स्थानीय

अर्घाखाँचीमा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

अर्घाखाँचीमा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

Breaking news 3, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवलअर्घाखाँची शितगंगा नगरपालिका हिलेखोला नजिकै डवल क्याप जिप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ । यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन । मृत्युु हुनेमा छ्त्रदेव ५ टुनिचौर ६५ का रामप्रसाद पन्थी रहेको प्रहरी जनाएको छ । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकावाट बुटवल जाँदै गरेकाे लु.१.ज ४७६३ नम्बरकाे डबल क्याप जिप आफै अनियन्त्रित भई सडकवाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । गाडिमा चालक सहित १० जना सवार रहेका बताईएकाे छ । दुर्घटनामा परि छत्रदेव ५ का ४० बर्षिय चुरा बहादुर खत्री,बर्ष ४० की साबित्रा बि.क. साेहि स्थानकै २४ बर्षिय अनिता परीयार उनकाे २० महिनाको छाेरा प्रयन्स परीयार बर्ष  ४२ की गीता आचार्य  बर्ष १७ की दीक्षा पौडेल,बर्ष ४४ की कमला अधिकारीबर्ष  ७ की अनुष्का पंथी र हालसम्म ठेगाना नखुलेको बर्ष  २६ की बिष्णु थापा घाइते भएका छन । घाइते अधिकाशंकाे टाउकाे,ढाड,कान र खुट्टामा चो...
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
२६ भदौ, काठमाडौं । प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी संवैधानिक परिषदको बैठक तय भएको छ ।संवैधानिक परिषद्को सचिवालयले अपराह्न ५ बजेको बैठकका लागि सबै सदस्यहरुलाई खबर गरेको हो । आगामी १९ असोजदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदले अवकाश हुँदैछन् ।प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैको तयारी स्वरुप न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश छन् । अहिलेसम्म संवैधानिक परिषद्ले सर्वोच्च अदालतव बरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरिरहेको छ । ...
हैदरावादी बिरयानीले भन्यो :सोझो र सिधा व्यवसायीलाई सिध्याउन खोजियो

हैदरावादी बिरयानीले भन्यो :सोझो र सिधा व्यवसायीलाई सिध्याउन खोजियो

ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल बुटवल उपमहानगर वडा नम्बर ६ नेपालगञ्ज रोडमा २०७८ सालदेखि गुणस्तरीय र स्वादिष्ट बिरायनी लगायतका खानाका परिकारको सेवा दिँदै आएको हैदरावादी बिरायनी सेन्टरका सञ्चालक जनक खड्काले आफूले गुणस्तरहिन खाना बेचेर धेरै पैसा कमाउने चाहना नरहेको बताएका छन् ,उनले परदेशमा सिप सिकेर स्वदेशमा बुटवल लगायत अन्य ५ स्थानमा बिरायनी लगायतका परिकार खुवाउँदै आएको र ग्राहककाे मन जित्दै आएकाे वताउंछन्। सञ्चालक खड्काले सस्तो लोकप्रियताका लागि मिडियाबाजी गरेर सोझो र सिधा व्यवसायीलाई सिध्याउन खोजेको प्रेस विज्ञप्ति मार्फत जनाएका छन्। बिरयानी सेन्टरले एक विज्ञप्ति सार्वजनिक गर्दै भदौ २० गते बुटवल उपमहानगरको एक टोलीले अनुगमन गरेको सत्य भएपनि समाचारमा आएका अन्य विषयमा सत्यता नभएको जनाएको हो । खासगरी बिरयानीमा कुहिएको मासु र छाला प्रयोग गरिएको भनेर कसैले पुष्टी नगरेको सरासर झुट कुरा दुस्प्रचार गरिएको...
बुटवल रूपन्देहीको तीज विशेष

बुटवल रूपन्देहीको तीज विशेष

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, स्थानीय
बुटवल सुनौलो बिहानी फुर्तिलो समूह बुटवलको तीज विशेष हरितालिका तीजको अवसरमा सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले बुटवल वाड न .७ सिद्धेश्वरी प्राङ्गणमा "योग गरौं स्वस्थ बनाैं"भन्ने नाराका साथ दैनिक रुपमा योग व्यायाम कार्यक्रम गर्दै आएको छ। उक्त संस्थाले तीजको अवसरमा मौलिक ,सांस्कृतिक, मनोरञ्जन र नाचगानबाट शरीर फुर्तिलो स्वस्थ बनाउने उद्देश्यका साथ हरितालिका तीजको दिन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै बुटवल उप-महानगरका नगरप्रमुख खेलराज पाण्डेले हिजोका दिन बुटवलमा पानीका लागि इनारबाट पानी निकालेर खाएको स्मरण गर्दै युग र जनताको मागअनुसार विकास भइरहेकोले ती र साेहि प्रकारका दु:खका कुराहरु गर्नु नपर्ने अवस्थामा पुगेको बताए। तीजको शुभकामना दिँदै उनले आफू जस्ता जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेमा मात...
भाडगाउ गुल्मी रुपन्देही समाजको तिज मिलन कार्यक्रम सम्पन ।।

