सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने पनि उल्लेख गर्नुभएको छ । यसअघि ...
मधेश र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने

मधेश र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्यधिक गर्मी हुने अनुमान छ । मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्यधिक बढ्ने अनुमान छ ।  पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र ’हिट स्ट्रेसको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ ।  विषेश गरी दिउँसो ११ बजेदेखि ४ बजेसम्म घाममा ननिस्कन,...
चन्द्रकोट गाउँपालिका गुल्मीको पहिचान

चन्द्रकोट गाउँपालिका गुल्मीको पहिचान

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, माैसम, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मी जिल्लाका १२ स्थानीय तह मध्येको आफ्नै पहिचान वोकेको चन्द्रकोट गाउँपालिका हो।भौगोलीक हिसाबले यो पालिका २८°०६'३६.४'' उत्तरी अक्षांस र ८३°२४'५१.३'' पूर्वी देशान्तरमा पर्दछ।यस पालिकाको पूर्वमा गुल्मी जिल्लाकै कालीगण्डकी गाउँपालिका, पश्चिममा मुसिकोट नगरपालिका र गुल्मीदरवार गाउँपालिका, उत्तरमा बागलुङ जिल्लाको वरेङ्ग गाउँपालिका र गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाकै सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिका रहेको छ ।यस गाउँपालिकाको क्षेत्रफल १०५.७३ वर्ग कि.मि. रहेको छ । २०७८ को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसंख्या १८ हजार ६ सय ६२ रहेको छ ।नेपाल सरकारको मिति २०७३ फागुन २७ मा प्रकाशित राजपत्र अनुसार साविक दिव्रुङ्ग, बिशुखर्क, हराचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रूपाकोट र तुराङ्ग गा.वि.स. गरि ८ वटा गा.वि.स. मिलि बनेको यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ।चन्द...
तराईमा तातो बढ्दै : आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

तराईमा तातो बढ्दै : आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विदेश, विविध, समाचार, स्थानीय
काठमाण्डौ - पानी पर्नेक्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम शुरु भएको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो ।  हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश  प्रदेश र कोशी प्रदेशलगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ । विभागको तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।  देशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ  ...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान कार्यक्रममा समाजका सदस्यहरु, स्थानियबासी, सशस्त्र प्रहरी, युवा महिला गरि १ सय ७ जनाले रक्तदान गरेको गरेका थिए।समाजले स्थापना दिवसको अवसरमा जेठ १७ गते आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका -४ डिङ्गरनगरमा समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडले सामाजिक सेवामा सम्पर्क समाजले अनुकरणीय कार्य गरेको बताए । उनले भौतिक बिकासले मात्र समाज बिकास हुन नसक्ने बताउदै सामाजिक बिकासका लागि विभिन्न संघसंस्थासंग सहकार्य गर्न तिलोत्तमा नगरपालिका सधै तयार रहेको बताए ।समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले सम्पर्क समाजलाई यो अवस्था सम्म पुर्याउन सहयोग गर्ने पुर्वज देखि...