स्थानीय

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर भएका ८३४ वटा सवारी दुर्घटनामध्ये झण्डै ६९ प्रतिशत अर्थात् ५७४ दुर्घटना तीव्र गतिका कारण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले जानकारी दिए । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने १ हजार ४७२ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४७ पुरुष र ११ जना महिला छन् ।प्रहरी उपरीक्षक थापाका अनुसार भदौ महिनामा मात्रै लुम्बिनी प्रदेशमा ४१६ वटा दुर्घटना भएका छन् । दुर्घटना १९ पुरुष र ४ महिला गरी २३ जनाको मृत्यु भएको छ भने ७६२ जना घाइते भएका छन् । भदौमा सबैभन्दा धेरै तीव्र गतिका कारण २८७ दुर्घटना भएको प्रहरीको तथ्यांक छ । तीव्र गति पछि चालकको असक्षमता तथा लापरबाहीका कारण दुर्घटना हुने गरेको छ ।...
शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इरान मध्यपुर्व युद्धले नेपाल लगायतका अधिकांश देशमा आर्थिक अनिश्चितता छाएको वताएका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८मा रहेको शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं बार्षिक साधारण सभामा शनिवार वोल्दै वक्ताहरुले आर्थिक अनिश्चितताका कारण सहकारीमा पनी लगानी र मुनाफाको बातावरण नरहेको वताएका हुन्।सहकारीका अध्यक्ष रुद्र ज्ञवालीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक अनिश्चितताका कारण चाहेको गर्न नसकिएको र ०८२ को आन्दोलनले थप संकट उत्पन्न भएको वताएका छन्।ज्ञवालीले सहकारीको लगानी गर्ने र मुनाफाको वातावरण नभएतापनि खराव अवस्थामा नरहेको वताएका छन्।२५ जना सदस्यबाट सुरुवात गरेको सहकारी १९औं बर्ष प्रवेश गर्दै गर्दा २ सय ५१ शेयर सदस्य र १ करो...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र यसका संस्थापक विरमान लामाको योगदान बुटवल नगरकै उदाहरणीय र उल्लेखनीय रहेको वताएकी छन्।शनिबार आयोजित संस्थाको १३औं साधारण सभा तथा पांचौं अधिवेशन कार्यक्रममा वोल्दै अर्यालले नगरका खानेपानी संस्थाले नगरवासीहरुलाइ पानी उपलब्ध गराउने काममा उल्लेखनिय काम गरेको धारणा राखेकी थिइन्।उनले बुटवललाई प्रयाप्त र स्वच्छ खानेपानी उपलब्ध गराउन पुर्व अर्थमन्त्री विष्णु पौडेलको ठुलो योगदान रहेको र बर्तमान यसक्षेत्रका संसद शुलभ खरेलसंग पहल गर्न प्रस्ताव गरेको जानकारी गराइन्।संस्था र पुर्व जनप्रतिनिधि समेत रहेका अध्यक्ष लामाको योगदानको प्रसंसा गर्दै वगर र खयरघारी रहेको स्थानलाई वस्ति वस्न योग्य र आवस्यक पुर्वाधार निर्माण गर्न योगदान गरेको वताईन।उनले उक्त खानेपानी संस्थाका धेरै उपभोक्त...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन लुम्बिनी प्रदेशले शैक्षिक लिडरहरूलाई एआईको प्रभावकारीता र सुरक्षित प्रयोगबारे प्रशिक्षण दिएको छ ।आईएनजी इम्प्याक्टको प्राविधिक सहयोगमा रुपन्देहीको तिलोत्तमामा आयोजित प्रशिक्षणमा एआईको प्रयोग, यसको उपयोगिता तथा शिक्षण क्षेत्रमा यसको प्रभावकारी सदुपयोगका विषयमा प्रशिक्षण दिइएको थियो। प्याब्सन केन्द्रसँग भएको सम्झौताअनुसार देशभरका शैक्षिक नेतृत्व तथा शिक्षक–कर्मचारीलाई एआईसम्बन्धी प्रशिक्षण दिने अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा कार्यक्रम आयोजना गरिएको आईएनजी इम्प्याक्टसंस्थापक अध्यक्ष सुरज बुढाथोकीले बताए । एआईको सही प्रयोग र यसबाट लिन सकिने फाइदाबारे देशभरका शैक्षिक जनशक्तिलाई जानकारी गराउने उद्देश्यले हामीले प्याब्सन केन्द्रसँग सहकार्य गरेका छौँ। कोशी प्रदेशब...
विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लागेको बताएका छन्।नेपाल विद्युतीय व्यवसायी महासंघको बुटवलमा आयोजित १७औं बार्षिक साधारण सभामा वोल्दै प्रदेश प्रमुख घर्तीले आफुले खासै जानकारी नपाएको विद्युतीय व्यवसायीको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघले गरेको व्यवसायी प्रगति, राज्यलाई प्रदान गरेको राजस्व र प्रसस्त विद्युतको संभावना रहेको देश नेपालमा यसको भविष्य पनि राम्रो रहेको वताएका हुन् ।संघिय सरकारको वारेमा वोल्दै उनले सरकारसंग आसा रहेको तर विश्वास नरहेको धारणा राखेका छन्। त्यति ठुलो धनजनको क्षतीबाट वनेको करिब दुई तिहाईको सरकारबाट आसा राख्नु स्वाभाविक रहेको तर गतिविधि देख्दा विश्वास गर्न नसकेको दुःखेसो पोखे।अहिले देश बाढीबाट पिडामा परेको र देश तथा विदेशका नागरिकबाट ठुलो सहयोग जुटेको तर त्यो सहयोग सद...
डिजेल चोरी प्रकरणमा पम्प र चालकमाथि कडा कारबाही, चालकलाई आजीवन प्रतिबन्ध

डिजेल चोरी प्रकरणमा पम्प र चालकमाथि कडा कारबाही, चालकलाई आजीवन प्रतिबन्ध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलभारतबाट इन्धन भरेर नेपाल आयल निगमको भलवारीस्थित डिपोतर्फ आउँदै गरेका ट्याङ्करबाट डिजेल चोरी भएको घटनामा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा छापा हानी तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।उक्त घटनापछि निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख ई. शैलेन्द्र भुसालले दोषी पम्प, ट्याङ्कर तथा चालकहरूमाथि नियमानुसार कडा कारबाही थालिएको जानकारी दिएका छन् । भुषालका अनुसार अमलेखगञ्ज डिपोबाट डिजेल लोड भई चालकको जिम्मामा डिपोतर्फ पठाइएका ती ट्याङ्करहरूमा सेक्युरिटी मेकानिकल लकिङ सिस्टम (ताल्चा) लगाइएको हुन्छ । जसको एउटा मास्टर की अमलेखगञ्ज र अर्को भलवारी डिपोमा मात्र हुने गर्दछ ।कार्...
मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ ।हाल मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ, सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थान...
रुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

रुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ । ओमसतिया गाउँपालिका–६ बस्ने २३ वर्षिय अमन कुमार धवल र २० वर्षिय सुनिल केवटलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष विश्वकर्माले बताउनुभयो । प्रहरी निरीक्षक विश्वकर्माका अनुसार मंगलबार बिहान ७ बजे ओमसतिया–६ नरैनापुर बस्ने अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाईछिपाई राखिएको छ भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले उक्त घरमा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, छर्रा २५ राउण्ड फेला परेपछि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ । ...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभिएस गोल्डेन कि सार्वजनिक गरेको छ। भदौ २८ गतेदेखि सुरु भएको यस क्याम्पेनले ग्राहकलाई नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदसँगै आकर्षक पुरस्कार तथा विभिन्न सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।टिभिएस गोल्डेन कि अन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको क्यास बेनिफिट, गोल्डेन कि जित्ने अवसर तथा खरिद मूल्य बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। यी अफरहरू लागू हुने नियम तथा सर्तअनुसार समेत उपलब्ध हुनेछन्।यसका साथै दैनिक रूपमा २ जना भाग्यशालि ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिसको सुविधा समेत प्राप्त गर्नेछन्। यसले नयाँ टीभीएस सवारी खरिद गर्ने ग्राहकलाई खरिदको समयमा मात्र नभई आगामी दिनमा समेत थप सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। नेपालमा दशैं...
सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक सेवामा प्रवेश गरे। नेपाली विषयमा स्नातकोत्तर हासिल गरेका ज्ञवालीले ०६० सालबाट नेपाल सरकारको स्थाई शिक्षक सेवाको नियुक्ति लिए।गुल्मीकै जनवोध उच्च माध्यमिक विद्यालयमा अध्यापन गरेका उनले रुरुक्षेत्रकै श्रृङ्गेश्वर क्याम्पसमा संस्थापक क्याम्पस प्रमुखको जिम्मेवारी सफलता पुर्वक सम्हालेका थिए ।क्षमतावान शिक्षकको पहिचान वनाएका उनी ०६४ मा गुल्मीबाट बुटवलको कालिका माविमा सरुवा गरी आए ।ज्ञवालीले कालिका माविमा ०७७ मा १ बर्ष निमित्त प्रधानाध्यापकको जिम्मेवारी सफलता पुर्वक सम्हाली सकेका छन्।उनी विद्यालयको अतिरिक्त कृयाकलापको संयोजक थिए।कालिका माविको ईतिहास लेखन संगै कालिका माविको पहिलो स्मारिकाको सम्पादन र संयोजन समेत गरे।ज्ञवाली २०८३ साउन २७ गते बुटवल उपमहानगर पालिकाले प्रधाना...