कालिका कप २०८२: भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए


बुटवल
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै खेल सकीएका छन् । विहिबार विद्यालयमा भएको जिल्ला स्तरिय मावि छात्र भलिवल प्रतियोगीतामा ७ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन् । पहिलो खेल अक्सफोर्ड मावि र सगरमाथा माविका विचमा भएकोमा २–० ले अक्सफोर्ड विजयी भएको छ । यस्तै एभरेष्ट मावि र मणिमुकुन्दका विचमा भएको खेलमा मणिमुकुन्द सोझो सेटमा विजयी भएको छ ।
न्यु होराईजन र उजिरसिंह माविका विचमा भएकोमा सोझो सेटमा न्यु होराईजन विजयी भएको छ । यस्तै कालिका मानवज्ञान मावि र सैनामैना माविका विचमा भएको खेलमा सैनामैना मावि २–१ सेटले विजयी भएको छ ।
दिप बोर्डीङ्ग मावि र देवदह पब्लिका विचमा भएकोमा देवदह पब्लिक मावि सोझो सेटले विजयी भएको छ भने सेन्ट जोसेफ र पशुपती माविको विचमा भएको खेलमा सेन्ट जोसेफ मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको विद्यालयका खेलकुद समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।
यस्तै छात्र भलिवलको सातौ खेल कान्ती मावि र सिता माविका विचमा भएकोमा सिता मावि २–१ ले विजयी भएको हो ।
यस्तै छात्रा भलिवल प्रतियोगीतामा कालिका मानवज्ञान मावि र नविन माविका विचमा भएको खेलमा नविन मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै न्यु होराईजन मावि र दिप बोर्डीङ्गको विचमा भएकोका न्यु होराईजन सोझो सेटले विजयी भएको हो । यस्तै एभरेष्ट मावि र बुद्ध पब्लिकका विचमा भएकोमा २–१ ले एभरेष्ट मावि, कान्ती मावि र नविन माविका विचमा भएकोमा २–१ ले नविन मावि र कुर्वरवती मावि र सिता माविका विचमा भएको खेलमा सोझो सेटले कुवरवर्ती मावि विजयी हुँदै अघिल्लो चराणमा प्रवेश गरेको हो ।
कड्डी प्रतियोगीता तर्फ छात्र मा नविन मावि, अक्सफोर्ड मावि, ईड्न बोर्डीङ्ग , कालिका मानवज्ञान मावि, मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका छन् । छात्रा तर्फ पशुपती मावि, कालिका मानवज्ञान मावि, नविन मावि र कान्ती मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका हुन ।
कालिका मानवज्ञान माविले पुस ६ गते सेक्टर २ मा छात्रवृत्ती वितरण सहित सम्मान कार्यक्रम आयोजना गरेको छ भने मुल समारोह पुस ७ गते कालिकानगर सेक्टर १ मा भव्य समारोहका विचमा हुने छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...