रूपन्देही विद्युतीय व्यवसायी संघको साधारणसभा सम्पन्न :गुणस्तर र अस्वस्थ प्रतिस्पर्धा हटाउनमा व्यवसायीकाे जाेड


बुटवल

रूपन्देहीमा रहेका विद्युतीय व्यवसायीहरूको साझा संस्था रूपन्देही विद्युतीय व्यवसायी संघको १३औं वार्षिक साधारण सभा शनिबार बुटबलमा सम्पन्न भएको छ। साधारण सभामा बोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले विद्युत व्यवसायीलाई व्यवसायमा सहजता ल्याउने र एक व्यक्तिले गर्दा हुन नसकेका काम सामुहिकताबाट गर्न सकिने हुनाले सबै व्यवसायी संगठित भई लाग्नुपर्नेमा जोड दिए ।

महासंघले देशभरका २२ जिल्लामा शाखा कार्यालय विस्तार भइसकेको र केही जिल्ला र महासंघको केन्द्रीय कार्यालय भवन निर्माण भएकोमा खुसी व्यक्त गरे। साथै शाखाहरूमा भवन निर्माणमा महासंघले सक्दो सहयोग गर्ने बताए । महासंघले व्यवसायीहरूका पिरमर्का ,नीति नियमका विषयमा साङ्गठनिक रूपमा सम्बन्धित निकायमा पुर्‍याउँदै आएको बताए । उनले राष्ट्र निर्माणमा विद्युतीय व्यवसायीको महत्वपूर्ण योगदान हुने हुनाले गुणस्तर र अस्वस्थ प्रतिस्पर्धा हटाउन सबै लाग्नुपर्ने बताए ।उनले सरकारले बनाएको व्यवसायीले २० प्रतिषत मुनाफा राख्न अनुमति रहेकोले सोही अनुसार हिसाब किताब पारदर्शी रहेमा व्यवसायीलाई समस्या नहुने बताए। उनले अहिले नेपालमा उधारो कारोबार हुने र पछि उठाउन समस्या रहेको भन्दै यस सम्बन्धी नीति नियम लागू गर्न सरकारसँग आग्रह गरेको बताए।

देवकोटाले रुपन्देही शाखा देशकै उत्कृष्ट शाखाको रुपमा स्थापित भई सकेको र विभिन्न समयमा पुरस्कृत र सम्मानित हुँदै आएकोमा बधाई तथा शुभकामना दिए। उनले लेखा विषयमा प्रशिक्षण प्राविधिकहरुलाई प्रशिक्षण लगायत कुरामा महासंघले सहजीकरण गर्ने बताए ।सँगै विभिन्न सामाजिक काममा अग्रसर हुँदै आएको बताए। देवकोटाले छोटो समयमा महासंघले विद्युतीय व्यवसायीहरूको छुट्टै अनलाइन सञ्चारमाध्यम खोल्ने बताए । अहिले खुल्ला सिमानाका कारण विद्युत व्यवसायमा केही विकृति रहेको उल्लेख गरे।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले अहिले रूपन्देहीका उद्योगी व्यवसायीहरुमा खुल्ला सिमानाका कारणले विकृति देखिएको भन्दै व्यवसायीहरूमा रहेको अस्वस्थ प्रतिस्पर्धाको मानसिकता हटाउनुपर्ने बताए। उनले अहिले व्यवसायीहरूमा होल्डिङ बोर्डहरू माथि सरकारले ल्याएको नियमन उद्योग व्यवसायीसँग बसेर समाधान हुनुपर्ने बताए । उनले रुपन्देहीका उद्योगी व्यवसायीहरुमा संघ-संस्थामा एकरुपता रहेको र आगामी समयमा साझा समस्या र उन्नतिमा एक साथ मिलेर जाने बताए ।

नेपाल विद्युत व्यवसायी महासंघका प्रथम उपाध्यक्ष प्रेम बहादुर जिसीले रूपन्देही नेपालकै सर्वोत्कृष्ट शाखा रहेकोले यसलाई थप मजबुत र व्यवसायीका हक हितमा लाग्न शुभकामना दिए। कार्यक्रमका मुख्य प्रायोजक भिष्टा इलेक्ट्रोनिक प्रालिका सञ्चालक मधु भट्टराईले नेपालमा केही गरे केही हुन्छ भन्ने आफूले युवा अवस्थामा सञ्चालन गरेको व्यवसाय र सबैको साथले अनुभव गरेको बताए। नेपालमा अहिले देखिएको आर्थिक मन्दीलाई मिलेर देश र नागरिकको हितका लागि समाधान गर्न सकिने बताए ।

महासंघका कोषाध्यक्ष प्रकाश चन्द्र पाण्डेले देशमा रहेको आर्थिक मन्दिले विद्युत व्यवसायमा पनि असर गरेको भन्दै अन्य जस्तो सामान एक्सपायर हुने समस्या नरहेकोले हतास नभई क्रमश अगाडि बढ्नुपर्ने बताए। रुपन्देही शाखाका पूर्व अध्यक्ष समेत रहेका पाण्डेयले महासंघले रुपन्देहीले बनाएको पहिचानले गर्व गरेको भन्दै शाखालाई हरेक कुरामा साथ र सपोर्ट रहेको बताए । लुम्बिनी प्रदेश विद्युतीय व्यवसायी महासंघका संयोजक लोकनाथ पोखरेलले जसरी रूपन्देही देशमै उत्कृष्ट शाखा भएको छ ,त्यसैगरी लुम्बिनी प्रदेशलाई पनि उत्कृष्ट बनाउन आफू लागेको बताए।

रुपन्देही शाखाका संस्थापक अध्यक्ष एवं सल्लाहकार अनन्तमान थैवले अहिले हरेक पेशा व्यवसायमा अरुलाई आलोचना गर्ने विकृति रहेकोले पहिला आफू नै सचेत र संयमित भई नीतिगत रूपमा चल्नुपर्ने बताए ।

रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष सागर खरेल (शान्तराम खराल) को अध्यक्षतामा रहेको कार्यक्रममा महासंघका तृतीय उपाध्यक्ष लोकनाथ सापकोटा,रूपन्देहीका व्यावसायिक संघसंस्थाहरूको तर्फबाट रूपन्देही होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, विद्युतिय व्यवसायी संघ चितवन शाखाका अध्यक्ष विष्णुप्रसाद चालिसे लगायतले बोल्दै रुपन्देहि विद्युत व्यवसायी संघ उत्कृष्ट रहेको बताएका थिए ।

कार्यक्रममा रूपन्देही शाखाले चितवन शाखाको व्यवसायी संघको कार्यालय भवन निर्माणका लागि र १ लाख ११ हजार १सय ११ रुपैयाँ नगद सहयोग गरेको छ। रूपन्देहीका ६ नगर शाखामध्ये कार्यसम्पादनको हिसाबले तिलोत्तमा नगर प्रथम, देवदह नगर द्वितीय र सैनामैना नगर तृतीय भएका छन्।

कार्यक्रममा व्यवसायीका पढाइमा उत्कृष्ट हुने सन्ततिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंहले गरेको कार्यक्रमको सञ्चालन महासचिव विष्णु भण्डारीले गरेका थिए।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...