बुटवलको मिलन पथ सडक विस्तारमा स्थानीयको अवरोध


बुटवल
बुटवलको मिलनचोकदेखि पूर्वतर्फको मिलन पथ सडक विस्तारको काम केही स्थानीयको अवरोधका कारण रोकिएको छ । सडक सीमाभित्र बनेका घरधनीले संरचना हटाउन नमानेपछि लामो समयदेखि सडक विस्तारको काम अलपत्र परेको हो ।
बुधबार सडक सीमाभित्र अतिक्रमण भएको क्षेत्र छुट्याएर पुनः नापजाँच तथा रेखांकन गर्न पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका छन् । सडक विस्तारका लागि पटक–पटक प्रयास भए पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न नसकेको बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले बताए ।
उनका अनुसार मिलनचोकदेखि सुन्दरचोकसम्म करिब १८० मिटर सडक यसअघि नै विस्तार भइसकेको छ । बाँकी करिब १५० मिटर सडक भने स्थानीयको अवरोधका कारण निर्माण हुन सकेको छैन ।
मिलन पथमा २०५६ सालमै ४१ फिट सडक कायम गरिएको भए पनि सडक क्षेत्रमा बनेका संरचना नहटाउँदा सडक विस्तारमा समस्या भएको वडाध्यक्ष पंगेनीले बताए । ‘यो क्षेत्रमा पर्ने केही घरधनीले सडक क्षेत्रमा परेका संरचना हटाइसक्नुभएको छ । बाँकी रहेका केही घरका कारण बजेट हुँदाहुँदै पनि सडक सम्पन्न हुन सकेको छैन,’ उनले भने ।
यसअघि प्रदेश सरकारको ५० लाख र वडा कार्यालयको १८ लाख रुपैयाँ बजेटबाट सडक विस्तारको काम गरिएको थियो । सडक विस्तारका लागि बजेट विनियोजन भए पनि स्थानीयको अवरोधका कारण पटक–पटक बजेट फिर्ता गएको वडाध्यक्ष पंगेनीले बताए । चालु आर्थिक वर्षमा पनि सडक सम्पन्न गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
वडाध्यक्ष पंगेनी सहित वडा सदस्हरु हरिहर ज्ञवाली,सिता खनाल,सविता सुनार,तुल वहादुर सारु मगरले सक्रियता देखाएका थिए।
स्थानीयले भने पुराना संरचना हटाउँदा आफूहरूको सहमति र अधिकारलाई बेवास्ता गर्न नहुने बताएका छन् । स्थानीय टुकबहादुर क्षेत्रीले पञ्चायतकालमै नापजाँचलगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर सडक निर्माण भएकाले अहिले स्थानीयको सहमतिबिना घर भत्काउन नहुने बताए । ‘त्यतिबेला नापजाँचलगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर सडक निर्माण गरिएको हो । अहिले नगरपालिकाले विभिन्न मापदण्डका नाममा स्थानीयको सहमतिबिना घर भत्काउन पाउँदैन,’ उनले भने, ‘हामी विकास विरोधी होइनौँ तर विकास निर्माण गर्दा स्थानीय जनताको भावनालाई पनि बुझ्नुपर्छ ।’
सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा साँघुरो तथा अव्यवस्थित सडकका कारण आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । सडक व्यवस्थित नहुँदा गएको फागुनयता मात्रै पाँचवटा दुर्घटना भएको मिलन पथ टोल विकास संस्थाकी अध्यक्ष पुनम रजाली मगरले बताइन् । दुर्घटनामा एक युवकको ज्यानसमेत गएको छ । बजेट विनियोजन भइरहे पनि सडक सीमामा रहेका संरचना हटाउने विषयमा सहमति जुट्न नसक्दा विकास निर्माणको काम प्रभावित भएको छ ।

छुटाउनुभयो कि ?

मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १...
स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...