कृषि व्यवसायबाट मासिक ३ लाख आम्दानी गर्छन् रुपन्देहीको सैनामैनाका ओमप्रकाश दम्पति
बुटवल
रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ५ सुन्दर बस्तीका ओमप्रकाश वाग्ले र उनकी श्रीमती सिता वाग्लेले कृषि तथा पशुपालनबाट दुध बिक्री गरी मासिक ३ लाख आम्दानी गर्छन् ।
४ वर्ष अगाडि मल्टी प्रोफेसनल एग्रो प्राली नामक कृषि फर्म दर्ता गरी आफ्नो व्यक्तिगत लगानी साथै सबसिटी लोन मार्फत ५० लाखको लगानीबाट व्यवसाय सञ्चालन गरेका वाग्ले र उनकी श्रीमती सीताले दैनिक करिब १ सय लिटर दुध बिक्री गर्छन् । वाग्ले दम्पतिले आफ्नो उत्पादित दूध सैनामैनाका दूध डेरीहरूले खरिद गर्ने र प्रति लिटर ९१ रुपैयाँको दरमा खरिद गर्ने गरेको बताए ।
२ बिघाहा क्षेत्रफलको जग्गा भाडामा लिएर ४ वर्ष पहिले देखि व्यवसाय सुरु गरेका उनीहरूको गाई ,भैंसीका अलावा बाख्रा ,माछा ,कुखुरा पालन गर्ने र कृषि उपज समेत उत्पादन र बिक्री गर्ने सोच रहेता पनि पर्याप्त लगानी र कामदारहरूको अभावले पुराहुन नसकेको दुखेसो पोखे । उनहरुल...








