तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै



रुपन्देही
रुपन्देहीको तिलोत्तमा वडानं १४ स्थित बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण सप्ताह तथा धन-धान्यान्चल ज्ञान महायज्ञ आयोजना हुने भएको छ।
यहि मंसिर २३ गते देखि २९ गते सम्म सिद्धधाम परिसरमा सञ्चालन हुने ज्ञान महायज्ञमा आचार्य कपिलदेव सुवेदीले प्रवचन दिने तयारी रहेको बुधबार पत्रकार सम्मेलन मार्फत सिद्धधामका अध्यक्ष तारा प्रसाद छन्त्यालले जानकारी दिए।
बाउन्नकोटी सामुदायिक वन तथा उपभोक्ता समितिका समेत अध्यक्ष रहेका सिद्धधाम अध्यक्ष छन्त्यालले २५सय बर्ष पुरानो प्राचीन ऐतिहासिक तथा धार्मिक धरोहरको रुपमा रहेको बाउन्नकोटी सिद्धधाम थप व्यवस्थित गर्नको लागि र आध्यात्मिक, धार्मिक, पर्यटन,सामाजिक, शैक्षिक क्षेत्रमा आस्था र दखल राख्ने व्यक्तिहरूको लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।
उनले धाममा आउने-जाने साधुसन्तका लागि प्रयाप्त विश्राम स्थल तथा ध्यान केन्द्रको व्यवस्था, पर्यटकीय शिशमहल वनाउने योजना,धामसंग जोडिएको महत्वपूर्ण अवशेषको संरक्षणका लागि सहयोग जुटाउने योजना रहेको जनाए।


धामका संरक्षक पण्डित चन्द्रमणी पौडेलले उक्त धार्मिक स्थलसंगै ऐतिहासिक, युद्धकालीन कुवा, हवन कुण्ड, राजाहरू, यात्रुहरु तथा शिकारी हरुले पानी पिउने हुर्के पानी, प्राचीन नन्द भाउजु ताल, राष्ट्रिय गौशाला तथा पर्यटकीय क्षेत्र समेत रहेको महत्वपूर्ण स्थलको बृद्धि विकास र जानकारी जनजनमा पुर्याउन महायज्ञको आयोजना गरिएको जानकारी दिए।
धामका वरिष्ठ उपाध्यक्ष सुमित्रा घिमिरेले बाउन्नकोटीको विकास र अहिलेको विषम परिस्थितिमा अराजकता फैलिरहेको र कुनै पनि अप्रिय घटनाबाट टाढा रहंदै सवैमा ज्ञान र भागवत प्रेममा मनलागिरहोस शान्ति कायम होस् भन्ने महान लक्ष्य लिएर महायज्ञको आयोजना गरिएको वताइन्।
धामका सचिव निल प्रसाद पुनले धामको बृद्धि विकासमा टेवा पुग्ने र सत्कर्ममा लाग्न प्रेरणा मिल्ने उद्देश्य राखेर आयोजना गरिएको ज्ञान महायज्ञमा महायज्ञको सञ्चालन अवधिभर प्रत्येक दिनका कार्यक्रम तयारीमा रहेको र दाताहरुले आफु सक्दो सहयोग,दान गर्न सकिने समेत जानकारी दिएका थिए।

छुटाउनुभयो कि ?

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । मेलामा ...
हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

काठमाडौँहिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको संरक्षण गर्ने उद्देश्य...
तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै

तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै

रुपन्देहीरुपन्देहीको तिलोत्तमा वडानं १४ स्थित बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण सप्ताह तथा धन-धान्यान्चल ज्ञान महायज्ञ...
न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै   ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

बुटवलन्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आय...