स्थानीय

आज १७औँ लोकतन्त्र दिवस, महत्त्वपूर्ण उपलब्धि तर असन्तुष्टि बढ्दो

आज १७औँ लोकतन्त्र दिवस, महत्त्वपूर्ण उपलब्धि तर असन्तुष्टि बढ्दो

Breaking news 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
काठमाण्डाै - आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित भएको खुसियालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गर्नुभयो । २०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको ...
मर्भुङ्ग समाजद्वारा क्यालेन्डर बिमोचन,

मर्भुङ्ग समाजद्वारा क्यालेन्डर बिमोचन,

विविध, समाचार, स्थानीय
चैत्र ३०, बुटबल नयाँ बर्ष २०८० सालको अबशर पारेर गुल्मी मर्भुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अबशरमा समाजको क्यालेन्डर निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । गुल्मीको मर्भुङ्ग क्षेत्रबाट विभिन्न कामको शिलशिलामा रुपन्देहीको बुटबल आसपासमा बसोबास गर्ने दाजुभाई तथा दिदी बहिनिको सयुक्त पहलमा स्थापना गरिएको सस्थाले बिभिन्न शिर्जनशिल कृयाकलाप गर्दै आएको छ । एउटै भुगोलमा जन्म भएका दाजुभाई दिदिबहिनीहरुको सम्बन्धलाई प्रगाढ बनाउन, भातृत्वलाई नजिक ल्याउन , एक आपसमा सहयोग आदानप्रदान गर्ने तथा सामाजिक कृयाकलाप गर्नको लागि सस्था स्थापना गरिएको समाजका कोषाध्यक्ष किरण जि सिले जानकारी दिनु भएको छ ।बुधबार सम्पन्न सम्पन्न क्यालेन्डर बिमोचन कार्यक्रममा थानेश्वर अर्यालको अध्यक्षता तथा...
विभिन्न प्रदेशमा विहानै देखि बर्षा, कस्तो रहला दिनभरको मौसम ?

विभिन्न प्रदेशमा विहानै देखि बर्षा, कस्तो रहला दिनभरको मौसम ?

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  राति पहाडी तथा तराईका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  यो क्रम आइतबारसम्मै जारी रहने महाशाखाले जनाएको छ ।  ...
राष्ट्रपति निर्वाचनस् रास्वपाको बैठक आज बिहान बस्दै

राष्ट्रपति निर्वाचनस् रास्वपाको बैठक आज बिहान बस्दै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौं । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिदैछ ।रबि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ । रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो ।  आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ । ...
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, समाज, स्थानीय
२२ फागुन, काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली म...
स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२० फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् ।स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।उनले विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी सङ्गठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताए । यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका हुन् ।आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ । क...
डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२० फागुन, कास्की। फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण विकले जानकारी दिए । ...
सत्ता गठबन्धनलाई भोट क्रसको डर

सत्ता गठबन्धनलाई भोट क्रसको डर

ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
१९ फागुन, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन शुक्रबार सातै प्रदेशमा सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।सबै प्रदेश राजधानीमा भएको ७ दलका प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम बागमती प्रदेशका सांसदहरुका लागि भने काठमाडौंको बानेश्वरमा राखिएको थियो ।कार्यक्रममा नेताहरुले पौडेलले राष्ट्रपति जित्ने निश्चित रहेको बताएका छन् । तर सँगै, उनीहरुमा एउटा चिन्ता पनि देखिन्थ्यो । त्यो चिन्ता अनौपचारिक सम्वादमा मात्र होइन मञ्चबाट समेत नेताहरुले प्रकट गरे ।‘एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको तपाई हामीलाई पनि भ्रम सिर्जना गर्ने टाइपका कुरा आएका छन्’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले मञ्चबाटै भनेका थिए । उनले एमालेले आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई जनजाति भनेर मत ...
सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य

Breaking news 1, कृषि, समाचार, स्थानीय
१९ फागुन, काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।‘किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको छ,’ स्रोतले भन्यो ‘किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय गरेको हो ।’ अब किसानले बिक्री गर्ने दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ । अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ ।किसानको मूल्यमै प्रतिलिटर ठूलो मूल्यवृद्धि गरिएपछि अब दूधको उपभोक्ता मूल्य सामान्य मानिसको पहुँच भन्दा महँगो हुने भन्दै उपभोक्ता अधिका...
तिक्तता मेटाउँदै एमाले–एकीकृत समाजवादी

तिक्तता मेटाउँदै एमाले–एकीकृत समाजवादी

Breaking news 1, समाचार, स्थानीय
१९ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मदेवार सुवास नेम्वाङसहित नेकपा एमालेका दोस्रो तहका नेताहरु बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगे । अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेम्वाङसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य बिमला राई पौड्याल एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेका थिए । एमाले नेताहरुसँग अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडा तथा स्थायी कमिटी सदस्य रामचन्द्र झा भेटवार्तामा बसे । करिब सवा घण्टा भएको भेटपछि नेताहरुले सम्वाद सौहार्दपूर्ण बनेको बताए । राष्ट्रपति उम्मेदवारलाई मत माग्ने मुख्य प्रयोजनसहित बसेका नेताहरुले दुई पार्टीबीच सहकार्य बढाउने अवसर समेत मिलाइदिएको प्रतिक्रिया दिए । ‘दुई पार्टीबीचको एकता अगाडि बढाउने...