स्थानीय

रुपन्देहीको बुटवलमा “आफ्ना सन्तति आफ्नै विद्यालय” नमुना प्रस्तुत

रुपन्देहीको बुटवलमा “आफ्ना सन्तति आफ्नै विद्यालय” नमुना प्रस्तुत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १९ स्थित श्री अमर माध्यमिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक कर्मचारीका सन्तति सोही विद्यालयमा भर्ना गरी आफू अध्यापनरत विद्यालयमा गुणस्तरीय शिक्षाको प्रत्याभूति रहेको र आफूले अध्यापन गर्ने विद्यालय र विषयप्रति आफ्नो विश्वास रहेको नमुना प्रस्तुत गरेका छन्। सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले आफ्नो विद्यालय र आफूप्रति विश्वास नभएर आफ्ना सन्तान निजी विद्यालयमा पढाउने गरेका छन् भन्ने आरोपलाई मिथ्या साबित गर्न सम्भवत रुपन्देही जिल्लामै प्रथमपटक अमर माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुले स्वस्फुर्त रुपमा आफ्ना सन्तति आफ्नै विद्यालय भन्ने नारा दिएर सम्पूर्ण आफ्ना आफ्ना सन्तानलाई सोही विद्यालयमा भर्ना गरी अध्ययन गर्ने वातावरण सिर्जना गरेका हुन्। विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पूर्णतया अंग्रेजी माध्यममा पढाइ ...
१८ औँ मनमोहन स्मृति फुटबलको उपाधिका लागि बुटवल वडा नम्बर ११ र १२ भिड्ने

१८ औँ मनमोहन स्मृति फुटबलको उपाधिका लागि बुटवल वडा नम्बर ११ र १२ भिड्ने

Breaking news 3, खेलकुद, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा जारी १८ औँ मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं. ११ र वडा नं. १२ बीच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ । शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं। ११ ले वडा नं। १० लाई सडेन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो । यसैगरि बिहिबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं। १२ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नं। १७ विजयी भएको थियो । टिममा बाहिर खेलाडी राखेको उजुरीको आधारमा वडा नं।१७ अयोग्य घोषित भई बाहिरिएसंगै वडा नं। १२ फाईनलमा पुगेको संघका अध्यक्ष गणेश बोहराले बताए । ‘दुई दिनसम्म छानबिन गरि यो निर्णय लिएको हौ ।’– उनले भने ।  शुक्रबार सिद्धेश्वर खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको १२ र ४७ औ मिनेटमा वडा नं। १० का अनुप गुरुङले गोल गरेका थिए । वडा नं। ११ का दर्शन बिकले खेलको ४० औ र...
सामाजिक सुरक्षाकाे ज्ञारेन्टि गर्न यातायात मजदुरकाे सराेकार वालासंग आग्रह

सामाजिक सुरक्षाकाे ज्ञारेन्टि गर्न यातायात मजदुरकाे सराेकार वालासंग आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको तेस्रो अधिबेशनमा वाेल्दै वक्ताहरुले यातायात मजदुरकाे सामाजिक सुरक्षाकाे ज्ञारेन्टि हुनु पर्ने माग राखेका छन्। शुक्रबार बुटवलमा सम्पन्न अधिबेशनमा वाेल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षाको ज्ञारेन्टी नभएसम्म यातायात क्षेत्रका मजदुरहरुको पलायन नरोकिने बताए । सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने बताउँदै उनले यातायात व्यसायीहरुलाई आफ्ना चालक सहचालक र कर्मचारीहरुलाई योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आग्रह गरे । लामो समयदेखि यातायात क्षेत्रमा लागेका मदजुरलाई मालिक बनाउन संगठनले योजनाबद्ध रुपमा काम गर्नुपर्ने उनको भनाई थियो । जिफन्ट केन्द्रीय उपाध्यक्ष विदुर कार्कीले श्रम ऐनको कार्यान्वयन मुख्य चुनौतीको विषय बनेको ब...
रूपन्देहीको तिलोत्तमामा प्रथम अन्तर्राष्ट्रिय लुम्बिनी करांतेकप प्रतियोगिता हुँदै

रूपन्देहीको तिलोत्तमामा प्रथम अन्तर्राष्ट्रिय लुम्बिनी करांतेकप प्रतियोगिता हुँदै

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देही रूपन्देहीको तिलोत्तमा वार्ड नं २स्थित विग चियर रिसोर्टमा यही जेष्ठ २, ३ र ४ गते ३ दिने प्रथम अन्तर्राष्ट्रिय करांते कप प्रतियोगिता आयोजना गरिएको छ । नेपाल सितोरियो करांते डो तिलोत्तमा संघद्वारा आयोजना गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला तथा पुरुष दुवै सहभागी हुन सक्नेछन् भने नेपाल लगायत भारत ,भुटान ,श्रीलंका र बङ्गालादेश का खेलाडीहरूले सहभागिता जनाउने छन्। उक्त अन्तर्राष्ट्रिय करांते कप प्रतियोगितामा ६२ क्याटागोरीमा वर्गीकरण गरी खेल खेलिने छ। जसमा ६ वर्षदेखि ७ वर्ष ,७ देखि ८ हुँदै सिनियर क्याटागोरीमा १८ वर्षभन्दा माथि उमेरका खेलाडीहरू सहभागी हुनेछन्। बिहीबार पत्रकार सम्मेलन मार्फत नेपाल सीतोरियो करांते तिलोत्तमा डोका अध्यक्ष सन्तु देगोरिया थारुले खेलाडी र खेलप्रति सम्मान गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो। अध्यक्ष थारुले प...
कामबाट नागरिकलाई प्रत्याभूति दिलाउँछौँ: नवनियुक्त प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा

कामबाट नागरिकलाई प्रत्याभूति दिलाउँछौँ: नवनियुक्त प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल लुम्बिनी प्रदेश बुटवलमा सरुवा भई आउनुभएका नवनियुक्त कार्यालय प्रमुख प्रहरी उपरिक्षक मित्रबन्धु शर्माले आफूले बोलीमा नभएर कार्यकालमा कामबाट नागरिकलाई प्रत्याभूति दिलाउने गरी काम गर्ने योजना बनाएको बताउनुभयो। बिहीबार पत्रकार भेटघाट ,परिचयात्मक तथा सहज ट्राफिक व्यवस्थापन सँगै सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शर्माले अहिले नेपाली समाजमा केही भएन, हुन्न भन्ने निराशाको तीव्र विकास भएको भन्दै सबैले आ-आफ्नो स्थानबाट सकारात्मक विचार, बोली र व्यवहारबाट अगाडि बढेमा समाधान हुने बताउनुभयो। उपरीक्षक शर्माले यहाँका जनप्रतिनिधि ,संघ संस्था हरेक विधाका विज्ञ तथा आम नागरिकसँगको सहकार्यले मात्र अगाडि बढ्ने हुनाले आफ्नो ध्यान त्यतातिर केन्द्रित भएको बताउनुभयो । उहाँले पत्रकारको प्रश्नमा आफूले कार्यक्षेत्रमा राम्रो काम गर्ने नराम्र...
रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने

रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देही दलितहरूको पहिचान र उत्थानका लागि दलित तथा गैरदलित सबैको सहभागितामा रूपन्देहीको तिलोत्तमामा वैशाख २६ र २७ गते दलित ज्ञान उत्सव आयोजना गरिने भएको छ। दलित ज्ञान उत्सव २०८२ तिलोत्तमामा मात्र नभएर समग्र राष्ट्रमै दलित समुदायको इतिहास ,बाैद्धिकता,विज्ञान ,सृजनशीलता ,संघर्षको कथा, सफलता एवं सामाजिक सम्मान सहित जातीय समानता र सामाजिक अन्तरघुलनको लागि सकारात्मक सन्देश पुग्ने विश्वास रहेको छ। नेपालमा दलित समुदायले लामो समयदेखि सामाजिक ,आर्थिक र सांस्कृतिक असमानताको सामना गर्दै आएकोले यो असमानता अन्त्य गर्ने ज्ञान उत्सवको अवधारणा रहेको छ। उत्सवमा दलित समुदायका विषयमा गहिरो गरी बहस र छलफल गरिनेछ। त्यस्तै जातीय समानताको सन्देश प्रवाह गर्ने मूल उद्देश्य रहेको छ। उत्सवमा युवा सशक्तिकरण ,सांस्कृतिक संरक्षण, राज्यको निकायमा सहभागिता जस्ता महत्त्वपूर्ण विषयमा सेवा र सहकार्यका लागि प्र...
मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता बुटवलमा आजपनि कडा प्रतिस्पर्धा

मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता बुटवलमा आजपनि कडा प्रतिस्पर्धा

