विदेश

नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भने यो विषयमा आधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताइन् । ‘मलाई आधिकारिक रूपमा यसबारे जानकारी छैन,’ उनले भनिन्, ‘आधिकारिक नभई मैले बोल्न मिल्दैन ।’ ...
बाढीपहिरोबाट प्रभावितका लागि नेपालले श्रीलंकालाई दियो दुई लाख डलर सहयोग

बाढीपहिरोबाट प्रभावितका लागि नेपालले श्रीलंकालाई दियो दुई लाख डलर सहयोग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौं नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ । नेपाल सरकारले दिवङ्गतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ । एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ । यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलङ्का जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ । ...
श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु, आपतकाल घोषणा

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु, आपतकाल घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् । यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ । श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए । श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ । श्रीलंका विपद् व्यवस्थापन विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भनेका छन्, ‘हाम्रोमा १३२ जनाको मृत्युको...
एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँ नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच दिउसो ३: ३० बजेदेखि खेल हुदैछ । जारी एनपीएलमा कर्णाली याक्सले ४ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ । सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् । त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् । ...
चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी

चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबारदेखि चुच्चे नक्सा भएको एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले चुच्चे नक्सासहितको नेपाली नोट बजारमा ल्याएपछि भारतीय मिडियाहरुमा विवादित नक्सा छापिएको समाचार प्रकाशित भएको छ । अधिकांश भारतीय मिडियाहरुले भारतका तीन इलाकालाई नेपालको बताएको उल्लेख गर्दै समाचार सम्प्रेषण गरेका छन् । भारतीय मिडिया आजतकले भारतको विरोधको बाबजुद नयाँ नोटमा चुच्चे नक्सा राखेको उल्लेख गरेको छ । हिन्दुस्तान टाइम्सले १०० रुपैयाँको नयाँ नोटमा नेपालको नक्सामा भारतीय भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेको लेखेको छ । आजतकले नेपालको नोटमा छापिएको विवादित क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश हुँदा भारतको आपत्ति रहेको जनाएको छ । नवभारत टाइम्सले भारतका तीन क्षेत्रलाई नेपालले आफ्नो भूमि दाबी गरेको उल्लेख गर...
४ खर्ब ३० अर्बको नेपाली नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

४ खर्ब ३० अर्बको नेपाली नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार
काठमाडौँ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ ।नेपाल राष्ट्र बैंकले १६।९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । ...
नेपाल-बंगलादेश ऊर्जा सहमति: २० मेगावाट थप विद्युत् निर्यात हुने

नेपाल-बंगलादेश ऊर्जा सहमति: २० मेगावाट थप विद्युत् निर्यात हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिलेसम्म ४० मेगावाट विद्युत् निर्यात भइरहेको थियो । बिहीबार ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले नेतृत्व गरेका थिए। बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र जेभीए छिटो टुंग्याउने सहमति समेत भएको छ । नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढ/ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यात सम्भावनाको अध्ययन गर्ने सहमति पनि भएको छ। नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर ...
अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी

अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौ नेपालमा अध्ययन भिसामा प्रवेश गरेका केही विदेशी नागरिकहरूले भिसा उद्देश्य विपरीत बस्ने गतिविधि गरेको पाइएको भन्दै अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ । अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकालका अनुसार, अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकहरूले केही कानुन उल्लङ्घन गर्ने गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ । त्यसैगरी, केही विदेशी नागरिकहरूले नियमित कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको र कोर्स पूरा भए पनि शैक्षिक प्रमाणपत्र पेश नगरेको तथ्यसमेत पाइएको ढकालले बताए ।अध्यागमन विभागले शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिहरूलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न स्पष्ट निर्देशन जारी गरेको छ । साथै, केही विदेशी नागरिक गैरकानूनी गतिविधिमा समेत संलग्न पाइएपछि त्यसको सूचना प्रहरी त...
पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग

पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग

Breaking news 2, ताजा अपडेट, विदेश, समाचार
बंगलादेशको विदेश मन्त्रालयले शेख हसिना र असदुज्जमान खानलाई तुरुन्तै बुझाउन भारतसँग माग गरेको छ । मानवताविरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कुनै देशले आश्रय दिनु न्यायको अवहेलनाका रूपमा लिईने बंगलादेशले जनाएको छ । जवाफमा भारतीय विदेश मन्त्रालयले भारत बंगलादेशमा शान्ति, लोकतन्त्र, र स्थिरता चाहने बताएको छ । भारतले हसिनालाई बुझाउने वा नबुझाउनेबारे स्पष्ट जवाफ नदिई कूटनीतिक भाषा प्रयोग गरेको बीबीसीको खबरमा उल्लेख छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई गएको वर्षको जुलाई र अगस्टमा भएका विद्रोह र हिंसात्मक घटनामा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै हिजो मृत्युदण्डको सजाय सुनाएको छ । दुवैजना अहिले भारतमा निर्वासनमा बसिरहेका छन् । ३ सदस्यीय न्यायाधिकरणले ४ सय ५३ पानामा विस्तृत फैसलासहित हसिनालाई पाँचमध्ये दुई आरोपमा...
विश्वका सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा ३१ जना नेपाली

विश्वका सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा ३१ जना नेपाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंविश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्र ढकालले दिएको जानकारी अनुसार एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको वार्षिक ‘ग्लोबल –याङ्किङ’मा ३१ जना नेपाली वैज्ञानिकहरू समावेश भएका हुन् ।“स्ट्यानफोर्ड युनिभर्सिटीले हरेक वर्ष यस्तो सुची तयार गर्छ, अध्ययन अनुसन्धानका आधारमा उहाँहरूले प्रकाशन गर्नुभएको पुस्तक र ‘साइटेशन’ का आधारमा यो तयार गर्छ, सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा उहाँहरू पर्नुभएको हो,” सचिव ढकालले भने । उनकाअनुसार नेपाली अनुसन्धानकर्ताहरूले अनुसन्धान, आविष्कार र दिगोपनको माध्यमबाट विश्वव्यापी प्रभाव पारेका छन् ।स्ट्यानफोर्ड युनिभर्सिटीले सार्वजनिक गरेको सूची अनुसार त्...