
बुटवल
न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ।
प्रथम चरणमा मंसिर ११गते प्रदेशका विभिन्न ४केन्द्रमा आयोजना गरिएको उक्त प्रतियोगिताबाट चुनिने ६वटा विद्यालयहरु मंसिर १९ गते फाईनल प्रतियोगितामा सहभागी हुन पाउने छन्।
फाईनल प्रतियोगिता न्यु होराइजन माविको प्राङ्गण बुटवल देवि नगरमा आयोजना गरिएको छ।
जसको प्रथम पुरस्कार ४० हजार , द्वितीय २५ हजार र तृतीय २० हजार धनराशि, सिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने छन्।
सेमिफाइनलमा हरेक केन्द्रमा प्रथम ९ हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार ५सय, सिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
फाइल प्रतियोगितामा सहभागी विद्यार्थीहरुले बाटा खर्चसमेत उपलब्ध गराउने छ।
विद्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव अर्यालले विद्यार्थीहरुमा अन्तर्निहित बौद्धिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत ०५० सालदेखि निरन्तर हाजिरीजवाफ लगायतका रचनात्मक अतिरिक्त कार्यक्रम आयोजना गर्दै आएको वताए।
हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमका संयोजक शिक्षक प्रकाश पन्थले विद्यार्थीहरुमा रहेको क्षमता प्रस्फुटन गर्ने र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी गराएका थिए।
विद्यालयका संस्थापक प्राचार्य लोकनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यालयले वार्षिक उत्सवको सन्दर्भमा मंसिर २० मा अन्तर मावि जिल्ला स्तरीय पुस्तक समीक्षा कार्यक्रम र पुस ४ गते कोरा साईकलिङ्को समेत आयोजना गरिएको शिक्षक प्रकाश खनालले जानकारी गराएका थिए।