बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रबि आज जिल्ला अदालत रुपन्देहिमा उपस्थित हुँदै ,


 बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । अदालतमा उपस्थित हुन उनी हिजो दिउसो नै रुपन्देही आएर बसेका छन् । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनी विरुद्धको  पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको थियो । पूरक अभियोजन अन्तर्गत रवि लामिछाने सहित पूर्वडीआइजी  छविलाल जोशी सहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले बताए ।

लामिछानेविरुद्ध सहकारीबाट व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्व डीआइजी जोशीसहित  १४ जनालाई  मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड  र गोर्खा मिडियाका नाममा  ९सामूहिक० २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ । त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको ९सामूहिक० १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार  बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...