बुटवलमा टाटाको नयाँ इभिगाडिहरु सार्वजनिक


बुटवल, ४ चैत । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि–२०२५ रुपन्देहीको बुटवलमा लन्च गरिएको छ । बुटवलस्थित सफल अटोमा तीनवटा गाडीहरु लन्च भएका हुन् ।बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति प्रसाद अधिकारीले नयाँ मोडलका कारहरु लन्च गर्दै टाटा कम्पनी विश्व बजारमा पुरानो र नाम चलेको सवारीसाधन उत्पादक भएको बताए । समयअनुसार उपभोक्ताको माग र चाहनालाई मध्यनजर गरी टाटाको ईभी कार नेपाली बजार उपयोगी भएको उनले बताए । बुटवल बजार सवारीको हबका रुपमा रहेको भन्दै टाटा कम्पनीको खपत धेरै रहेको र उपभोक्ताको मागलाई पुरा गरिरहेको उनले बताए ।त्यस्तै सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले टाटा इभिको नयाँ मोडलहरु बुटवलमा लन्च गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उनले भने–‘अब ग्राहकहरुले टाटाको प्रिमियम कर्भ इभिदेखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ इभि, बजेटमा एसयुभीको आनन्द लिनको लागि पन्च इभि र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याचब्याग टियागो इभि २०२५ मोडल रोज्न सक्नुहुन्छ ।’ ग्राहकले नेपाली बाटो सुहाउने ग्राउण्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट अनुसार ढुक्कसँग किन्न सक्ने उनले बताए ।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी विक्रीपछिको सेवाको लागि तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्कका साथ किन्न आग्रह गरे ।

कार्यक्रममा सिप्रदी सेल्स चिफ म्यानेजर निर्मल खत्रीले तीनवटै नयाँ कारका विशेषताहरुबारे प्रकाश पारे । उनले कर्भ ईभी बजारमा सर्वाधिक रुचाइएको दावी गरे । एडभान्स डिजाईनमा रहेको लक्जरियस र प्रिमियम वुफे डिजाईन यो पहिलो भएको उनले बताए । १८ ईन्चको टायर, १३ ईन्चको टच स्क्रिन, जेभिएलको ९ स्पिकर जडान, लगेज पर्याप्त राख्न मिल्ने प्रविधियुक्त रहेको छ । २१ वटा ईन्टेलिजेन्स फिचर, ६ वटा एयर ब्याग, ७० वाटको ब्याट्री चार्ज, पाँचवटा कलर अप्सन रहेको छ । कारको २६ लाखदेखि ५७ लाख रुपैयाँसम्मको बजार मूल्य रहेको छ ।

त्यसै गरी अघिल्लो वर्ष लन्च भएको टिआगोको नयाँ स्वरुप, फिचरमा नया मोडेल बजारमा ल्याएको उनले बताए । उपभोक्ताको फिडब्याकको आधारमा नयाँ स्वरुपमा ल्याएको उनले बताए । २०१८ मा पेट्रोल भर्जनमा बजारमा आएको नेक्सन २०२१ मा नेक्सन ईभी गर्दै बजारको मागअनुसार अहिले नयाँ नेक्सन के थ्रि गेम चेन्जरका रुपमा बजारमा ल्याएको उनले बताए । टाटाको नया डिजिटल डिजाईनका रुप, ग्राउण्ड क्लियरेन्स, सुरक्षा सिस्टम, नया टेक्नोलोजीसहितको साउण्ड सिस्टम, म्याप, सुचना दिने डिस्प्ले,६ वटा कलर अप्सन लगायत रहेको छ ।

सफल अटोका सञ्चालक दिनेश शर्माले सिप्रदीसँगको सहकार्यमा यस क्षेत्रमा चारपांग्रेका सबैखोल सवारी र सेवालाई ध्यान दिने बताए । कार्यक्रममा सिप्रदी सिनियर म्यानेजर डिलर सेल्स मेघराज ढुगेल, सफल अटोका अध्यक्ष भावध्वज ढुगाना, शोरुम म्यानेजर सन्दिप पोखरेलले सवारीको बारेमा जानकारी दिए ।

छुटाउनुभयो कि ?

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज...
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिप...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...