स्थानीय

लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन शुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो

लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन शुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले मानवअधिकारकै हनन हुनेगरी दमन र ज्यादती गरेको भन्दै उजुरी दिएको थियो । उजुरीमाथि अनुसन्धान र छानविन गर्न आयोगले आज प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाएको थियो । तर कुँवरले आफू काठमाण्डौ बाहिर रहेको भन्दै अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् नायव महानिरीक्षक दानबहादुर कार्कीलाई पठाउनुभएको छ । आयोगको कार्यालयमा पुगेर तामाङ र कार्कीले जानकारी दिनुभएको छ । दुवै प्रहरी अधिकारीले लामिछानेको सुरक्षाको लागि रातारात चितवनबाट पोखरा लैजानुपरेको जानकारी दिएका छन् । मानव अधिकार आयोगले आज प्रहरी अधिकारीसँग सामान्य बयान लिएर अनुसन्धान थाल...
रविलाई वीरगञ्ज लगियो

रविलाई वीरगञ्ज लगियो

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
२४ मंसिर, पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याइएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । ...
एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – पहिलाे संस्करणकाे नेपाल प्रिमियर  लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ । आजै दिउँसो १ बजे हुने दाेस्राे खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् । यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ । कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ । समान २/२ अङ्क भएका कर्णाली छैटाैं र विराटनगर सातौं स्थानमा छन् । तीन वटै खेल जितेको जनकपुर बाेल्ट्स ६ अङ्कसहित एनपीएलकाे शीर्ष स्थानमा छ । ...
भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डाै – भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर भोलि बेलुकीदेखि पर्सि सोमवार रातिसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँ तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना...
सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेन साउदले लिए ५ विकेट

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेन साउदले लिए ५ विकेट

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो । काठमाण्डौका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०/१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । यस्तै अविनाश बोहराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए । काठमाण्डौका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल...
पाल्पामा सुन्तला महोत्सव हुने

पाल्पामा सुन्तला महोत्सव हुने

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
पाल्पा - पाल्पामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ पर्सि शनिवार र २३ गते आइतवार सुन्तला महोत्सव हुने भएको छ । महोत्सव सञ्चालनका लागि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाखका दरले १० लाख रुपैयाँ प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिनुभयो । महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उहाँले बताउनुभयो । सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिने छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गएको वर्ष  ४६ करोड रुपैयाँको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ । यसैबीच रामेछापमा सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । मन्थली नगरपालि...
बीआरआईमा हस्ताक्षर भयो, तर अन्तिम किनारा लगाउन बाँकी छ

बीआरआईमा हस्ताक्षर भयो, तर अन्तिम किनारा लगाउन बाँकी छ

Breaking news 1, ताजा अपडेट, विदेश, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा मङ्गलबार ग्रेट हल अफ पिपलमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा दुई देशका अधिकारीद्वारा हस्ताक्षर गरिँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशबीचको परम्परागत मैत्रीसम्बन्धलाई निरन्तरता दिएको छ । यस्ता भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनाउनुका साथै उच्च स्तरमा लैजान मद्दत पुग्छ । यस्तै भ्रमणले सद्भाव पनि बढाएको छ । चीनले उदारतापूर्वक नेपालको आर्थिक, सामाजिक विकासको लागि पाँच सय मिलियन आरएमबी अर्थात झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ । यो सुखद् पक्ष हो । प्रधानमन्त्री ओलीको भ्रमणमा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । तर यसमा अझै अन्तिम किनारा दिन नसकेको देखिन्छ । यो विषयलाई छिटै दुई पक्ष बसेर टु...
द एस आर होटलको ७ औं स्थापना दिवस गौशालाका  ३०० गाई हरुलाई  दाना खुवाई मनाईयो

