कालिका कप २०८२: भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए


बुटवल
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै खेल सकीएका छन् । विहिबार विद्यालयमा भएको जिल्ला स्तरिय मावि छात्र भलिवल प्रतियोगीतामा ७ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन् । पहिलो खेल अक्सफोर्ड मावि र सगरमाथा माविका विचमा भएकोमा २–० ले अक्सफोर्ड विजयी भएको छ । यस्तै एभरेष्ट मावि र मणिमुकुन्दका विचमा भएको खेलमा मणिमुकुन्द सोझो सेटमा विजयी भएको छ ।
न्यु होराईजन र उजिरसिंह माविका विचमा भएकोमा सोझो सेटमा न्यु होराईजन विजयी भएको छ । यस्तै कालिका मानवज्ञान मावि र सैनामैना माविका विचमा भएको खेलमा सैनामैना मावि २–१ सेटले विजयी भएको छ ।
दिप बोर्डीङ्ग मावि र देवदह पब्लिका विचमा भएकोमा देवदह पब्लिक मावि सोझो सेटले विजयी भएको छ भने सेन्ट जोसेफ र पशुपती माविको विचमा भएको खेलमा सेन्ट जोसेफ मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको विद्यालयका खेलकुद समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।
यस्तै छात्र भलिवलको सातौ खेल कान्ती मावि र सिता माविका विचमा भएकोमा सिता मावि २–१ ले विजयी भएको हो ।
यस्तै छात्रा भलिवल प्रतियोगीतामा कालिका मानवज्ञान मावि र नविन माविका विचमा भएको खेलमा नविन मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै न्यु होराईजन मावि र दिप बोर्डीङ्गको विचमा भएकोका न्यु होराईजन सोझो सेटले विजयी भएको हो । यस्तै एभरेष्ट मावि र बुद्ध पब्लिकका विचमा भएकोमा २–१ ले एभरेष्ट मावि, कान्ती मावि र नविन माविका विचमा भएकोमा २–१ ले नविन मावि र कुर्वरवती मावि र सिता माविका विचमा भएको खेलमा सोझो सेटले कुवरवर्ती मावि विजयी हुँदै अघिल्लो चराणमा प्रवेश गरेको हो ।
कड्डी प्रतियोगीता तर्फ छात्र मा नविन मावि, अक्सफोर्ड मावि, ईड्न बोर्डीङ्ग , कालिका मानवज्ञान मावि, मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका छन् । छात्रा तर्फ पशुपती मावि, कालिका मानवज्ञान मावि, नविन मावि र कान्ती मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका हुन ।
कालिका मानवज्ञान माविले पुस ६ गते सेक्टर २ मा छात्रवृत्ती वितरण सहित सम्मान कार्यक्रम आयोजना गरेको छ भने मुल समारोह पुस ७ गते कालिकानगर सेक्टर १ मा भव्य समारोहका विचमा हुने छ ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...