स्थानीय

शनिवार एमालेले बुटवलमा जनसभा गर्दै

शनिवार एमालेले बुटवलमा जनसभा गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले आगामी शनिवार देशभरका जिल्लाहरूमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ । सोही क्रममा विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरूमा शनिवार जनसभा र प्रदर्शन आयोजना गरेको हो । रुपन्देहीमा पनि शनिवार बुटवलमा जनसभा हुँदै छ । नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले प्रतिनिधिसभा विघटन विरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताउनुभयो । पौडेलले शनिवारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । जनसभाअघि युवाहरूले बुटवल राजमार्ग चौराहाबाट ट्राफिक चोक सम्म मार्च पास गर्ने छन् । युवाहरूको मार्च पास पछि प्रदर्शन जनसभामा परिणत हुने छ । प्रचार विभाग प्रमुख पौडेलक...
पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु

पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
तिलोत्तमा तिलोत्तमा–२, रुपन्देहीस्थित पामिर इन्टरनेशनल एकेडेमीमा चारदिने हस्तलेखन कार्यशाला सुरु भएको छ । मंसिर १ गतेसम्म सञ्चालन हुने यस कार्यशालामा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ । कार्यशालामा प्रशिक्षक ओमप्रकाश बस्यालले विद्यार्थीहरूलाई सुन्दर र स्पष्ट लेखाइका लागि आवश्यक अभ्यास, अक्षर बनावट सुधार्ने तरिका, र लेखनशैलीमा ध्यान दिनुपर्ने पक्षबारे प्रशिक्षण दिइरहेका छन् । उनले हस्तलेखन सुधारले विद्यार्थीको ध्यान केन्द्रित गर्न, स्मरणशक्ति वृद्धि गर्न र शैक्षिक उपलब्धिमा सुधार ल्याउन सहयोग पु¥याउने बताए ।कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोपाल गौतमले हस्तलेखन केवल लेखाइको सौन्दर्य मात्र नभई विद्यार्थीको अनुशासन, ध्यान र व्यक्तित्व विकाससँग पनि सम्बन्धित रहेको उल्लेख गरे । उनले भने, “राम्रो हस्तलेखनले विद्यार्थीमा आत्मविश्वास र सकार...
जापान भ्रमण प्रकरणः तिलोत्तमाले बर्खास्त ग-यो कर्मचारी

जापान भ्रमण प्रकरणः तिलोत्तमाले बर्खास्त ग-यो कर्मचारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देहीतिलोत्तमा नगरपालिकाले जापान भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएपछि कम्प्युटर अपरेटर पदमा नियुक्त सन्जु पौडेललाई बर्खास्त गरेको छ । नगर प्रमुख रामकृष्ण खाणद्वारा जारी विज्ञप्तीमा कात्तिक २६ गतेदेखि लागु हुने गरी पौडेललाई पदमुक्त गरिएको उल्लेख छ । जापानमा आयोजित सम्मेलनमा सहभागी हुन जाने भनिएका तीनजना कर्मचारीहरुलाई स्पष्टीकरण सोधिएको र आन्तरिक छानविन समेत गरिएकोमा तीमध्ये करार सेवामा कार्यरत कम्प्युटर अपरेटर सञ्जु पौडेलले कार्यालयको स्वीकृति र समन्वयबिना अनधिकृतरुपमा कार्यालयको कागजात प्रयोग गरेको भन्दै बर्खास्त नगरपालिकाले बर्खास्त गरेको विज्ञप्तीमा उल्लेख छ ।विज्ञप्तिअनुसार, जापानको योकोहामा सहरमा हुने भनिएको एशिया स्मार्ट सिटी कन्फ्रेन्स २०२५ मा सहभागिता सम्बन्धी कुनै निर्णय नगरपालिकाले गरेको थिएन । आयोजक संस्थाबाट सम्भावित सहभागिताको जानकारी मात्र आएको र सो कार्यक्रमका ला...
गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
अर्घाखाँची सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।गोरुसिङ्गे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक छ घण्टा सडक बन्द हुने भएको शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय निर्णयअनुसार भोलि बुधबारदेखि मङ्सिर १० गतेसम्म दैनिक बिहान १०ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो । पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको डिभिजन शिवपुरका डिभिजन प्रमुख इञ्जिनियर कोइर...
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताए । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै जनताले अति न्यून शुल्कमा सेवा लिन पाउने छन् ।’–उनले भने, ‘विगत ५ वर्षदेखि प्रदेश सकारले गर्दै आएको प्रयासले बल्ल अहिले साकार रुप प्राप्त गर्न लागेको छ ।’ ओपीडी सेवा तर्फ...
गुल्मीमा एमालेको जनप्रदर्शन “शुशिला कार्की नेतृत्व सरकार संविधान विपरीत” — दिनेश पन्थी

