गित संगित

नवदुर्गा मन्दिर बुटवलमा खुडासहित सांसद घिमिरे र नगर प्रमुख पाण्डेय

नवदुर्गा मन्दिर बुटवलमा खुडासहित सांसद घिमिरे र नगर प्रमुख पाण्डेय

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
बुटवल विजयादशमीको अन्तिम दिन बिहीबार कोजाग्रत पूर्णिमाको अवसरमा बुटवलको देवीनगरमा सराय नाच प्रदर्शन गरिएको छ । सो कार्यक्रममा संघीय सांसद बासुदेव घिमिरे, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय लगायतका नेता कार्यकर्तासमेत सहभागी भएका थिए ।  नवदुर्गा मन्दिर समिति बुटवल-११ देवीनगरले दुर्गा भवानीको पूजा आराधनासंगै सरायनाँच कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा सांसद घिमिरे र नगर प्रमुख पाण्डेय समेत हातमा खुडा लिएर सराय नाचमा सहभागी भएका थिए । दशैपछि पहाडी तथा शहरका विभिन्न ठाउँका दुर्गा मन्दिरहरुमा सराय नाँच निकाल्ने प्रचलन रहेको छ । असत्य माथि सत्यको विजयका रुपमा मनाउने वडा दशै पर्व लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची तथा रुपन्देहीलगायतका विभिन्न जिल्लाहरुमा भव्यरुपमा मनाउने गरिन्छ । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको प्राङ्गगणबाट सुरु भएको म...
बुटवल जितगढीमा भव्यरुपमा मनाईयाे  सरायनाच

बुटवल जितगढीमा भव्यरुपमा मनाईयाे सरायनाच

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार
बुटवल असत्यमाथि सत्यले विजय गरेको पर्वका रूपमा मानिने विजयादशमीको अवसरमा बुटवलको जितगढी दुर्गा मन्दिर परिसरमा , बुधबार सरायनाच सम्पन्न भएको छ। कार्यक्रम जितगढी व्यवस्थापन समितिको आयोजना तथा नेपाली सेनाको सह आयोजनामा दर्जनौं संघ संस्थाको सहभागितामा सम्पन्न भएको हो। याे पर्वलाई नेपाली लोक संस्कृतिको विशिष्ट पहिचानका रुपमा मान्ने गरिएको छ। पर्वका दिन मन्दिर भित्रका खुकुरी, तरबार ,खुडा,खड्ग र लठ्ठी आदि हतियार हातमा लिएर नचाउँदै ,लडाउँदै बाजाका तालमा नाच्दै देखाइने यस पर्वमा गरिन्छ । नेपाली बृहत शब्दकोशले अर्घाखाँची जिल्लाबाट सुरु गरिएको र क्रमश गुल्मी ,प्युठान र पाल्पामा मनाइने गरिएको पाइन्छ। आजभोलि यी स्थानहरूबाट बसाइसरी देशका विभिन्न सहरहरूमा आउने क्रम सँगै देशका अधिकांश स्थानमा मनाउन थालेको पाइन्छ। नाचगानमै महत्व दिएको उक्त सरायनाच कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग प...
सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राजनीति, समाचार, समाज
बुटवल देशमा बढ्दै गएको संकटको सामना र समाधानका लागि जनयुद्ध घटक पार्टीहरूको संयुक्त सांस्कृतिक कार्यक्रम बुधबार बुटवलमा हुने भएको छ। बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता मणि थापाले जनयुद्धलाई हिंसात्मक द्वन्दको नाममा परिभाषित गर्नुहुन्न भन्दै क्रान्तिकारीहरूले उठाएका मुद्दाहरु सबै समाधान भइ नसकेको बताए। उनले हरेक परिवर्तनहरूमा लेखक ,कलाकार ,कविहरूको प्रमुख भूमिका हुने हुँदा सांस्कृतिक कार्यक्रममार्फत अभियानमा लागेको बताए ।उनले देश कमजाेर हुंदा वाहिरी शक्तिहरुले प्रभाव जमाउने हुनाले शशक्त भएर अगाडि वढ्न आग्रह गरे। बुधबार दिउँसो १२:३० बजे बुटवल उद्योग वाणिज्य सङ्घको सभालमा हुने सांस्कृतिक कार्यक्रममा सहयोग गर्न चाहने व्यक्तिहरूले दुई सय , पाँच सय र एक हजार रुपैयाँ सहयोग गर्न सक्ने र प्रवेश खुल्ला राखिएको कार्यक्रम संयोजक आरोह सि ले बताए। उनले हामी गाइरहन्छौ...
बुटवल रूपन्देहीको तीज विशेष

बुटवल रूपन्देहीको तीज विशेष

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, स्थानीय
बुटवल सुनौलो बिहानी फुर्तिलो समूह बुटवलको तीज विशेष हरितालिका तीजको अवसरमा सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले बुटवल वाड न .७ सिद्धेश्वरी प्राङ्गणमा "योग गरौं स्वस्थ बनाैं"भन्ने नाराका साथ दैनिक रुपमा योग व्यायाम कार्यक्रम गर्दै आएको छ। उक्त संस्थाले तीजको अवसरमा मौलिक ,सांस्कृतिक, मनोरञ्जन र नाचगानबाट शरीर फुर्तिलो स्वस्थ बनाउने उद्देश्यका साथ हरितालिका तीजको दिन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै बुटवल उप-महानगरका नगरप्रमुख खेलराज पाण्डेले हिजोका दिन बुटवलमा पानीका लागि इनारबाट पानी निकालेर खाएको स्मरण गर्दै युग र जनताको मागअनुसार विकास भइरहेकोले ती र साेहि प्रकारका दु:खका कुराहरु गर्नु नपर्ने अवस्थामा पुगेको बताए। तीजको शुभकामना दिँदै उनले आफू जस्ता जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेमा मात...
आज तीज, यस्तो छ धार्मिक महत्व र विश्वास

