धर्नामा बसेकाहरुको माग पूरा गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह


काठमाण्डौ — राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

विभिन्न माग राखेर ५ दिनदेखि ललितपुरको पुल्चोकमा रहेको मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरुको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकको स्वास्थमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ ।

आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएकोे छ । विज्ञप्तिमा धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनिहरुलाई उचित ठाउँमा स्थानान्तर गर्न र स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ ।

समस्या समाधानका वार्ता टोली गठन भएकोमा आयोगले सकारात्मक रुपमा लिएको जनाएको छ । समस्याको समाधान वार्ता र संवादबाटै संभव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्नसमेत आयोगले सबै पक्षसँग अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १...
स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...