पत्रकार महासंघ रूपन्देहीको तीज मिलन
Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीनेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघमा आवद्ध सदस्यसँगै सञ्चारकर्मीहरूबीच तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार तिलोत्तमा योगीकुटीमा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकता, पत्रकारका संगै समाजका दुःख -सुख गीत मार्फत प्रस्तुत गर्दै नाचगान संगै दर खाने कार्यक्रम सम्पन्न भएको हाे।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल ,वरिष्ठ पत्रकारहरु गुरुदत्त ज्ञवाली ,शम्भुप्रसाद शर्मा, बालकृष्ण चापागाईं ,अर्जुन ज्ञवाली , हरिश ढकाल, सिमानन्द भट्टराई ,कुलमणि ज्ञवाली ,सञ्चार समन्वय परिषद् लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा ,पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष द्वय रामप्रसाद आचार्य र मिना ढकाल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य ,संञ्चारिका स...