गुल्मीमा एमालेको जनप्रदर्शन “शुशिला कार्की नेतृत्व सरकार संविधान विपरीत” — दिनेश पन्थी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
सुर्य सुनार,कार्तिक २५, गुल्मी नेकपा (एमाले) गुल्मीले संविधानको रक्षा र प्रतिगमनको विरोधमा जिल्लाभर जनप्रदर्शन गरेको छ। जिल्लाका सबै १२ वटा स्थानीय तहमा एकसाथ जनप्रदर्शन गरिएको पार्टीले जनाएको छ ।कार्यक्रममा केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरूले सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति आपत्ति जनाएका थिए। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले शुशिला कार्की नेतृत्वको सरकार संविधान विपरीत बनेको दाबी गर्नुभयो।उहाँका अनुसार संविधानले तोकेको प्रक्रिया र राजनीतिक सहमतिको मर्म विपरीत वर्तमान सरकार गठन भएकाले एमालेले त्यसको विरोधमा देशव्यापी अभियान थालेको पन्थीले बताउनुभयो ।त्यस्तै धुर्कोट गाउँपालिकामा केन्द्रिय सदस्य दिनेश पन्थी, छत्रकोटमा केन्द्रिय सदस्य जंग नेपाली, मदानेमा केन्द्रिय सदस्य गणेश खनाल, रुरुक्षेत्रमा केन्द्रिय सल्लाकार परिषद् सदस्य कमलराज श्...
क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही`रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पताल मणिग्रामले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समयमा जिल्लाभर रगतको अभाव चर्किएको हुँदा नेपाल रेडक्रस सोसाईटीको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, नर्स, विद्यार्थी तथा बिरामीका कुरुवासमेत सक्रिय रुपमा रक्तदानमा सरिक हुनुभएको थियो ।६१ जना रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा अस्पतालका नर्सिङ्ग इन्जार्च सरिता अर्यालले जानकारी दिनुभएको छ ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल रक्त संचार केन्द्रबाट निरन्जन राजभण्डारी, प्रीति रानामगर र निशान थापाको टोलीले सहजीकरण गरेको थियो । बुटवल क्षेत्रमा मात्रै दैनिक १२० पोइन्ट रगत माग रहेको र माग अनुसार रगत उपलब्ध गराउन निकै समस्या देखिएको नेपाल...
लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोम बार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । ‘प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न भयो । बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ,’ प्रवक्ता पन्थीले भन्नुभयो, ‘संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।’ हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवा-सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता ...
लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
मिलन गाहाबुटवलरुपन्देहीको १७ औ साधारण सभा तथा नबौ अधिबेशनबाट रितु थापा घर्तीको अध्यक्षतामा नयाँ कार्यसमीती चयन भएको छ ।सर्ब सम्मतीमा नेतृत्व चयन हुंदा प्रथम उपाध्यक्षमा रेशम खनाल, द्धितीय उपाध्यक्ष बिधान कार्की, महीला उपाध्यक्ष रेनु राना मगर सचीब दिपक दर्लामी मगर ,कोषधयक्षमा सागर खड्का,सह सचीब कृष्ण अर्याल, र सह कोषाध्यक्षमा बिष्णु श्रीपाली चयन भएका छन् ।कार्यसमीतीमा महीला खुल्ला सदस्य ४ खुल्ला सदस्यमा ९ जना र मनोनीत ४ गरी २४ सदस्यीय कार्य समीती चयन भएको हो । नया कार्यसमीतीका अध्यक्ष रितु थापाले आफु निर्बाचीत भएपछी लोक दोहोरीको उन्नतीका लागी अग्रज र अनुजको सहयोगबाट माथी उठाउने प्रतीबद्धता ब्यक्त गर्दे बिगत १२ बर्षदेखी समीतीमा बसेर काम गर्दे आएको भन्दै श्रष्टाका अधीकार स्थापीत गर्न आफ्नोबलबुताले भ्याएसम्म न्याय गर्ने बताउनुभयो । समीतीमा केन्द्रीय समीतीको बार्षीक कयालेन्डर अनुसार काम गर...
साढे ३ अर्बमा खुल्यो बुटवलमा पाँचतारे हायात प्यालेस

साढे ३ अर्बमा खुल्यो बुटवलमा पाँचतारे हायात प्यालेस

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देहीको बुटवलमा अर्को पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अंगाडी बुटवल नारायणगढ सडकखण्डको छेवैमा होटल सञ्चालन गरिएको हो। सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो। सफ्रोन सिके प्रालिले व्यवस्थापन तथा सञ्चालनको लागि हायातसँग सम्झौता गरेको हो। होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको लगानी छ। लगानीकर्ताहरूको यो टिमले करेन्ट चाउचाउ उत्पादन गरिरहेको यशोदा फुड्स र बुटवल हस्पिटल प्रालिसँग सहकार्यमा सञ्चालन गरिरहेका छन्। प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले २५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी...