लुम्बिनी विकास कोषको सदस्य सचिवमा तिलाेत्तमाका सन्तोष पाण्डेय नियुक्त



बुटवल
लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेय नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनको सचिवालयमा रहेर काम गरेका थिए। पछिल्लो समय उनी पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत थिए।
पाण्डेयसँग पूर्वाधार विकास, संरचनागत इन्जिनियरिङ तथा सहरी व्यवस्थापनका क्षेत्रमा काम गरेको अनुभव छ। उनले काठमाडौंको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।
यसअघि उनले काठमाडौं महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए। स्थानीय तहमा काम गर्दा भवन निर्माण मापदण्ड, संरचनागत सुरक्षा, ठूला भवनको प्राविधिक परीक्षण र अनलाइन भवन निर्माण अनुमति प्रणालीको सुधारमा उनको संलग्नता रहेको थियो।
त्यस्तै, विभिन्न पैदलयात्री पुल, कोहलपुरको हावाहुरी तथा भूकम्प प्रतिरोधी भ्यु टावरलगायत सार्वजनिक संरचनाको डिजाइनमा पनि उनले काम गरेका छन्। नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा योगदान पुर्‍याएबापत उनले सन् २०२४ मा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालबाट प्रशंसापत्र प्राप्त गरेका थिए।

यसअघि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको थियो। तर उनको नियुक्तिको विरोधमा लुम्बिनी बचाउ महाअभियानका अभियन्ता तथा स्थानीयले आन्दोलन गर्दै आएका छन्।

विरोधमा उत्रिएका पक्षले उनको नियुक्ति प्रक्रिया, नागरिकता तथा विगतको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानबारे प्रश्न उठाएका छन्। यद्यपि, डोल्माले आफूमाथि उठेका प्रश्नको निराकरण भइसकेको बताएकी छन्।

यस्तो अवस्थामा रुपन्देहीकै स्थानीय बासिन्दा पाण्डेयको नियुक्तिले कोष र स्थानीय समुदायबीचको सम्बन्ध सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने

टोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने

बुटवलपूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आउँदो कात्तिक २६ गते थुनामुक्त हुने भएका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी...
लुम्बिनी विकास कोषको सदस्य सचिवमा तिलाेत्तमाका सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा तिलाेत्तमाका सन्तोष पाण्डेय नियुक्त

बुटवललुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेय नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेयल...
प्रेस काउन्सिल सम्बन्धी ऐन संशोधनसहित दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

प्रेस काउन्सिल सम्बन्धी ऐन संशोधनसहित दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौंसरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस का...
माधव नेपाल, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर

माधव नेपाल, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंरिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी बिक्री गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधव...