स्थानीय

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला आंशिक बदली छ । कतिपय ठाउँमा बिहानैदेखि घाम चर्को लागेको छ । राति देशभर हल्कादेखि मध्यम वर्षा भएको थियो । आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति कोशी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । ...
अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्लाको २५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पारस मरासिनीको नेतृत्वमा नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रमको अध्यक्षता अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष निशान खड्काले गरेका थिए। प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका संयोजक रमेश ढकाल रहेका थिए भने प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ र संगठनको भूमिका बारे मन्तव्य व्यक्त गरे।   कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य विष्णु घिमिरे, नेकपा (एमाले) जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डे, लुम्बिनी प्रदेश कमिटीका सह-संयोजक अन्जित खनाललगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन अ...
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको मानिन्छ । १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउ...
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ...
रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा गएको मङ्गलवार आएको बाढीमा परेर ज्यान जानेको सङ्ख्या ११ जना पुगेको छ । त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै ज्यान जानेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी आठ सय ६२ जनाको उद्धार गरिएको छ । अहिलेसम्म एक जनाको शव सनाखत भएको छ भने अरु शवहरूको सनाखत हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ । बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४...
आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आज विश्व जनसङ्ख्या दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौं वर्ष लाग्यो भने त्यसपछिको दुई सय वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो zहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । गएको समयको तुलनामा अहिलेको आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ...
रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?

रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मी जिल्लाको एक पालिका प्राकृतिक रुपले अत्यन्तै रमणीय ठाउँ हो बिगत पालिका स्थपना पस्चात आज ८ बर्ष सम्म कुनै किसिमले नलागेको कालो धब्बा अहिले सामाजिक सन्जाल तथा बिस्वब्यापि रुपमा ब्याप्त छ। आर्थिक र सामाजिक हिसाबले गौरव गरिएको पालिका पछिल्लो समयमा आर्थिक रुपमा दिनप्रदिन बिवादित भएको छ। आन्तरिक रुपमा अनेकन विषयमा आर्थिक अनियमितता भयको प्रष्टरुपमा देखिन्छ कृषकलाई अनुदानमा वितरण गरिएको सामाग्री खरिदमा जुकि मेसिन खरिदमा समेत आर्थिक विवाद भएपछि गुपचाप मै मिलाईएको खबर छ। कैयौं विषय त फोन मार्फत दबाव दिई बाहिर नल्याउन र थप प्रलोभन दिई आश्वासन सहित मिलाईएको पाइन्छ। बिधालयका लागि Smart Board खरिद काण्ड भने गोप्य रहन सकेन। लुम्बिनी प्रदेश सरकार र पालिका बाट गरि रु ३५ लाख को प्रबिधिमैत्री शिक्षा र गुणस्तर वृद्धि का लागि बिनियोजित बजेटमा रुरुक्षेत्र गाउँ पालिका को कार्यपालिका ...
२९ जिल्लामा बाढीको जोखिम

२९ जिल्लामा बाढीको जोखिम

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आज बारा, रौतहट, काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोटमा पनि बाढीको जोखिम छ । बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चि...
गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान

गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुरु पुर्णिमाको अवसर पारेर आज योग प्रशिक्षकहरुलाई सम्मान गरिएको छ । असार २६ गते बिहिवार  ( आज ) एक कार्यक्रमको बिच योग साधनास्थल देविनगरमा गुरुहरुलाई सम्मान गरिएको हो । बिगत लामो समय देखि फ्रि योग साधना द्धारा निशुल्क रुपमा संचालन गरिएको योगा तथा जुम्मा डान्स देविनगरका मुख्य प्रशिक्षक विष्णुमाया श्रेष्ठ,ठग बहादुर श्रेष्ठ त्यस्तै सहायक प्रशिक्षकहरु सरिता खड्का, सुमी राना, पिनिसा थापा, इन्द्र थापालाई सम्मान गरिएको योग प्रशिक्षार्थी पदम जि सी&nbs...
आज गुरुपूर्णिमा मनाइँदै

आज गुरुपूर्णिमा मनाइँदै

Breaking news 1, ताजा अपडेट, लेख रचना, समाचार, स्थानीय
२६ असार, काठमाडौं । आज  आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा...