
गुल्मी ,२८ फाल्गुन । गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा शव फेला परेको हो ।
मृतक व्यक्ती प्युठान जिल्ला झिमरुख गाउपालिका वडा नम्बर २ बादिकोट घर भएका २५ बर्षका प्रकाश सामत रहेको र सामत १५ दिन अघी देखी घरपरिवार संग संपर्कमा नआएको मृतक सामतका भाई सुरेश सामतले बताए । ईलाका पुर्कोट दहका प्रहरी निरिक्षक दिपक केसीका अनुसार ७ जनाको प्रहरी टोली खटी थप अनुसन्धान भएको बताए ।