सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीसहित दुई जना नेता एमालेबाट निष्कासित


काठमाण्डाै – नेकपा एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । एमालेबाट कारबाहीमा परेका नेता भीम रावलको पक्षमा गतिविधि गरेको भन्दै एमालेको जिल्ला कमिटीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।हिजो बसेको एमाले जिल्ला सचिवालय बैठकले उनीहरूलाई कारबाही गरेको हो । एमाले कैलाली सचिव ममताप्रसाद चौधरीले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नरहने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्ला कमिटीले भने दुवै जनालाई निष्कासन गरेको जनाएको छ ।

भीम रावलले सञ्चालन गरेको मातृभूमि जागरण नेपाल अभियानलाई सहयोग गरेको र आफ्नै पार्टी र नेतृत्वविरुद्ध गतिविधि गरेकाले दुई जनालाई कारबाही गरिएको एमालेले जनाएको छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...