गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा


काठमाण्डौ — गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशको झापामा १५९ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी गण्डकीको कास्की र स्याङ्जामा १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ भने लमजुङमा ८५ र गोरखामा ६६ मिलिमिटर पानी परेको छ । साथै सिन्धुपाल्चोक, काभ्रे र काठमाण्डौमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

छुटाउनुभयो कि ?

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

काठमाडौँजेनजी प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने–नसकिनेबारे अध्ययन गर्न गठित समितिले २४ भदौको विध्...
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौंअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक...
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरि...
मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १...