गित संगित

तुलबहादुर राकसकोटिको “आमाको ममता” कविता सग्रह बिमोचन हुँदै

तुलबहादुर राकसकोटिको “आमाको ममता” कविता सग्रह बिमोचन हुँदै

गित संगित, ताजा अपडेट, लेख रचना, विविध, समाचार, स्थानीय
गंगु कुवँर मगर / गुल्मीकवि तुलबहादुर राकसकोटी मगरको प्रथम कृति "आमाको ममता"नामक कविता संग्रहको विविध कार्यक्रम सहित विमोचन हुने भएको छ ।गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका वडा नं.-२, जुभुङ्ग फोक्सीबास निवासी ७१ वर्षिय कवि राकसकोटीद्वारा रचित उक्त संग्रको जुभुङ्ग स्थित सूर्योदय माध्यमिक विद्यालयको प्राङ्गणमा पौष २७ गते पृथ्वी जयन्तीको शुभ अवसर पारेर विविध कार्यक्रम सहित विमोचन हुन लागेको हो । संग्रहको वरिष्ठ साहित्यकार दिन पन्थीले विमोचन गर्ने जनाइएको छ । पाण्डुलिपीलाई ५ महिना बढीको मेहनत पछि संग्रहको रूपमा प्रेसबाट बाहिर ल्याईएको र बिमोचनको तयारी भएको प्रकाशकीय संयोजक कवि तथा चित्रकार जीवित खड्का मगरले जानकारी दिनुभयो । विमोचन कार्यक्रममा नव जनविकास युवा क्लव गुल्मीदरबार -१,बलिथुमको विविध सांस्कृतिक कार्यक्रम, सोरठी समूह गुल्मीदरबार-२,जुभूङ्ग घुर्मीको सोरठी नाच , मगर पञ्चे बा...
उपप्रधानमन्त्री सिंहद्वारा बुटवल मेलाको अवलोकन: औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

उपप्रधानमन्त्री सिंहद्वारा बुटवल मेलाको अवलोकन: औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

Breaking news 2, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
बुटवल नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भनाई राख्नुभयो ।बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रि प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रीपरिषदबाट पारित भईसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनु भयो ।यहि पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक...
बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटि फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटि फेयर’ गरिएको हो ।व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले हिनताबोधका बिचबाट सुरु भएको व्यूटिपार्लर व्यवसाय आज सबैको अवश्यकता भएको बताउनु भयो । व्यूटिपार्लर व्यवसायले महिला उद्यमशिलता पनि बढाएको र आफैमा सम्मानित पेशाको रुपमा स्थापित भएको भनाई राख्नु भयो ।कार्यक्रममा यस क्षेत्रमा रहेर २५ वर्षभन्दा लामो समय व्यूटिपार्लर पेशा व्यवसाय गरेका ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा व्यूटिसियन उशाकिरण गुरूङ, जेनी श्रेष्ठ, सुशिल श्रेष्ठ, सबिता ताम्राकार, क...
बुटवलमा औद्योगिक व्यापार मेला सुरु, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

बुटवलमा औद्योगिक व्यापार मेला सुरु, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरुको चिन्ताप्रति सरकार गम्भिर रहेको भन्दै व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यवसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको भनाई राख्नुभयो ।मन्त्री खड्काले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस...
कालिकाबाट अन्यले समेत सिक्न जरुरी छः पुर्व मुख्यमन्त्री लिला गिरी

कालिकाबाट अन्यले समेत सिक्न जरुरी छः पुर्व मुख्यमन्त्री लिला गिरी

Breaking news 1, खेलकुद, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले खेलकुलका धेरै विधामा महत्पूर्ण प्रगति गरेको बताएका छन् । उनले कालिकाले यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ठ विद्यालयको रुपमा प्रमाणीत गरेको बताए । उनले भने–‘हाम्रो मुलकको सबै सामुदायीक विद्यालयमा यसै गरी अनुशासनीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको छ । ’ उनले स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यललयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै यसमा कमजोरी रहेको र आगामी दिनमा सुधार गर्न जरुरीरहेको समेत बताए । शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको मिह...
रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार

रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार

Breaking news 3, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटबल तिलोत्तमा व्यापार संघको आयोजनामा रुपन्देहीको मणिग्राममा सञ्चालित तिलोत्तमा जारी महोत्सव २०८१ मा सोमबारसम्म ७ करोडको कारोबार भएको छ। यही मंसिर ६ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा १० करोड भन्दा बढी कारोबार हुने आयोजकको आंकलन रहेको छ। करिब ३०० स्टल रहेको महेात्सवमा व्यवसायीहरुलाई सहुलियत गरेर आयोजकलाई मुनाफा नभए पनि सुविधा दिने तिलाेत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले बताए । उनले कृषि प्रवर्द्धनका लागि निःशुल्क तथा सहुलियत रहेको बताए । मेलामा आवश्यक सामग्री देखि नाचगान ,खेलकुद ,खानपान ,सेल्फी जोनहरू रहेको व्यापार संघका संस्थापक अध्यक्ष जेपी कडेलले जानकारी दिए। "व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार "भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा पर्यवेक्षकहरूको उल्लेखनीय सहभागिताले आयोजकहरू थप उत्स...
नवदुर्गा मन्दिर बुटवलमा खुडासहित सांसद घिमिरे र नगर प्रमुख पाण्डेय

नवदुर्गा मन्दिर बुटवलमा खुडासहित सांसद घिमिरे र नगर प्रमुख पाण्डेय

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
बुटवल विजयादशमीको अन्तिम दिन बिहीबार कोजाग्रत पूर्णिमाको अवसरमा बुटवलको देवीनगरमा सराय नाच प्रदर्शन गरिएको छ । सो कार्यक्रममा संघीय सांसद बासुदेव घिमिरे, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय लगायतका नेता कार्यकर्तासमेत सहभागी भएका थिए ।  नवदुर्गा मन्दिर समिति बुटवल-११ देवीनगरले दुर्गा भवानीको पूजा आराधनासंगै सरायनाँच कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा सांसद घिमिरे र नगर प्रमुख पाण्डेय समेत हातमा खुडा लिएर सराय नाचमा सहभागी भएका थिए । दशैपछि पहाडी तथा शहरका विभिन्न ठाउँका दुर्गा मन्दिरहरुमा सराय नाँच निकाल्ने प्रचलन रहेको छ । असत्य माथि सत्यको विजयका रुपमा मनाउने वडा दशै पर्व लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची तथा रुपन्देहीलगायतका विभिन्न जिल्लाहरुमा भव्यरुपमा मनाउने गरिन्छ । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको प्राङ्गगणबाट सुरु भएको म...
बुटवल जितगढीमा भव्यरुपमा मनाईयाे  सरायनाच

बुटवल जितगढीमा भव्यरुपमा मनाईयाे सरायनाच

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार
बुटवल असत्यमाथि सत्यले विजय गरेको पर्वका रूपमा मानिने विजयादशमीको अवसरमा बुटवलको जितगढी दुर्गा मन्दिर परिसरमा , बुधबार सरायनाच सम्पन्न भएको छ। कार्यक्रम जितगढी व्यवस्थापन समितिको आयोजना तथा नेपाली सेनाको सह आयोजनामा दर्जनौं संघ संस्थाको सहभागितामा सम्पन्न भएको हो। याे पर्वलाई नेपाली लोक संस्कृतिको विशिष्ट पहिचानका रुपमा मान्ने गरिएको छ। पर्वका दिन मन्दिर भित्रका खुकुरी, तरबार ,खुडा,खड्ग र लठ्ठी आदि हतियार हातमा लिएर नचाउँदै ,लडाउँदै बाजाका तालमा नाच्दै देखाइने यस पर्वमा गरिन्छ । नेपाली बृहत शब्दकोशले अर्घाखाँची जिल्लाबाट सुरु गरिएको र क्रमश गुल्मी ,प्युठान र पाल्पामा मनाइने गरिएको पाइन्छ। आजभोलि यी स्थानहरूबाट बसाइसरी देशका विभिन्न सहरहरूमा आउने क्रम सँगै देशका अधिकांश स्थानमा मनाउन थालेको पाइन्छ। नाचगानमै महत्व दिएको उक्त सरायनाच कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग प...
सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राजनीति, समाचार, समाज
बुटवल देशमा बढ्दै गएको संकटको सामना र समाधानका लागि जनयुद्ध घटक पार्टीहरूको संयुक्त सांस्कृतिक कार्यक्रम बुधबार बुटवलमा हुने भएको छ। बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता मणि थापाले जनयुद्धलाई हिंसात्मक द्वन्दको नाममा परिभाषित गर्नुहुन्न भन्दै क्रान्तिकारीहरूले उठाएका मुद्दाहरु सबै समाधान भइ नसकेको बताए। उनले हरेक परिवर्तनहरूमा लेखक ,कलाकार ,कविहरूको प्रमुख भूमिका हुने हुँदा सांस्कृतिक कार्यक्रममार्फत अभियानमा लागेको बताए ।उनले देश कमजाेर हुंदा वाहिरी शक्तिहरुले प्रभाव जमाउने हुनाले शशक्त भएर अगाडि वढ्न आग्रह गरे। बुधबार दिउँसो १२:३० बजे बुटवल उद्योग वाणिज्य सङ्घको सभालमा हुने सांस्कृतिक कार्यक्रममा सहयोग गर्न चाहने व्यक्तिहरूले दुई सय , पाँच सय र एक हजार रुपैयाँ सहयोग गर्न सक्ने र प्रवेश खुल्ला राखिएको कार्यक्रम संयोजक आरोह सि ले बताए। उनले हामी गाइरहन्छौ...
बुटवल रूपन्देहीको तीज विशेष

बुटवल रूपन्देहीको तीज विशेष

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, स्थानीय
बुटवल सुनौलो बिहानी फुर्तिलो समूह बुटवलको तीज विशेष हरितालिका तीजको अवसरमा सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले बुटवल वाड न .७ सिद्धेश्वरी प्राङ्गणमा "योग गरौं स्वस्थ बनाैं"भन्ने नाराका साथ दैनिक रुपमा योग व्यायाम कार्यक्रम गर्दै आएको छ। उक्त संस्थाले तीजको अवसरमा मौलिक ,सांस्कृतिक, मनोरञ्जन र नाचगानबाट शरीर फुर्तिलो स्वस्थ बनाउने उद्देश्यका साथ हरितालिका तीजको दिन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै बुटवल उप-महानगरका नगरप्रमुख खेलराज पाण्डेले हिजोका दिन बुटवलमा पानीका लागि इनारबाट पानी निकालेर खाएको स्मरण गर्दै युग र जनताको मागअनुसार विकास भइरहेकोले ती र साेहि प्रकारका दु:खका कुराहरु गर्नु नपर्ने अवस्थामा पुगेको बताए। तीजको शुभकामना दिँदै उनले आफू जस्ता जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेमा मात...