
बुटवल
रूपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या गरी सुन लुटेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
यही कार्तिक १२ गते दिउँसो कोटहीमाई गाउँपालिका वडा नं ६ र ७ को बीचमा रहेको धान खेतमा सोही गाउँपालिका वडा नं। ५ छोट्की मजगॉा बस्ने वर्ष ४१ की जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्या भएको थियो। उनको टाउकोमा कोदालोको बिड प्रहार गरी र घाँटीमा हसियाले खोपी हत्या गर्नुका साथै कानमा भएको सुन लुटेर लगेको घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जिल्ला रूपन्देही कोटहीमाई गाउँपालिका वडा नं। ६ खजनी चोक बस्ने वर्ष ४० को बैजनाथ यादव, सोही ठाउँका वर्ष ३० को प्रमोद कुमार कुर्मी, वडा नं। ६ बोगडी बस्ने वर्ष २६ को मन्जे हरिजन र वडा नं। ६ मार्चवारी बस्ने वर्ष ३५ को धर्मराज यादव रहेका छन्।
नियन्त्रणमा लिइएका उनीहरूलाई सम्मानित रूपन्देही जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट मिति २०८३र०७र१६ गते ज्यान सम्बन्धी, करणी सम्बन्धी र चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देही, भैरहवाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।