यूएईले भिजिट भिसामा नयाँ नियम लागू गर्यो, स्पोन्सरको न्यूनतम तलब तोकियो
काठमान्डौ
संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ, जसअनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने प्रायोजकले निश्चित मासिक न्यूनतम तलब पुरा गरेको हुनुपर्छ । नयाँ प्रावधानअनुसार चार तह निर्धारण गरिएको छ जसमा पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान र श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ ।
त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ । भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुन...