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटीद्वारा सञ्चालित १८औं मनमाेहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा सोमबार पनि खेलाडीहरूको अत्यन्त प्रतिस्पर्धात्मक प्रदर्शन रह्यो। वैशाख १८ देखि शुरुआत भई २८ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा सोमबारको खेलमा बुटवल उपमहानगर वडा नम्बर १० र ८ बीच कडा प्रतिस्पर्धा रहेको थियो। कडा प्रतिस्पर्धासँगै पेनाल्टीकाे टाइब्रेकमा वडा नम्बर १० ले ४ का विरुद्ध ५ गोल गरी विजय हासिल गरेको हो। राष्ट्रिय युवा संघ नेपाल बुटवल उपनगर कमिटी अध्यक्ष गणेश बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद बोर्ड सदस्य हिमाल श्रेष्ठले निकै प्रतिस्पर्धात्मक खेल खेलेकोमा खेलाडीहरूलाई बधाई तथा शुभकामना दिँदै युवाहरू खेलकुद, व्यवसाय, शिक्षा ,स्वास्थ्य ,सामाजिक कार्य ,राजनीति हरेक विधामा सक्षम रहेको भन्दै प्रोत्साहन गरेका थिए । ...
बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल

बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल लामो समयदेखि बुटवल गोलपार्कबाट सेवा दिइरहेको बुटबल कम्प्युटर इन्स्टिच्युटले एकैपटक ३७ जना विद्यार्थीहरुलाई नेपाल आर्मीमा नाम निकाल्न सफल भएको छ। उक्त इन्स्टिच्युटले सैन्य तयारी कक्षासँगै प्रहरी तयारी कक्षा, लोकसेवा, शिक्षक सेवा ,कम्प्युटर ,विभिन्न विषयमा ट्युसन कक्षाहरू लगायत विभिन्न सेवा सञ्चालन गर्दै आएको छ। सैन्य सेवामा जस्तै प्रहरी तयारी कक्षा ,लोकसेवा ,शैक्षिक सेवा ,कम्प्युटर ,ट्युसन क्लास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हुँदै आइरहेको छ। शनिबार बुटवल गोलपार्क कार्यालय परिसरमै सैन्य सेवामा उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम राखेको थियो। कार्यक्रममा बोल्दै इन्स्टिच्युटका सञ्चालक दिपक केसीले आफ्नो अथक प्रयास, शिक्षकहरूको लगानी र विद्यार्थीहरूको मेहनत र लगावबाट मात्र सफल भएकोमा सफल हुने विद्यार्थीहरु , प्रशिक्षकहरु लाई बधाई तथा शुभकामना दिए। केसीले सै...
शुचारु भयाे नयाँ शैक्षिकसत्र , विद्यार्थीलाई स्वागत

शुचारु भयाे नयाँ शैक्षिकसत्र , विद्यार्थीलाई स्वागत

Breaking news 3, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
बुटवल नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई विद्यालयले स्वागत तथा सम्मान गरेका छन्। बुटवलकाे स्कलर्स हाेम बाेर्डिङ्ग सेकेण्डरी स्कुलमा नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ। शुक्रबार विद्यालयका सह प्राचार्य टीकाराम गाैतमले शैक्षिक सफलताकाे कामना संगै खादा तथा टीका लगाई नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नु भयोे । विद्यालयमा कक्षा ४देखि १०सम्म विद्यार्थीकाे चाैतर्फि विकासको लागि विविध कार्यक्रम गर्ने गरि विभिन्न समूहमा सदन विभाजन समेत गरिएको थियाे । विद्यालयका संयाेजक शिक्षकहरु शाेभारानी प्रधान ,अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री , नेत्रप्रसाद भट्टराई ,सावित्रा पन्थी, सिर्जना गाैतम ,दिलकुमारी उपाध्याय लगायतले वाेल्दै विद्यालयले अध्यायन संगै खेलकुद,नाचगान,भाेकल, विज्ञानप्रविधि लगायतका विभामा विद्यार्थीहरुकाे ...
श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल श्रमिक दिवसको अवसर पारेर रूपन्देहीको बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ। जसमा योवर्ष ई-रिक्सा चलाउने महिला १० जना ,सडकमा मकै पोलेर बेच्ने महिला १० जना तथा जङ्गलमा गई सालको पात टिपेर सडक वा बजारमा बेच्ने महिला १० जना गरी ३० जना श्रमिक महिलालाई जनही १० हजारका दरले ३ लाखको धनराशि सहित सम्मान गरेको हो। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले गएको वर्षदेखि सुरु गरिएको श्रमिक सम्मान कार्यक्रममा विगतको वर्षमा केही यस वर्षमा ३० जना र आउँदा वर्षहरूमा पनि छुटेका वास्तविक श्रमिकहरूलाई सम्मान गर्ने योजना रहेको बताए। बुधबार उपमहानगरको सभाहलमा सम्पन्न कार्यक्रममा श्रमिकलाई नगदसहित सम्मान गर्दै प्रमुख पाण्डेले श्रमको सम्मान र स्थानीय सरकार श्रमजीवीको हितमा रहेको अनुभूति दिलाउने र प्रोत्साहन गर्ने उद्देश्य रहेको बताए। उनले श्रमले प्राथमिकता पाउँ...