रुपन्देहीको बुटवलमा “आफ्ना सन्तति आफ्नै विद्यालय” नमुना प्रस्तुत


बुटवल

रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १९ स्थित श्री अमर माध्यमिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक कर्मचारीका सन्तति सोही विद्यालयमा भर्ना गरी आफू अध्यापनरत विद्यालयमा गुणस्तरीय शिक्षाको प्रत्याभूति रहेको र आफूले अध्यापन गर्ने विद्यालय र विषयप्रति आफ्नो विश्वास रहेको नमुना प्रस्तुत गरेका छन्।

सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले आफ्नो विद्यालय र आफूप्रति विश्वास नभएर आफ्ना सन्तान निजी विद्यालयमा पढाउने गरेका छन् भन्ने आरोपलाई मिथ्या साबित गर्न सम्भवत रुपन्देही जिल्लामै प्रथमपटक अमर माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुले स्वस्फुर्त रुपमा आफ्ना सन्तति आफ्नै विद्यालय भन्ने नारा दिएर सम्पूर्ण आफ्ना आफ्ना सन्तानलाई सोही विद्यालयमा भर्ना गरी अध्ययन गर्ने वातावरण सिर्जना गरेका हुन्।

विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पूर्णतया अंग्रेजी माध्यममा पढाइ हुने गरेको साथै कक्षा ४ देखि १० सम्म कम्प्युटर शिक्षामा पढाइ हुने , प्रविधिको प्रयोग गरी शिक्षा प्रदान गरी गर्ने गरिएको सुविधा सम्पन्न कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला रहेको सो विद्यालयका प्रधानाध्यापक देवराज पौडेलले बताउनुभयो। पौडेलले शैक्षिक सत्र २०८२ को भर्ना अभियानमा झन्डै ९० जना विद्यार्थी संस्थागत विद्यालयबाट यस विद्यालयमा भर्ना हुन आएको समेत बताउनुभयो।

प्रधानाध्यापक पौडेलले हाल कक्षा ८ सम्म रहेको अंग्रेजी माध्यमलाई कर्मश कक्षा १० सम्म पुर्याउने साथै अभिभावकको मन जिती यस टोल विकास अन्तर्गतका सम्पूर्ण विद्यालय उमेरका विद्यार्थीहरूलाई यसै विद्यालयमा भर्ना गर्ने अभियान चलाइएको समेत बताउनुभयो।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...