स्थानीय

SEE परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई शंकरनगर दुर्गादत्त मा विले दियो शुभकामना ।।

SEE परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई शंकरनगर दुर्गादत्त मा विले दियो शुभकामना ।।

ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
१७ असार, शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा २ ले SEE परिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि २०८० सालको एसईई परिक्षामा आफ्नो बिद्यालयबाट राम्रो नम्बर ल्याउने तथा उत्तीर्ण सम्पुर्ण बिद्यार्थीलाई बधाई तथा उज्वल भबिस्यको शुभकामना दिएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीले विद्यालय परिसरमा र्याली समेत निकालेका थिए। तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेलको अध्यक्षतामा , प्रधानध्यापक चण्डी प्रसाद पाण्डेय स्वागत, सह- प्रधानध्यापक प्रकाश लाल श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम बोल्ने बक्त्ताहरुले राम्रो नम्बर ल्याएर पास हुने बिद्यार्थीलाई बधा...
२ किलोबाट सुरु गरेको , दैनिक करिब २ सय किलोको व्यापार गर्दै हैदराबादी मट्का दम बिरयानी

२ किलोबाट सुरु गरेको , दैनिक करिब २ सय किलोको व्यापार गर्दै हैदराबादी मट्का दम बिरयानी

ताजा अपडेट, समाचार, स्थानीय
असार ०५ , बुटबल हैदराबादी मट्का बिरयानी भने पछी धेरैको मुख रसाउने गर्छ । बुटबलको पुरानो बसर्पाकमा संचालनमा आएको हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ रेस्टुरेन्टको स्वादले धेरैको मन जितेको छ । करिब ४ बर्ष अगाडी देखि सुरु भएको मट्का बिरयानीले छोटो समयमा मिठो स्वाद दिएर ग्राहकको मन जित्न सफल भएको हो ।बुटवलका बासिन्दालाई हैदराबादी मट्का बिरयानी पस्किने व्यवसायी हुन्हुन्छ रोल्पाका जनक खड्का । ७७ हजार लगानीबाट २ किलो मासुको विरयानीबाट सुरु गर्नु भएको व्यावसायबाट खड्काले राम्रो सफलता प्राप्त गर्नु भएको छ । अहिले दैनिक सरदर झण्डै २ सय किलो मासुको बिरयानी पाक्छ ।परिबारको साथ र सहयोग सगै १९ जना श्रमिकलाई रोजगार दिनुभएका खड्का व्यावसायबाट सन्तुष्ट देखिनु हुन्छ । बुटवलमा हैदराबादी मट्का बिरयानीको सफलता संगै अन्य ठाउँमा पनी व्यावसाय विस्तार गर्ने उदेश्य राख्नु भएका उहाँले काठमाडौमा दुई ...
१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

Breaking news 1, समाचार, स्थानीय
११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।‘जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरि पोखरा पठाउँदै छौं,’ पौडेलले भने ।गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ ...

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म यात्रा हुँदै

ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, स्थानीय
काठमाण्डाै - नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राको उद्घाटन गरेपछि झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा सुरू हुने एमालेले जनाएको छ । झुलाघाटबाट शुरु हुने सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १  गते चिवाभञ्ज्याङ पुग्नेछ ।आज मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु झुलाघाटमा झण्डा गाडेर १७ किलोमिटर पूर्वतर्फ बैतडी सदरमुकाम गोठालापानीमा जनसभा गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आज नै अध्यक्ष ओलीले डडेल्धुरामा आयोजना हुने सभालाई सम्बोधन गर्ने तयारी छ । सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोबास गर्ने स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफ...
सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डाै - सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिमका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । दिउँसोपख बादल लाग्ने र कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।...
पेट्रोल, डिजलको भाउ बढ्यो

पेट्रोल, डिजलको भाउ बढ्यो

ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ एक सय ८३ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनुपरेको निगमका प्रवक्ता मनोज ठाकुरले ...
काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

Breaking news 2, अपराध, ताजा अपडेट, समाचार, स्थानीय
३० भदौ, काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।उनका अनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । ...
छत्रकोट गाउँपालिका गुल्मीमा तिज गित प्रतियोगिता सम्पन्न

छत्रकोट गाउँपालिका गुल्मीमा तिज गित प्रतियोगिता सम्पन्न

ताजा अपडेट, मनोरञ्जन, लेख रचना, समाचार, समाज, स्थानीय
कालिदास आत्रेय भदौ २९ हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसर पारेर गुल्मीको छत्रकोट गाउँपालिकामा तिज गित प्रतियोगिता सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा श्रीङ्गा जनता मा बि को प्राङ्गणमा सम्पन्न प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका विभिन्न महिला समुहहरु र विद्यालयहरु गरि १२ वटा समुहको सहभागिता रहेको थियो।जसमा आदर्श मा वि दिगाम प्रथम, सरस्वती मा वि चोएगा द्वितीय, हरियाली आमा समुह पल्लिकोट तृतीय र श्रीङ्गा जनता मा वि सान्त्वना भएका छन। छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे,प्रमुख प्रशाशकिय अधिकृत वीर बहदुर पुन, जिल्ला समन्वय समिति सदस्य महेश्वर भण्डारी , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको आतिथ्यता रहेको थियोे । कार्यपालिका सदस्य साबित्रा बि क को स्वागत मन्तव्य ...
आत्महत्याको संख्या बढि हुनेमा लुम्विनी प्रदेश तेस्रो

आत्महत्याको संख्या बढि हुनेमा लुम्विनी प्रदेश तेस्रो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मी । आत्माहत्याका संख्या बढि हुने तीन प्रदेश मध्ये एक लुम्विनी प्रदेश पनि परेको सरकारी तथ्याङकले देखाएको छ । सबै भन्दा बढि आत्माहत्या हुने कोशी प्रदेश पहिलो , गण्डकी प्रदेश दोस्रो र लुम्विनी प्रदेश तेस्रो रहेको तथ्याङकले देखाएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढि आत्माहत्या हुने जिल्ला पाल्पा रहेको छ । जनसंख्याको आधारमा अर्घाखाँची दोस्रो र गुल्मी तेस्रो जिल्ला देखिएको छ । यस प्रदेशमा सबै भन्दा कम आत्माहत्या हुने जिल्ला नवलपरासी परेको छ । विश्व आत्माहत्या दिवसको अवसरमा जिल्ला समन्व्य समिति गुल्मीको समन्व्यमा जिल्ला प्रहरी कार्यालय र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासले आयोजना गरेको आत्माहत्या न्युनिकरण कार्ययोजना कार्यन्वयन २०८०/०८१ पेश गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले बताए...
देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभरजसो पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभरजसो पानी पर्ने सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।यस्तै, राति कोशी,बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो । यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज मध्य र  पूर्वी क्षेत्रमा धेरै पानी  पर्ने अनुमान छ  ।भोलि पनि काठाण्डौसहितका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पानी परेका क्षेत्रमा बाढी पहिरोको ...