रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग



बुटवल

रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो आठौँ चार्टर्ड डे मनाउँदै प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार ४२४ रुपैयाँ सहयोग गरेको छ ।

रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानमार्फत क्लबले विपद् तथा कठिन परिस्थितिमा रहेका नागरिकलाई राहत पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो ।

बुटवलस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष बसुदेव भुसालले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरिएको बताए । उनले क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, मानवीय सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सेवा गतिविधिलाई निरन्तरता दिने बताए ।

सन् २०१९ सेप्टेम्बर ९ मा ४० जना चार्टर सदस्यबाट स्थापना भएको क्लबले आठ वर्षको अवधिमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले शिक्षा र स्वास्थ्यका साथै विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले आठ वर्षको यात्रामा क्लबले सेवा, सहकार्य र मानवीयतालाई प्राथमिकतामा राख्दै आएको बताए । उनले क्लबको अक्षयकोषलाई थप मजबुत बनाउने, एम्बुलेन्स सेवा विस्तार गर्ने तथा छात्रवृत्तिलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने योजना रहेको बताए ।

“अक्षयकोषले भरोसा बढाओस्, एम्बुलेन्स सेवाले जीवन बचाओस्, छात्रवृत्तिले सपना सजाओस् र हाम्रो सेवाले समाज मुस्कुराओस् भन्ने हाम्रो चाहना हो,” उनले भने ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष नुमेन्द्र पौडेलसहित पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । सहभागीहरूले क्लबले सञ्चालन गरेका सेवा परियोजनाको समीक्षा गर्दै आगामी दिनमा सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चार्टर्ड डे कार्यक्रममा क्लबको विगतको गतिविधि तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो । क्लबले समुदायको आवश्यकता पहिचान गरी सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

छुटाउनुभयो कि ?

रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग

रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग

बुटवल रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो आठौँ चार्टर्ड डे मनाउँदै प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार ४२४ रुपैयाँ सहयो...
हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ

हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ

काठमाडौंनेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको हानि तथा जोखिम सम्बोधन कोष (फन्ड फर रेस्पोन्ड...
आज कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन

काठमाडौंकुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर...
‘रसुवा बाढीपछिको उद्धार र राहतमा सरकार असफल देखियो’ : सांसदहरु

‘रसुवा बाढीपछिको उद्धार र राहतमा सरकार असफल देखियो’ : सांसदहरु

काठमाडौँरसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा सांसदहरुले असन्तुष्टी जनाए...