सामाजिक सुरक्षाकाे ज्ञारेन्टि गर्न यातायात मजदुरकाे सराेकार वालासंग आग्रह


बुटवल

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको तेस्रो अधिबेशनमा वाेल्दै वक्ताहरुले यातायात मजदुरकाे सामाजिक सुरक्षाकाे ज्ञारेन्टि हुनु पर्ने माग राखेका छन्।

शुक्रबार बुटवलमा सम्पन्न अधिबेशनमा वाेल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षाको ज्ञारेन्टी नभएसम्म यातायात क्षेत्रका मजदुरहरुको पलायन नरोकिने बताए । सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने बताउँदै उनले यातायात व्यसायीहरुलाई आफ्ना चालक सहचालक र कर्मचारीहरुलाई योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आग्रह गरे । लामो समयदेखि यातायात क्षेत्रमा लागेका मदजुरलाई मालिक बनाउन संगठनले योजनाबद्ध रुपमा काम गर्नुपर्ने उनको भनाई थियो ।

जिफन्ट केन्द्रीय उपाध्यक्ष विदुर कार्कीले श्रम ऐनको कार्यान्वयन मुख्य चुनौतीको विषय बनेको बताए । श्रम ऐन २०७४ लाई कार्यान्वयन गर्नका लागि सबै क्षेत्रका श्रमिक एकिमृत भई शसक्त ढंगले लाग्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले अहिलको अवस्थामा यातायात मजदुरका समस्या समाधान गर्न नसक्ने उल्लेख गर्दै यसलाई तत्काल संसोधन गर्न जरुरी रहेको बताए । यातायात क्षेत्रमा ब्यापक सुधार आबश्यक रहेको बताउँदै उनले देशभर रहेका सबै यातायात प्रालिमा समाजिक सुरक्षा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । हरेक दिन सडक दुर्घटनाका कारण ७-८ जना मानिसको मृत्यु भइरहेकोले यसलाई रोक्न चालक सहचालकलाई सचेतना, स्तरीय सडक निर्माण, सवारीको यान्त्रीक परिक्षण साथै मानविय चेतनाको विकास आबश्यक रहेको उनले बताए ।

संगठन लुम्बिनी प्रदेशका अध्यक्ष मोहनबहादुर क्षेत्रीले मजदुरहरु संगठनमा आबद्ध नहुँदा आर्थिक लाभ लिनबाट बञ्चित हुनुपरेको बताए । सदस्य नभएमा बिमाबापतको रकम नपाइने भएकाले अनिवार्य रुपमा सदस्य बन्न उनले आग्रह गरे । हाल लुम्बिनी प्रदेशका १० वटा जिल्लामा कमिटी विस्तार भइसकेको ३ हजार २ सय बढी मजदुर संगठनमा आबद्ध रहेको अध्यक्ष क्षेत्रीले बताए । आफ्नो कार्याकालमा सम्पन्न भएका बिभिन्न महत्वपूर्ण कामहरु जानकारी गराउँदै उनले सुरु भएका काम सम्पन्न गर्नका लागि आबश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधि खरेल, लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष रूमाखर गौतम, संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरे, संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुहादुर खत्री, नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने ,सामाजिक सुरक्षा कोष बुटवलका कार्यलय प्रमुख केदार पौडेललगायतले आआफ्नो भनाई राख्दै मजदुरको हक हितका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

सोही अवसरमा उत्कृष्ट कर्मचारी भिमबहादुर बगाले र कृणनाथ श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै ज्यान गुमाएका सदस्यका परिवारलाई बिमा वापतको रकम र घाइते भएका सदस्यहरूलाई उपचार खर्च प्रदान गरीएको थियो । संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश बश्यालको स्वागत तथा सचिव हुमबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेशनले हुम बहादुर क्षेत्रीकाे अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ। जसकाे उपाध्यक्षमा प्रकाश वस्याल र ताराबहादुर वस्नेत,सचिवमा केशव पाैडेल,सहसचिवमा पर्शुराम चाैधरी,काेषाध्यक्षमा नेत्रप्रसाद आचार्य तथा सदस्यहरूमा जंगबहादुर खड्का ,दिनेश खनाल,अर्जुन पाैडेल,वाशुदेव अर्याल ,विष्णु ठकुरी ,जितेन्द्रमान लिगल,विनाेद मल्ला,ताेरण पाेख्रेल,लिलाबहादुर सार्की,श्यामबहादुर थापा,धनबहादुर गाहा,मदन थापा,कृष्ण दर्लामी,नवराज पाण्डेय,राजेन्द्र चलाउने,कृष्ण विक,खिमाकुमारी विक,मिना नेपाल,विष्णु सापकाेटा,कपिल रसाइली ,दिपक सुनार र गिरिराज पाेख्रेल सर्वसम्मत चयन गरेकाे हाे।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...