भाडगाउ गुल्मी रुपन्देही समाजको तिज मिलन कार्यक्रम सम्पन ।।

ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
हरितालिका तिजको अवसरमा भाडगाउ गुल्मी रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम आज एक समारोहका बिच आज सम्पन्न भएको छ।समाजले रुपन्देहीमा बसोबास गर्ने दिदिबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तिजमिलन तथा दर खुवाउने कार्यक्रम गरेको हो।समाजका अध्यक्ष अनन्त पन्थीको ले आफ्नो मौलिक कला संस्कृति जगेर्नाको लागि तिज तिज मिलन गरिएको बताउनु भयो।उहाँलेसाथै सम्बन्ध सुमधुर बनाउने भन्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरतासंगै अन्य सामाजिक कार्यक्रम पनि गर्ने बताउनु भयो।कार्यक्रममा करिव १५० जनाको सहभागिता रहेको समाजका सचीव कृष्ण पन्थीले जानकारी दिनुभयो।तिलोत्तमा न.पा.कार्यपालिका सदस्य साबित्रा आचार्यको प्रमुख आतिथ्यता , समाजका अध्यक्ष अनन्त पन्थीको अध्यक्षता रहेको कार्यक्रम को संचालन सस्थाका सचीव कृष्ण पन्थीले गर्नु भएको थियो! ...
गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नं ४ साविक बलेटक्सार गाविसबाट पेशा व्यवसाय तथा बसाईसरी रुपन्देहीमा बसोबास गरेका बलेटक्सार वासिको वनबाटिकामा संस्थाको आठौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न कारणले आफ्नो जन्मस्थान छाडी रुपन्देहीमा रहने वलेटक्सार वासिहरूको एकआपसी सद्भाव ,भातृत्व र तीजको अवसरमा नाचगान गरी मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै रुरु क्षेत्र वार्ड नं ४ का वडा अध्यक्ष मोतीप्रसाद श्रेष्ठले विविध कारणले रूपन्देहीमा आई बसोबास गरेतापनि आफ्नो जन्मस्थानलाई माया गरी आर्थिक ,शैक्षिक ,स्वास्थ्य ,मनोरञ्जन जस्ता माध्यमबाट सहयोग गर्ने गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले अहिले तीज जस्ता पर्वहरूमा मौलिकता कम हुँदै गएकोमा यस संस्थाले मौलिकतालाई प्राथमिकतामा राख्नेमा विश्वस्त हुँदै शुभकामना दिए। संस्थाका अध...
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले  गर्ने

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
बुटवल प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुस...
प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
१२ भदौ, काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति छन् । ...
गुल्मीका चार पालिकामा विद्युत सेवा अवरुद्ध

गुल्मीका चार पालिकामा विद्युत सेवा अवरुद्ध

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी । जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।रेसुङगा नगरपालिका वार्ड ६ तथा धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।विद्युत् अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायत काममा बाधा पुगेको पोखरेलले बताए । वितरण केन्द्रले मर्मत गरिरहेको छ । अहिलेसम्म उनायचौरको विद्युत् स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको सूचना अधिकारी पोखरेलले बताए ।उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै छ ठाउँमा बिग्रिएका मर्मत भइरहेको उनले भने । कार्यालयका प्रावि...
तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही तिलोत्तमा १ ड्राइभरटोल स्थित द यश आर होटल ले ९१ वर्ष उमेर पुगेका ३ जना आमा हरुलाई दोसल्ला र उपहार सहित सम्मान गरेको हो । वृद्ध आमाहरुले कार्यक्रम गरेर यसरी सम्मान गरेकोमा आशिर्वाद सहित धन्यबाद ब्यक्त गरे। कार्यक्रम मा बोल्दै होटलका अध्यक्ष शंकर बस्यालले आमा हरु लाई सम्मान गर्नपाउँदा खुसि ब्यक्त गरे । पछिल्लो समय विविध कारणले हाम्रो समाज मा संकृति परम्परा हरुलाई विर्सिदै जाने र आधुनिकताका नाममा भड्काउलो तिर जादैगरेको उल्लेख गर्दै हिजो आमा आमाहरुले तिजमा अवसरमा घरका पीडा र खुसि हरुलाइ गितको माध्यम बाट प्रफुटन गर्दै रमाइलो साटासाट गर्ने गरेको इतिहास वताए । कार्यक्रम मा तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गरिले लामो समय प्रभासमा रहि हाल रुपन्देहीमा आएर होटल संचालन गरेको मा संचालकहरुलाई आभार सहित तिजमा यसरी आमाहरुको सम्मान गरेर अर्को उदाहरण बनेकाेमा धन्यवाद ब्यक्त गरे ।का...