स्थानीय

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय समिति, लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सुरेन्द्र ज्ञवालीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएका छन। शनिबार बुटवलमा भएको अधिवेसनबाट महासंघको उपाध्यक्ष भुन बहादुर कुवर मगर, सचिव काशीराम पोखरेल, कोषाध्यक्ष अग्नी कुमार अग्रहरी तथा सदस्यहरुमा मदन कृष्ण आचार्य, सन्दिप ढुगाना सर्वसम्मत निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत ओम बहादुर बस्नेत छन।कार्यक्रमको एक समारोहका बिच नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवालले उद्घाटन गर्दै सागठनिक रुपमा सबल बनाउने र प्रदेश संरचनालाई स्वयक्त बनाउने गरि विधान संसोधनको प्रक्रियामा रहेको बताए। संघको आवश्यकता किन छ भन्ने बुझाउदै बढिभन्दा बढि जिल्लालाई समेट्न उनले आग्रह गरे।कार्यक्रममा केन्द्रिय महासचिव सुबेन्द्र जोशी...
रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट प्रहरीले ठूलो परिमाणको नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते राति ९ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान (७० हजार) नक्कली भारतीय रुपैयाँ, विभिन्न कम्पनीका २ थान मोबाइल र २ थान भारतीय आधार कार्ड बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रु...
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलकेन्द्रमा नेकपा एमाले र नेकपाबिच नयाँ सत्ता समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा पनि एमालेकै नेतृत्वमा सरकारलाई निरन्तरता दिइने भएको छ। मुख्यमन्त्रीमा वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले नै निरन्तरता पाउने निर्णय भएको छ। मुख्यमन्त्री आचार्यले कुरा गर्दै केन्द्रबाट आफूलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने निर्णय भएको जानकारी दिए। केन्द्रको सहमतिपछि अब नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ।सरकार गठनसँगै मन्त्री चयनको प्रक्रिया पनि सुरु भएको छ। नेकपाका तर्फबाट प्रमुख सचेतक इन्द्रजित थारु, दीपेन्द्र पुन र नरमाया ढकाल मन्त्रीका प्रमुख दाबेदारका रूपमा रहेका छन्। नेकपा संसदीय दलका नेता जोखबहादुर महराले एमालेले मुख्यमन्त्रीको टुङ्गो लगाएसँगै मन्त्रालय बाँडफाँटबारे गठबन्धन दलबिच औपचारिक छलफल सुरु भएको बताए। यद्यपि लुम्बिनी प्रदेशसभाको अङ्कगणितका कारण सरकार...
लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख्न र कामकारवाही अंगाडी वढाउन सहयोग पुगेको वताएको छ ।लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूमा गत एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परी ५ सय ८५ जनाले ज्यान गुमाएका छन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण अनुसार प्रदेशभर कुल ४हजार ७ सय ९७ वटा सवारी दुर्घटना भएका छन्। कार्यालयले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सवारी दुर्घटना, मृत्यु तथा घाइते हुनेहरूमा पुरुषको संख्या अत्यधिक रहेको छ भने दुर्घटनामा संलग्न सवारी साधनहरूमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै देखिएको छ। रिपोर्ट अनुसार कुल दुर्घटनामध्ये ६८ दशमलव ७ प्रतिश...
कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा भने अर्कै दृश्य देखियो। औपचारिक पोशाकमा सजिएका विद्यार्थीहरू शून्य समय, विधेयकमाथिको सैद्धान्तिक छलफल र सत्ता–प्रतिपक्षको चर्को तर अत्यन्त मर्यादित बहसमा तल्लीन थिए।लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय अभ्यास तथा जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यका साथ आयोजित 'नमूना संसद कार्यक्रम' मा विद्यार्थीहरूले देखाएको तार्किक क्षमता र अनुशासनले केवल संसदीय प्रक्रियाको नमुना मात्र प्रस्तुत गरेन, आधुनिक शिक्षा प्रणालीमा व्यावहारिक ज्ञानको महत्त्वलाई पुनः उजागर गरिदियो। विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख महेश खनालको स्वागत र शिक्षक कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले सभामुख, उपसभामुख, प्रधानमन्त्री, विभागीय मन्त्री, सत्ता पक्ष र प्...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको छ। सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र बनाएर आउने कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी छ ।आयोजनाले असोज मसान्तभित्रै सवारी संचालन गर्ने गरी काम गरिरहेको थियो । तर, मौसमका कारण निर्माण सामाग्री केरुङ्ग नाकामा रोकिंदा कामले गति लिन नसक्दा एक महिना थप गरी कात्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको बेल्वासेले जानकारी दिइन् ।पाँच वर्षमा निर्माण सक्नेगरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको दोभान सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण सुरु भएको थियो । ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण अहिलेको अवस्था आएको स्वीकार गर्दै उनले विगतका कमजोरी सल्टाउन वैचारिक पुनर्गठन आवश्यक रहेको बताए। विगतमा नेतृत्वको कमजोरी ढाकछोप गर्दै आएका महासचिव पोखरेलले अहिले भने आन्तरिक कमजोरी भएकै कारण पार्टी जीवनमा ठूलो पराजय भोग्नु परेको बताएका हुन्। आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले नेता/कार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन्। ‘हाम्रै कमजोरीले पार्टी अहिलेको अवस्थामा आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने बेलैमा सल्टाउन सकिएन,’ उनले भने। उनले आफ्ना कमजोरी स्वीकार नगरेर पार्टीलाई सुधार गर्न नसकिने भन्दै आन्तरिक कमजोरीकै कारण पार्टी जीवनमा सबैभन्दा ठूलो...
पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड

पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवसमा वोल्ने वक्ताहरुले पुष्पलालको त्याग,समर्पण र उच्च नैतिकताको अनुसरण गर्न नसकेकोले कम्युनिस्ट पार्टीहरूमा विचलन आएको वताएका छन्।विहिबार बुटवलमा सम्पन्न पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशामा बहस कार्यक्रममा वोल्दै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुष्पलाल विभाजन नभई एकताका शुत्राधार रहेको र अहिलेका कम्युनिस्टहरुको यसमा कमजोरी रहेको र एमाले लगायतका नेपालका कम्युनिस्ट पार्टीहरुले गहिरो आत्म समिक्षा गर्नुपर्ने औल्याएका छन्। विहिबार देशका विभिन्न भागमा पुष्पलालको स्मृति गरिएको र रुपन्देहीमा रहेका पुष्पलालका प्रतिमामा माल्यार्पण गरि सुभारम्भ गर्दै पुष्पलाल जस्ता योगदान दिएका व्यक्तिहरूका प्रतिमाहरू आन्दोलनमा आक्रमण गरिएको भग्नावशेष वनाउनु अत्यन्त पिडादायी रहेको र यो क्षम्...
रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरोटरी क्लब अफ बुटवलको ३४ औ पद स्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक समारोहका बिच वर्ष २०२५/२६ का अध्यक्ष कृष्ण पराजुलीले वर्ष २०२६/२७ का अध्यक्ष यदुनाथ पाण्डेयलाई पद हस्तान्तरण गरे ।कार्यक्रमको रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर ईलेक्ट प्रा.डा आईपी ढकालले उद्घाटन गर्दै रोटरी नेतृत्वलाई स्थानिय र विश्वब्यापी दुबै चुनौतीहरु आईरहेको बताए । स्थानिय चुनौतीका रुपमा कम सदस्य, कमजोर क्लबहरु बढ्दै गएको भन्दै यस्ता क्लबको पहिचान गरि साथ र सहयोग गर्दै अघि लग्नजरुरी रहेको उनले बताए । यसैगरि समुदायस्तरमा रोटरीको बारेमा बुझाउन पहिलो सदस्यहरु नै ज्ञान लिने र अपडेट हुनु जरुरी रहेको उनले बताए । अर्कोतर्फ ग्लोबल चुनौतीको रुपमा रोटरीयन सदस्य घट्दो देखिएको उनले बताए । विश्वब्यापी रुपमा क्लब कल्चरमा परिवर्तन ल्याउने, माईण्ड सेन्ट चेन्ज, विश्वासको भावना कायम गर्ने, आफना क्लबका सदस्यहरुलाई...
बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको साईकल रयालीमा ५ वर्षका दुई बालकदेखी ६० वर्षसम्मको दुई दर्जन साईकल राईडरहरु सहभागी भएका थिए । मणिमुकुन्द कलेज परिसरबाट बिहान ६ बजे शुरु भएको रयाली देविनगर, बुद्धनगर हुदै नयागाउ स्वामीनारायण मुक्तिनाथ धाममा पुग्दा धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजले विशेष स्वागत गरेका थिए । धाममा श्रावण महिनाभरि चलिरहेको अखण्ड रुद्राभिषेकको साथमा सवाकरोड शिवनाम जप यज्ञमा समेत साईकल राईडरहरु सहभागी भए ।श्री शिशुज्ञानकुन्जमा एलकेजीमा अध्ययरत श्रीनव अर्याल र क्रिस आङ्देम्बेले पुरै साईकल यात्रा चलाए । धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजबाट उनिहरुले आर्शिबाद ग्रहण गरे । रयाली मैनाबगर, गणेशमन्दिर, गोलपार्क, सैनिक आवासिय महाविद्यालय बुटवल हुदै राजमार्ग चौराहामा आएर...