स्थानीय

तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा स्थित मधवलियामा कोटिहवा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। तीज पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवमा मनोरञ्जनसँगै बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ।तिलोत्तमाको मधवलिया चोकबाट करिब एक सय मिटर दक्षिणपश्चिम हाइवे नजिक खाली जग्गा क्षेत्रमा आयोजना हुने महोत्सव यहि भदौ २८ गतेदेखि शुरु भई असोज ८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा दर्शकको रोजाइमा परेका कलाकारहरु ख्यातिप्राप्त गायक तथा र्यापर आशिष राना मगर (लाहुरे), त्रिशला गुरुङ, ज्योति मगर, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, सिर्जना खत्री ‘हाउरे माया’, प्रकाश सपुत, श्याम राना, प्रकाश दुतराज, प्रीति आले, डान्सर प्रीति पासवान, गंगु क्षेत्री लगायत राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकार, गायक–गायिका र डान्सरहरूको प्रस्तुति रहनेछ। आयोजक राधाकृष...
रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग

रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो आठौँ चार्टर्ड डे मनाउँदै प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार ४२४ रुपैयाँ सहयोग गरेको छ । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानमार्फत क्लबले विपद् तथा कठिन परिस्थितिमा रहेका नागरिकलाई राहत पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो । बुटवलस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष बसुदेव भुसालले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरिएको बताए । उनले क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, मानवीय सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सेवा गतिविधिलाई निरन्तरता दिने बताए । सन् २०१९ सेप्टेम्बर ९ मा ४० जना चार्टर सदस्यबाट स्थापना भएको क्लबले आठ वर्षको अवधिमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले शिक्षा र स्वास्थ्यका साथै विपद् व्यवस्थापन,...
तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीनागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको सुलभ फार्मेसीमा औषधी आपूर्तिको विषयलाई लिएर नगरपालिका र औषधी व्यवसायीबिच विवाद बढेको छ । नगरपालिकाले फार्मेसीका लागि आवश्यक औषधी उपलब्ध गराउन औषधी उत्पादक कम्पनी तथा थोक बिक्रेताबाट असहयोग भएको दाबी गरेको छ भने व्यवसायीहरूले भने औषधी व्यवस्था विभागमा फार्मेसी दर्ता नभएको अवस्थामा औषधि आपूर्तिका लागि गरिएको निर्देशन कानुनसम्मत नभएको बताएका छन् । नगरपालिकाले केही समयदेखि सुलभ फार्मेसी सञ्चालनमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको भन्दै प्रेस विज्ञप्तिमार्फत त्यससम्बन्धी प्रचारप्रसारको खण्डन गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा नागरिकलाई आवश्यक औषधि सहज, सुलभ, गुणस्तरीय तथा पारदर्शी रूपमा उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको उल्लेख छ ...
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।विद्यालयको अभियान बाट ९६४०० र क्यु आर अभियान बाट १००१ गरि कुल १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ प्रधानाध्यापक दैवि प्रकोप कोष मा जम्मा गरिएको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवालीले जानकारी दिए ।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भयावह बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग संकलन अभियान सञ्चालन गरेको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवाली...
जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ आज भदौ २३ गते जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ । आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनस सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै शुरु भएको विरोध केही दिनमै सडकमा पोखिएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनमा काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्श...
बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
भैरहवाबाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरी उपभोक्तालाई ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले एक मासु पसल सञ्चालकलाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका–८ स्थित आजम मासु पसलका सञ्चालक ३९ वर्षीय आजम कुरेसीलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले आइतबार बिहान पसलमा छापा मारेको थियो। सो क्रममा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको अवस्थामा मासुसहित कुरेसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कुरेसीविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ५ दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। ...
भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १३ हजार ३९१ जनाको उद्धार भएको छ । उनीहरुमध्ये ३ हजार ६५२ जना होल्डिङ सेन्टरमा छन् । ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको काम भैरहेको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् । ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, स्थानीय
काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशकारी घटनाको १३ औँ दिनमा आज राष्ट्रिय शोक मनाउन लागिएको हो । मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । तर सार्वजनिक बिदा भने नरहेको सरकारले प्रष्ट पारेको छ । राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्र्दै सम्पर्कमा नरहेकाहरुको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनर्स्थापना र पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिनसमेत हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् ...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–६ मा जन्मिएर रोजगारी, व्यवसाय तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा रुपन्देही र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूको साझा संस्था समाजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो। हालै रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै मानिस घाइते भएका छन्। विपद्मा परेका घाइतेहरूको उपचारका क्रममा रगतको आवश्यकता बढ्न सक्ने भएकाले मानवीय सहयोगस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ। कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक तथा स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। कर...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक तथा आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको बाटो औपचारिक रूपमा खुलेको छ।आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै सडक विभागले चिनियाँ कम्पनी एमरएस आन्हुई सिन्जियान होल्डिङ ग्रुपसँग करिब १ अर्ब ७० करोड रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको छ।आयोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार सम्झौता भएको मितिले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कस्तो बन्नेछ नयाँ ‘सिग्नेचर ब्रिज’रु हाल सञ्चालनमा रहेको पुरानो पुलको दुवैतर्फ दुई–दुई लेनका नयाँ पुल निर्माण गरी तिनाउमा चार लेनको आधुनिक पुल तयार गरिनेछ। नयाँ पुलको लम्बाइ करिब २३० देखि २४० मिटरसम्म हुनेछ।पुलसँगै करिब ९८० मिटर लामो पहुँचमार्ग ९एप्रोच रोड समेत निर्माण गरिनेछ। सवारीसाधनको सहज...