बुटवल उद्योग वाणिज्य संघको पदस्थापन



बुटवल
बुटवल उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण सहित पदस्थापन गरिएको छ । संघमा सोमबार एक कार्यक्रमका विच नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शपथ सहित पदभार ग्रहण गरेका हुन् ।
संघमा ७३औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशनबाट नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । जसको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा टिकाराम वञ्जाडे, सचिवमा दीपक चापागाई र सहकोषाध्यक्षमा कमला पोखरेल निर्वाचित भएका थिए ।
त्यस्तै कार्यसमिति सदस्यमा एशोसियट तर्फबाट बालकृष्ण पौडेल, उद्योग तर्फबाट सुनिता शर्मा वञ्जाडे, गोपाल टण्डन, लेखनाथ भण्डारी र ज्ञानबहादुर पुन, वाणिज्य तर्फबाट गणेशप्रसाद भट्टराई, सुनिता गिरी, रामबहादुर भण्डारी र उमेश अमात्य, खुलाबाट बिष्णु (कमला) पन्थ घिमिरे, दीपक घिमिरे, सुनिता अर्याल, प्रदिप शाक्य, बिष्णुप्रसाद उपाध्याय, गोपालप्रसाद बस्याल र विजयकुमार वर्णवाल तथा महिलाबाट रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी निर्वाचित भएका थिए । उनीहरुलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले शपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष नरिश्वर शर्मा पौडेलले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै संघलाई व्यवसायीको हित र औद्योगिक विकासका लागि क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले संघले औद्योगिक तथा व्यावसायिक समस्या समाधानमा अर्थपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले बुटवलको औद्योगिक तथा व्यावसायिक विकासको योजना बनाउँदा भविष्यको बुटवल कस्तो बनाउने भन्ने स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताए ।
बुटवलको खस्किँदो व्यापारिक गतिविधि सुधार गरी बजारलाई चलायमान बनाउने योजना ल्याउन आग्रह गर्दै उनले व्यवसायमैत्री वातावरण निर्माण आवश्यक रहेको उल्लेख गरे । त्यसका लागि उपमहानगरपालिकाले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको पनि उनले बताए ।


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुककाे औद्योगिक तथा व्यवसायिक वातावरण बिग्रिदै गएकाे औंल्याउंदै सुधारका लागि सरकार र निजी क्षेत्रकाे सहकार्यमा जाेड दिए । यनले मुलुककाे विग्रिदाे अर्थतन्त्र सुभारका लागि पनि सरकार र निजी क्षेत्रका सहकार्य आवश्यक रहेकाे भनाइ राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका संघका निवर्तमान अध्यक्ष हरिप्रसाद अर्यालले आफ्नो कार्यकालमा उद्योगी व्यवसायीका हकहित, व्यवसायिक तथा उद्यमशिलता विकासका लागि सबैसंग सहकार्य गरि इमान्दार प्रयास गरिएको र परिणाम परि सकारात्मक आएको बताए । भोलीका दिनमा पनि संस्थागत, औद्योगिक तथा व्यवसायिक विकासका लागि सहकार्य सहिरहने उनले प्रतिवद्धता व्यक्त गरे । त्यस अवसरमा उनले संघका पूर्वअध्यक्ष तथा आफ्नो कार्यकालका पदाधिकारी, सदस्य, संघका कर्मचारीहरुलाई सम्मान सहित मायाँको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशवराज भण्डारी, संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्ली, तिलाेत्तमा उद्याेग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, रुपन्देही उद्याेग संघका अध्यक्ष प्रकाश ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघकाे निर्वाचनमा अध्यक्षका प्रत्यासी टंकप्रसाद गैरे, नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुरज भट्टराई, लगायतले शुभकामना व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको पदस्थापन

बुटवल उद्योग वाणिज्य संघको पदस्थापन

बुटवलबुटवल उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण सहित पदस्थापन गरिएको छ । संघमा सोमबार एक कार्यक्रमका ...
जनविश्वास जुटाउन नसकेकोमा समिक्षासंगै सुल्झ्याउनुको विकल्प छैन: एमाले महासचिव पोखरेल

जनविश्वास जुटाउन नसकेकोमा समिक्षासंगै सुल्झ्याउनुको विकल्प छैन: एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको विश्वास जुटाउन नसकेकोले निर्वाचन परिणाम प्रतिकुल आएको र समिक्षा गरी सुल्झ्याउ...
संसद् सञ्चालन गर्न विपक्षी दलको माग

संसद् सञ्चालन गर्न विपक्षी दलको माग

काठमाडौंसंसद् बैठक सञ्चालन गर्न विपक्षी दलहरूले माग गरेका गरेका छन् । सोमबार (कात्तिक १६) सिंहदरबारमा सोमबार विपक्षी दलहरूको ...
कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर

कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर

बुटवललागूऔषध ब्राउन सुगर कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीले कपिलवस्तुमा दुई जनालाई पक्राउ गरेको छ...