आज तीज, यस्तो छ धार्मिक महत्व र विश्वास

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार
आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्व मनाइँदैछ। यसदिन विशेषगरी हिन्दूधर्माबलम्बी महिलाले महादेवको पूजा आराधना गर्ने गर्दछन् । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ।तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लाग्छ।  सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। पौराणिक कथाअनुसार वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेव...
लुम्बिनी प्रदेशभर हरितालिका तीजको दिन सार्वजनिक विदा

लुम्बिनी प्रदेशभर हरितालिका तीजको दिन सार्वजनिक विदा

Breaking news 2, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल, लुम्बिनी प्रदेश सरकारले शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ। महिलाहरुको पर्व हरितालिका (तीज) ब्रतको अवसरमा प्रदेश सरकारले लुम्बिनी प्रदेशभर शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले बुधवार सूचना प्रकाशित गर्दै हरितालिका तीजको अवसरमा शुक्रवार सार्वजनिक विदा दिईएको जानकारी दिएका हुन्। यसअघि २०८० चैत २० गते लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री डिल्ली चौधरी नेतृत्वको मन्त्रीपरिषद् बैठकले हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोहि निर्णय अनुसार बुधवार सूचना जारी गरिएको पन्थीले बताए। ...
गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नं ४ साविक बलेटक्सार गाविसबाट पेशा व्यवसाय तथा बसाईसरी रुपन्देहीमा बसोबास गरेका बलेटक्सार वासिको वनबाटिकामा संस्थाको आठौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न कारणले आफ्नो जन्मस्थान छाडी रुपन्देहीमा रहने वलेटक्सार वासिहरूको एकआपसी सद्भाव ,भातृत्व र तीजको अवसरमा नाचगान गरी मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै रुरु क्षेत्र वार्ड नं ४ का वडा अध्यक्ष मोतीप्रसाद श्रेष्ठले विविध कारणले रूपन्देहीमा आई बसोबास गरेतापनि आफ्नो जन्मस्थानलाई माया गरी आर्थिक ,शैक्षिक ,स्वास्थ्य ,मनोरञ्जन जस्ता माध्यमबाट सहयोग गर्ने गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले अहिले तीज जस्ता पर्वहरूमा मौलिकता कम हुँदै गएकोमा यस संस्थाले मौलिकतालाई प्राथमिकतामा राख्नेमा विश्वस्त हुँदै शुभकामना दिए। संस्थाका अध...
तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही तिलोत्तमा १ ड्राइभरटोल स्थित द यश आर होटल ले ९१ वर्ष उमेर पुगेका ३ जना आमा हरुलाई दोसल्ला र उपहार सहित सम्मान गरेको हो । वृद्ध आमाहरुले कार्यक्रम गरेर यसरी सम्मान गरेकोमा आशिर्वाद सहित धन्यबाद ब्यक्त गरे। कार्यक्रम मा बोल्दै होटलका अध्यक्ष शंकर बस्यालले आमा हरु लाई सम्मान गर्नपाउँदा खुसि ब्यक्त गरे । पछिल्लो समय विविध कारणले हाम्रो समाज मा संकृति परम्परा हरुलाई विर्सिदै जाने र आधुनिकताका नाममा भड्काउलो तिर जादैगरेको उल्लेख गर्दै हिजो आमा आमाहरुले तिजमा अवसरमा घरका पीडा र खुसि हरुलाइ गितको माध्यम बाट प्रफुटन गर्दै रमाइलो साटासाट गर्ने गरेको इतिहास वताए । कार्यक्रम मा तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गरिले लामो समय प्रभासमा रहि हाल रुपन्देहीमा आएर होटल संचालन गरेको मा संचालकहरुलाई आभार सहित तिजमा यसरी आमाहरुको सम्मान गरेर अर्को उदाहरण बनेकाेमा धन्यवाद ब्यक्त गरे ।का...
टोलटोलमा छायो तीजमिलन

टोलटोलमा छायो तीजमिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी
बुटवल नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्वका रूपमा मानिने हरितालिका तीज गाउँ- सहर ,टोल अनि विभिन्न संघसंस्थामा मनाउन सुरु गरिएको छ । बुटबलको वडा नम्बर ८ सुक्खानगरमा भानु पारिजात टोल विकास संस्थाले शनिबार तीज मिलन तथा संस्थाको साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरुले समाजका राम्रा कुराहरूको प्रशंसा र नराम्रा कुराहरुको आलोचना गर्दै मौलिक गीत र नाच प्रदर्शन गरेका थिए । बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले यस्ता पर्वको माध्यमबाट समाजमा रहेका विकृति हटाउँदै राम्रा पक्षलाई दीर्घ जीवन दिन आवश्यक रहेको बताए। उनले यि र यस्ता पर्वले एकआपसमा भातृत्व विकास, नेतृत्व विकास र जनचेतना विस्तार गर्न सहयोग पुर्याउने बताए। संस्थाका अध्यक्ष भगवती ज्ञवालीले संस्थाका सदस्यहरूको एकआपसमा भावना साटासाट गर्ने ,मनोरञ्जन गर्ने ,भातृत्व विकास गर्ने र गीतका माध्यमबाट एकआपसमा सन्देश...
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा

गित संगित, लेख रचना, समाज, स्थानीय
तिलोत्तमा ।नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा गरिएको छ ।   पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौँ भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ । ०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विभिन्न राजनीतिक दलका नेता, विश्लेषक, विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मीलगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको कार्यक्रममा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई...