स्थानीय

विकासलाई भावनात्मक नारामा सीमित नगरौंः विष्णु पौडेल

विकासलाई भावनात्मक नारामा सीमित नगरौंः विष्णु पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
विकासलाई भावनात्मक नारामा सीमित नगरौंः पौडेलबुटवलपूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासलाई भावनात्मक नारामा सीमित नगर्न आग्रह गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले रुपन्देहीको विकासबारे अध्ययन गरी यथार्थ ल्याउन योजनाविदहरुलाई अनुरोध गरे ।“रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,”–उनले भने । पौडेलले आफू जनताको सेवक भएर काम गर्ने स्वभावको भएको उल्लेख गर्दै जनतासँगको सम्बन्धको महत्वलाई बुझेरै राजनीति गरिरहेको बताए । “जनताको सेवक भएर काम गर्नु मेरो स्वभाव हो, रुपन्देहीबासीको सेवाका लागि म सधैँ तयार छु,” उनले भने । प्रक्रियामा रहेका विकास योजनाहरू समयमै सम्पन्न गर्ने र आवश्यकताअनुसार नयाँ योजनाहरू सुरु गरिने पौ...
नेपाल प्रहरी विशेष सुरक्षा गणलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान

नेपाल प्रहरी विशेष सुरक्षा गणलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देही पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान गरेको छ । संघ अन्तरगत गठित उक्त बस्तुगत समितिले शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजार रुपैंया बढीको पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान गरेको हो ।नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा खेलकुदका सामाग्रि हस्तान्तरण गर्नुभयो । संघका अध्यक्ष अर्यालले आफ्नो परिवारसंग टाढा रहेर देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि पुस्तक तथा स्पोर्टस्का सामाग्रि साथी बन्न सक्ने बताउँद...
हिमाली कृषि सहकारीको अधिवेशन सम्पन्न, सुर्य कुवंरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

हिमाली कृषि सहकारीको अधिवेशन सम्पन्न, सुर्य कुवंरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलहिमाली कृषि सहकारी संस्था लिमिटेडको ११औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ।शनिबार बुटवल फुलवारीमा सम्पन्न अधिवेशनले संस्थाको संस्थापक सचिव सुर्य कुवंरको अध्यक्षतामा १२ सदस्यिय सञ्चालक समिति तथा लेखा समिति चयन गरेको छ।उद्घाटन सत्रमा वोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सचिव वेदप्रसाद शर्माले सहकारीले "१का लागी सवै र सवैका लागि १ "भन्ने सिद्धान्त अनुसार स्थापना गरिएको सहकारी संस्थाको गतिविधि हेर्दा सहकारीका विधि, विधान र सवै सुचकांक सकारात्मक रहेकोमा खुसी लागेको बताए।उनले सहकारीको खर्च कम र वचत बढि गर्ने उद्देश्य सर्हानिय रहेको वताएका छन्।अहिले आयातित र गलत मनसायका उदेश्यले खोलिएका सहकारीमा देखिएका विकृतिले सहकारीप्रती जन विस्वास घटेको तर हिमाली कृषि सहकारी जस्ता अन्य सहकारीहरुले पनी भ्रम चिर्न र विश्वास दिलाउँदै अगाडि बढ्न जागरुकता देखाउन आवश्यक रहेको धारणा राखेका...
पत्रकार महासङ्घ रुपन्देहीले स्थापना गर्‍यो खेलकुद र फोटो पत्रकारिता पुरस्कार

पत्रकार महासङ्घ रुपन्देहीले स्थापना गर्‍यो खेलकुद र फोटो पत्रकारिता पुरस्कार

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेपाल पत्रकार महासङ्घ रुपन्देहीले फरक फरक दुई विधामा पुरस्कार स्थापना गरेको छ। नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको १५ औँ नियमित बैठकले खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो। यी दुवै पुरस्कारको राशि २५ / २५ हजारको हुने पत्रकार महासङ्घ रुपन्देहीले जनाएको छ। नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आयोजित फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट ५ लाखको कोषमा जम्मा गर्ने निर्णय गरेको छ। उक्त कोषबाट आउने ब्याजबाट उक्त पुरस्कार दिइने छ। महासङ्घले उक्त पुरस्कार यस वर्षको स्थापना दिवसका अवसरमा वितरण गर्ने जनाएको छ। त्यसै गरी महासङ्घले यसै बर्षबाट फोटो पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। महासङ्घले गत पुस महिनामा बुटवल मण्डपमा सञ्चालन भएको फोटो प्रदर्शनीबाट सङ्कलित रकमबाट ५ लाख रुपैयाँको कोष निर्माण गरी उक्त कोषको ब्याज बाट आ...
भरपर्दो शान्ति सुरक्षा कायम गर्न प्रभावकारी सुरक्षा रणनीति बनाएको छु: रूपन्देहीका प्रहरी प्रमुख शाही

भरपर्दो शान्ति सुरक्षा कायम गर्न प्रभावकारी सुरक्षा रणनीति बनाएको छु: रूपन्देहीका प्रहरी प्रमुख शाही

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीमा हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लामा भरपर्दो शान्ति सुरक्षा कायम गर्नका लागि प्रभावकारी सुरक्षा रणनीति बनाइएको बताएका छन्। भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा बुधवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले बिगतमा भन्दा शान्ति सुरक्षाको अवस्था अझ मजबुत बनाउन यसअघिका प्रहरी प्रमुखले गरेको असल कार्यलाई निरन्तरता दिइने र जिल्लामा कार्यरत प्रहरी भित्रै आन्तरिक मूल्याङ्कन सहितको सुरक्षा रणनीतिक योजना बनाइएको बताए। ‘सुरक्षा व्यवस्थालाई अझ भरपर्दो र व्यवस्थित बनाउन बिगतमा प्रहरी कमाण्डरहरुले गरेको राम्रो योजना र कार्यलाई निरन्तरता दिइने छ’, उनले भने, ‘जिल्लामा कार्यरत हरेक प्रहरीको व्यक्तिगत कार्यको रेकर्ड राखी त्यही अनुरुप मूल्याङ्कन गरी पुरस्कार र दण्डको व्यवस्था गरिने छ।’ उनका अनुसार कतिपय प्रहरीले आचरण बिपरीत आफू अनुकुलका क...
माटो,गिटी,बालुवा लगायतका सामाग्री उपलब्ध गराउन नसक्दा बुटवल-गोरुसिंगे सडक विस्तारको काम सुस्त

माटो,गिटी,बालुवा लगायतका सामाग्री उपलब्ध गराउन नसक्दा बुटवल-गोरुसिंगे सडक विस्तारको काम सुस्त

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार, स्थानीय
बुटवल माटो,गिटी,बालुवा लगायतका सामाग्री अभाव भएपछि बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम सुस्त भएको छ । राष्ट्रिय राजमार्ग विस्तार आयोजना अन्तर्गत बुटवलदेखि गोरुसिङ्गेसम्म ४९ किलोमिटर खण्ड विस्तारको काम प्रभावित भएको हो । उक्त खण्डका लागि ३० लाख घनमिटर निर्माण सामग्री आवश्यक रहेको छ । अहिलेसम्म ५ लाख ८० हजार घनमिटर मात्र उपलब्ध भएको आयोजनाले जनाएको छ । स्थानीय सरकारले निर्माणका लागि आवश्यक माटो, गिटी, बालुवा लगायत सामाग्री उपलब्ध गराउन नसक्दा समस्या भएको हो । बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म बिस्तार गर्न लागिएको राजमार्गलाई दुई खण्डमा विभाजन गररेर विस्तारको काम भइरहेको छ । सडक विस्तार कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठले आवश्यक नदीजन्य सामग्रीका लागि स्थानीय सरकारसित समन्वय गरेर स्रोतको खोजी भइरहेको बताए । बुटवलदेखि सैनामैना हुँदै सालझण्डीबाट कपिलवस्तुको कोठी नदीसम्म पहिलो खण...
मतदाताको जमघटमा मतमाग्न एकैपटक पुगे ४ उम्मेदवार

मतदाताको जमघटमा मतमाग्न एकैपटक पुगे ४ उम्मेदवार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीफागुन २१ गते हुन गईरहेको निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलका कार्यकर्ताहरु मतदाता भेटघाटमा व्यस्त छन्। निर्वाचनका लागि ६ हप्ता बांकि रहंदै गर्दा आफ्नो निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरु मतदाता भएका स्थानहरुमा भेटघाटमा व्यस्त भएका छन्। विगतका वर्षहरुमा आमसभा, जुलुस तथा कार्यकर्ताहरुको ठूलो भिड सहित घरदैलोमा केन्द्रित हुने उम्मेदवारहरुको मतदाता भेटघाटको शैली यसपटक भने फेरिएको छ। विगतमा निश्चित स्थानमा आमसभाको केन्द्र बनाई कार्यकर्ता र मतदाताहरुलाई ल्याएर भाषण गर्ने उम्मेदवारहरु अहिले भने मतदाता भएकै स्थानमा गएर भेटघाट गरिरहेका छन्। सोमबार नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल र स्वतन्त्र उम्मेदवार डा. निको...
लगानीमैत्री बाताबरण बनाउन प्रदेश सरकार तल्लीन छ: मुख्यमन्त्री आचार्य

लगानीमैत्री बाताबरण बनाउन प्रदेश सरकार तल्लीन छ: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
सुरु भयो सैनामैना कृषि, पर्यटन तथा ब्यापार महोत्सवरुपन्देहीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको बताउनु भएको छ । उहाँले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन आग्रह समेत गर्नुभयो ।रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा सैनामैना ब्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२ को सोमबार उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभयो ।उहाँले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवद्र्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।मेला–महोत्सवम...
व्यवसाय संगै सामाजिक काममा अग्रसर हुने विद्युतिय व्यवसायी संघको कार्ययोजना

व्यवसाय संगै सामाजिक काममा अग्रसर हुने विद्युतिय व्यवसायी संघको कार्ययोजना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले विद्युतिय व्यवसायीको हकहित संगै सामाजिक काममा अग्रसर रहने गरी वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ।शनिबार पाल्पाको रम्भा गाउँपालिका रानिबास सामुदायिक होमस्टे तथा जनजाति संग्रहालयमा सम्पन्न गोष्ठीमा संघ संगै व्यवसायीलाई चुस्त,दुरुस्त र सफल वनाउन वार्षिक कार्ययोजना गोष्ठी गरीएको हो।गोष्ठीमा क्षमता अभिवृद्धि, विभिन्न शिर्षकमा तालिम, विमा, कोष बृद्धि,चाडपर्वमा विषेश कार्यक्रम लगायतका ३८ शिर्षकमा बार्षिक कार्ययोजनाहरु तय गरी गोष्ठी सम्पन्न गरिएको हो।संघका अध्यक्ष केशव कुमार सिंह 'सुजित' ले संघ, व्यवसायी संगै सामाजिक काममा अग्रसर हुने र संघलाई थप उचाईमा पुर्याउने आफ्नो कार्ययोजना रहेको र सवैको आ-आफ्नो स्थानबाट सक्रिय भएर लाग्नेमा विश्वस्त रहेको बताउंदै विभिन्न विधामा जिम्मेवारी तोकेका थिए।निवर्तमान अध्यक्ष शान्ताराज खरालले सम्पुर्ण व्यवसायी स...
प्रतिनिधी सभा निर्वाचन: लुम्बिनी प्रदेशमा १७ सय मतदान स्थल, ३४ लाख मतदाता

प्रतिनिधी सभा निर्वाचन: लुम्बिनी प्रदेशमा १७ सय मतदान स्थल, ३४ लाख मतदाता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवललुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाताले मतदान गर्ने भएका छन् ।निर्वाचन आयोगबाट हालै प्रकाशित तथ्याङ्कअनुसार बागमती प्रदेश र कोसी प्रदेशपछि मतदाता सङ्ख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ । प्रदेशमा कुल मतदान स्थलको सङ्ख्या १ हजार ६ सय ७१ वटा रहेका छन् भने कुल मतदान केन्द्र ३ हजार ९ सय ९८ वटा रहेका छन् ।लुम्बिनी प्रदेशमा रहेका ३३ लाख ८६ हजार ६ सय ८० मतदातामध्ये १७ लाख १५ हजार १ सय ६३ जना पुरुष रहेका छन् भने १६ लाख ७१ हजार ४ सय ७९ जना महिला रहेका छन् । प्रदेशमा ३८ जना मात्रै अन्य लिङ्गी अन्तर्गतका मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा २०७९ सालको निर्वाचनपछि मात्रै १ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यो वृद्धि सामान्य तथ्याङ्...