द एस आर होटलको ७ औं स्थापना दिवस गौशालाका ३०० गाई हरुलाई दाना खुवाई मनाईयो

जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
वुटवल, तितोत्तमा १ ड्राइभरटोल स्थित द एस आर होटल ले आफ्नो ७ औं स्थापना दिवसको दिन पारि तिलोत्तमा ८ शान्तिनगर स्थित तिलोत्तमा गौसाला का करिव ३०० गाई हरुलाइ दाना खुवाएको छ । होटल स्थापना दिवसको अवसर पारि गौसालाका गाई हरुलाई सेवा गर्न पाउँदा खुसि लागेको अध्यक्ष होमकान्त बस्यालले (शंकर)वताए । हिन्दु धर्मावलम्बीको पवित्र जनावर मानिने गाई धर्ममा मात्रै नभएर जैविकता को एक प्रतिक भएको गाइको मल, मुत्र ओखति , गाइको स्पर्श ले पनि मानव सरिरका नकारात्मक तत्तवहरुलाई सकारात्मकतामा परिवर्तन गर्न सक्ने क्षमता गाईमा हुने कुरा परापुर्व देखि सुन्दै पढ्दै आएको संचालकले वताए । होटलले आज को दिन देखि यो साता लाई होटलको सबै सेवाहरुमा १५ प्रतिशत छुटको ब्यवस्था मिलाएको छ । होटलमा ३२ विभिन्न भेराएटिका वातानुकुलित रुमहरु २ वटा ठुला पार्टी हल हरु तथा २ कन्फ्रेन्स हल ३ स्पेसल क्याविन , जम्वालय रेस्टुरेन्ट , वार...
रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार

रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार

Breaking news 3, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटबल तिलोत्तमा व्यापार संघको आयोजनामा रुपन्देहीको मणिग्राममा सञ्चालित तिलोत्तमा जारी महोत्सव २०८१ मा सोमबारसम्म ७ करोडको कारोबार भएको छ। यही मंसिर ६ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा १० करोड भन्दा बढी कारोबार हुने आयोजकको आंकलन रहेको छ। करिब ३०० स्टल रहेको महेात्सवमा व्यवसायीहरुलाई सहुलियत गरेर आयोजकलाई मुनाफा नभए पनि सुविधा दिने तिलाेत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले बताए । उनले कृषि प्रवर्द्धनका लागि निःशुल्क तथा सहुलियत रहेको बताए । मेलामा आवश्यक सामग्री देखि नाचगान ,खेलकुद ,खानपान ,सेल्फी जोनहरू रहेको व्यापार संघका संस्थापक अध्यक्ष जेपी कडेलले जानकारी दिए। "व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार "भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा पर्यवेक्षकहरूको उल्लेखनीय सहभागिताले आयोजकहरू थप उत्स...
स्थानीयतहको उपचुनाव शान्तिपुर्ण रुपमा सम्पन्न : मतगणनाको तयारी सुरु ,पर्सि सम्म सबै ठाउँको परिणाम आइसक्ने

स्थानीयतहको उपचुनाव शान्तिपुर्ण रुपमा सम्पन्न : मतगणनाको तयारी सुरु ,पर्सि सम्म सबै ठाउँको परिणाम आइसक्ने

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल – पालिका उपचुनावको मतगणना आजै रातिदेखि शुरू हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् उपसचिव दुर्गाप्रसाद चालिसेले मतदान सम्पन्न भएसँगै सर्वदलीय छलफल गरे आजै बेलुकादेखि वडाहरूको मतगणना शुरू गर्ने तयारी रहेको जानकारी दिनुभयो । पालिकास्तरको मतगणनाका लागि सबै मतदान केन्द्रबाट मतपत्र सङ्कलन गर्न केही समय लाग्ने भएकाले त्यहाँ भाेलि बिहानदेखि मतगणना शुरू हुने आयाेगका सहायक प्रवक्ता चालिसेले बताउनुभयाे । दोलखा, बाजुरा, हुम्लाजस्ता दुर्गम ठाउँहरूमा रातिसम्म मतपेटिका सङ्कलन हुने भएकाले त्यहाँ तत्काल मतगणना शुरू गर्न कठिनाइ हुने देखिएको छ । यद्यपि आजैदेखि शुरू भएका वडाहरूको मतगणनाको प्रारम्भिक नतिजा भोलि बिहानसम्म आउन सक्ने र भोलि बेलुकासम्म धेरैजसाे ठाउँको मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरेकाे सहायक प्रवक्ता चालिसेले बताउनुभयाे । बढी मतदाता भएका पालिका जस्तै– काठमाण्डा...