सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीसहित दुई जना नेता एमालेबाट निष्कासित


काठमाण्डाै – नेकपा एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । एमालेबाट कारबाहीमा परेका नेता भीम रावलको पक्षमा गतिविधि गरेको भन्दै एमालेको जिल्ला कमिटीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।हिजो बसेको एमाले जिल्ला सचिवालय बैठकले उनीहरूलाई कारबाही गरेको हो । एमाले कैलाली सचिव ममताप्रसाद चौधरीले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नरहने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्ला कमिटीले भने दुवै जनालाई निष्कासन गरेको जनाएको छ ।

भीम रावलले सञ्चालन गरेको मातृभूमि जागरण नेपाल अभियानलाई सहयोग गरेको र आफ्नै पार्टी र नेतृत्वविरुद्ध गतिविधि गरेकाले दुई जनालाई कारबाही गरिएको एमालेले जनाएको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...