स्थानीय

दिपावलीको मैनबत्ती बाल्ने क्रममा आगलागी

दिपावलीको मैनबत्ती बाल्ने क्रममा आगलागी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको मुसिकोट नगरपालिकामा गए राति एक गोठमा आगलागी भएको छ । दीपावलीको अवसरमा मैनबत्ती बाल्ने क्रममा अचानक आगो लाग्दा मुसिकोट नगरपालिका -९ ददल्कामा स्थानीय शान्ति परियारको एकतले कच्ची गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आगलागी भएको जानकारी पाहुना साथ राति नै प्रहरी चौकी वामिटक्सारबाट प्रहरी सहायक निरीक्षक प्रदीप कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।स्थानीय बासिन्दाको सहयोगमा आगो राति नै पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा बहादुर सारूले बताएका छन् । ...
मानवीय संसाधन र भौतिक स्तर वृद्धिले बुटवल विकसित हुन्छ: सरोकारवाला

मानवीय संसाधन र भौतिक स्तर वृद्धिले बुटवल विकसित हुन्छ: सरोकारवाला

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलपाठक मञ्च बुटवल र आगोका फूलहरूको संयुक्त आयोजनामा काठमाडौँ र बुटवल कति टाढा विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले काठमाडौँ हरेक हिसाबले अगाडि हुनु र बुटवल तुलनात्मक रुपमा पछाडि हुनुको कारण मानवीय संसाधन र भौतिक स्तर वृद्धि रहेको निष्कर्ष निकालेका छन्। आइतबार रूपन्देहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले काठमाडौँ हरेक हिसाबले अगाडि रहेको र शिक्षा ,सञ्चार जस्ता क्षेत्रमा बुटवल केही मात्रामा अगाडि रहे पनि त्यसलाई गहन रुपमा लिन नसकेको बताएका छन्। कार्यक्रममा बोल्दै बुटबल टुडे पत्रिकाका सम्पादक कृष्ण मल्लले आफूले २०४७ पछि बुटवललाई अवलोकन गरिरहेको तत्कालीन अवस्था र अहिले शहर विस्तार ,भौतिक निर्माण ,शिक्षा ,सञ्चार लगायतका क्षेत्रमा विकास रहेको तथापि देशको राजधानीमा समग्र देशको महत्त्व हुने र बुटवलमा स्थापित निजी शिक्षालयहरू बढी नाफामुखी हुँदा शिक्षाको स्तर ...
तीन दिने ‘डिजिटल क्षितिज ‘डिजिटल शिक्षा शिविर सम्पन्न

तीन दिने ‘डिजिटल क्षितिज ‘डिजिटल शिक्षा शिविर सम्पन्न

ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवल कलिका आईसीटी क्लब, इन्टर्याक्ट क्लब अफ बुटवल, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवल, इन्टर्याक्ट क्लब अफ वाल्मिकी तथा लियो क्लब अफ अल्फा कलिकाको संयुक्त आयोजनामा तीन दिने डिजिटल क्षितिज’ डिजिटल शिक्षा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर असोज २९, ३० र ३१ गते स्याङ्जाको गिँचौर एकेडेमी र पाल्पाको सनराइज एकेडेमीमा सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई डिजिटल साक्षरता, इन्टरनेटको सुरक्षित प्रयोग, कम्प्युटरका आधारभूत सीप, तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कलिका आईसीटी क्लबका अध्यक्ष सिद्धान्त पन्थीका अनुसार, यो कार्यक्रम क्लबको वार्षिक अध्यक्षीय कार्ययोजना प्रिसिडेण्टल प्लान एक्सन अन्तर्गतको पहिलो चरण हो। उनले आगामी दिनमा फरक–फरक स्थानहरूमा गएर नयाँ–नयाँ विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्ने योजना ...
रुपन्देहीको सिद्वार्थनगरमा अगरबत्ती उद्योगमा भीषण आगलागी, करिब २ करोड ३२ लाखको क्षति

रुपन्देहीको सिद्वार्थनगरमा अगरबत्ती उद्योगमा भीषण आगलागी, करिब २ करोड ३२ लाखको क्षति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको हो ।विद्युत सट भएर आज (शनिबार) बिहान न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको थियो । आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको बताए । ...
गुल्मी रुरुको राष्ट्रपति रनिङ्गशिल्डको विजेता छैठौं पटक पनि जनबोध

गुल्मी रुरुको राष्ट्रपति रनिङ्गशिल्डको विजेता छैठौं पटक पनि जनबोध

खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
गुल्मीगुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ्गशिल्ड जनबोध माविले जितेको छ । अहिलेसम्म जनबोधले लगातार छ पटक राष्ट्रपति रनिङ्गशिल्ड जितेर शिल्ड कब्जा गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको घ्युबेँसी खेल मैदानमा गत असोज २९ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा १४ स्वर्ण, चार रजत र पाँच कास्य गरेर २३ पदकसहित जनबोध माविले राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो । त्यस्तै, ग्वादी माविले सात स्वर्ण, एक रजत र ११ कास्य गरेर १९ पदकसहित द्वितीय स्थान प्राप्त गरेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । जनज्योति माविले पाँच स्वर्ण, ११ रजत र तीन कास्य गरेर २१ प्दकसहित तृतीय स्थान प्राप्त गरेको छ । प्रथम जनबोध माविले नगद १० हजार रुपियाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, द्वितीय स्थान प्राप्त गरेको ग्वादी माविले...
दिपावली र छठ लक्षित गर्दै बुटवलमा यि स्थानबाट फुलमाला बिक्री हुने

दिपावली र छठ लक्षित गर्दै बुटवलमा यि स्थानबाट फुलमाला बिक्री हुने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलदिपावली र छठ पर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिकाले नगरका ११ स्थानबाट फुल तथा माला बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ।बुटवल उपमहानगरपालिकाको आयोजनामा स्थानीय फुल उत्पादक कृषकहरूसँगको छलफलपछि यस वर्षको दिपावली र छठमा बुटवलमै उत्पादन भएका फुलमालाको बिक्री वितरण नगरका विभिन्न स्थानबाट हुने व्यवस्था गरिएको कृषि अधिकृत सन्तोष जिसीले जानकारी दिनुभयो ।प्लास्टिकजन्य फुलमालाको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोगलाई निरुत्साहित गरिएको उपमहानगरपालिकाले जनाएको छ।नगर प्रमुख खेलराज पाण्डेयका अनुसार स्थानीय स्तरमा उत्पादन भएका स्वदेशी फुलमालाको प्रयोग बढाउने र उत्पादक कृषक तथा व्यवसायीलाई प्रोत्साहन दिने उद्देश्यले बिक्रीका लागि स्थान तोकिएको हो। यसले नगरभित्रका फुल उत्पादकलाई आर्थिक बल पुग्नेछ र स्थानीय उत्पादनप्रति नागरिकक...
१५ शैयाको गुल्मीको चन्द्रकोट अस्पताल संचालनमा

१५ शैयाको गुल्मीको चन्द्रकोट अस्पताल संचालनमा

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा बनेको १५ शैयाको आधारभूत अस्पताल संचालन भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा बनेको अस्पताल बिहीबारबाट संचालनमा आएको हो । त्यसपछि गाउँपालिकाले मेडिकल अधिकृतको व्यवस्थापन गरी अस्पताल संचालनमा ल्याएको हो । गाउँपालिकाले गरेको विज्ञापनमार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रबृत्ती करारमार्फत डाक्टर अरुण गैरेलाई नियुक्ती गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरे लगायत ओपिडी सेवाहरु संचालन हुनेछन् । जिल्लामा सबैभन्दा पहिले निर्माण व्यवसायी विजय खनालले गुल्मीदरबारमा डिकोई अर्जुन न्यू लिजा र चन्द्रकोट गाउँपालिकामा तुल्सिभक्त अर्जुन व्युल्डर्स जेभीमार्फत अस्पताल निर्माणको काम सक्नुभएको थियो । गुल्मीदरबारमा भने यसभन्दा पहिले नै अस्पताल संचालन भइसकेको छ । गाउँपालिका उपाध्यक...
बुटवल उपमहानगरद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकजन्य फूल प्रयोग नगर्न आग्रह

बुटवल उपमहानगरद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकजन्य फूल प्रयोग नगर्न आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाद्वारा तीहार तथा छठ पर्वमा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोग नगर्न आग्र गरिएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको हो । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताएका छन् । ...
अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे बुटवलमा छलफल सम्पन्न

अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे बुटवलमा छलफल सम्पन्न

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा अर्थशास्त्री मनिकर कार्की लिखित ‘अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे सोमबार बुटवलमा आयोजित परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बावुराम ज्ञवालीले पुस्तकका विषयवस्तु सहज र सबै पाठकले बुझ्ने ढंगले प्रस्तुत गरिएको बताउँदै देशको विकासका लागि निजी क्षेत्रको मनोबल सुदृढ गर्नु अनिवार्य रहेको उल्लेख गरे। उनले नीति निर्माताहरूले यो पुस्तक अध्ययन गरेर व्यावहारिक नीति निर्माणमा सहयोग लिन सक्ने सुझाव पनि दिए। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका चुनौतीहरूको समाधानका लागि आयातित अवधारणाभन्दा मौलिक विचार र मोडेललाई प्राथमिकता दिनुपर्ने बताए। उनले पुस्तक नेपाली अर्थतन्त्रलाई बुझ्न सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने विश...
रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी–भैलोको क्रममा मादक पदार्थ सेवन (मापसे) गरेको पाइएमा कानून अनुसार कारबाही गरिने भएको हो ।रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले तिहारमा सम्भावित अपराध र अवाञ्छित गतिविधि नियन्त्रणका लागि देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाउने निर्णय गरेको हो । साथै, सहभागीहरूले मादक पदार्थ सेवन गर्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।उनका अनुसार तिहारमा शान्ति–सुरक्षा कायम गर्न र सामाजिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । “चाडपर्वमा हुने भीडभाडका कारण कुनै अप्रिय घटना नहोस् भन्ने हाम्रो प्राथमिकता हो,” उनले भने । जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले रु...