गित संगित

कालिका मानव ज्ञान मावि ६५ औ वार्षिकाेत्सव : कविता प्रतियोगितामा विवेक खराल प्रथम

कालिका मानव ज्ञान मावि ६५ औ वार्षिकाेत्सव : कविता प्रतियोगितामा विवेक खराल प्रथम

खेलकुद, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल स्थित कालिका मानव ज्ञान माविको ६५ औ वार्षिक उत्सवको अवसरमा आज सोमबार विविध कार्यक्रमहरू सम्पन्न भएका छन् । कक्षा ११ र १२ मा राष्ट्र निर्माणमा युवा सहभागिता विषयमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ विज्ञान संकायका विवेक खराल प्रथम, कक्षा १२ विज्ञानकै शिशिर मल्ल द्वितीय, कक्षा ११ विज्ञानका विमर्श बस्नेत तृतीय र कक्षा ११ विज्ञानका रचना जिसी चतुर्थ स्थान हासिल गर्न सफल भएका छन् । कक्षा ११ र १२ नेपाली विषयका विभागीय प्रमुख सरस्वती थापाको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितानन्द ज्ञवालीको प्रमुख अतिथ्यता, शिक्षक त्रय शालिग्राम घिमिरे, शर्मिला पाण्डे र कृष्णप्रसाद सापकोटाको निर्णायक मण्डल रहेको विद्यालयका प्रधानध्यापक दिनेश थापाले जानकारी दिए । त्यसैगरी कालिका सवालमा विद्यालयमा सञ्चालित विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्र...
औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता

औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता

Breaking news 2, कृषि, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डप स्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उद्योगको प्रवद्र्धनका साथै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने भएको छ । यस क्षेत्रका पर्यटन व्यवसायी सँगको सहकार्यमा प्रदर्शनी अवधिभर आउने स्वेदशी तथा विदेशी पर्यटकहरुलाई प्याकेजमा नै समेट्ने गरी योजना बनेको संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।यो विषयमा यस क्षेत्रका पर्यटन व्यवसायीहरुसँग सहकार्य थालिएको उनको भनाई छ । हामीले यहाँका होटल तथा पर्यटन व्यवसायी संघको नेतृत्वसँग छलफल गरेर उनीहरुलाई नै प्याकेजका योजना मागेका छौं, कम्तीमा बुटवल बाहिरबाट प्रदर्शनीका लागि आउने पाहुनालाई कसरी यहाँ राख्न सकिन्छ र कसरी यस क्षेत्र वरिपरी भएका ...
रूपन्देहीको तिलोत्तमा जारी राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको भिड

रूपन्देहीको तिलोत्तमा जारी राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको भिड

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको छैटौं दिन शनिबार दर्शकको उल्लेख्य सहभागिता रहेको छ। महोत्सवमा स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी रहन्छन्। नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्ने र महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि मात्र नभएर, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ।स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने छ। स्थानीय उद्यमी–व्यवसायीको व्यवसायिक उन्नतिमा महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास छ।तिलोत्तमा क्षेत्रमा स्थायी प्रकृतिको मेला स्थल निर्माणको आवश्यकता पहिल्यैदेखि उठ्दै आएको उल्लेख गर्दै अब न...
आज उधौली पर्व, देशैभरि सार्वजनिक बिदा

आज उधौली पर्व, देशैभरि सार्वजनिक बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ। यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा समेत मेला लाग्ने गर्दछ। आज योःमरि पूर्णिमा (योमरी पुन्हि) नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका स...
८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
रूपन्देहीरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्दै स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। उहाँले नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि होइन, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ। स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने बताउँदै प्रमुख खाँणले तिलोत्तमाका सबै संघसंस्था, राजनीतिक दल तथा सरोकारवालाले एकजुट ...
बहुप्रतिभाशाली व्यक्तित्व डा. नवराज लम्साल

बहुप्रतिभाशाली व्यक्तित्व डा. नवराज लम्साल

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँडा. नवराज लम्साल कवि, गीतकार तथा रेडियोकर्मी हुन् । उनी महाकाव्यकार हुन् र महाकाव्यमै उनले नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार जितेका छन् । सो पुरस्कार महाकाव्य अग्निले २०७८ मा जितेको हो । उनी रेडियो नेपालका पूर्वनिर्देशक तथा बीबीसीका पूर्व संवाददाता पनि हुन् । कविको प्रभाव सञ्चारमा र सञ्चारको प्रभाव लेखनमा देखिन्छ । सञ्चारमा काव्यिक महक र काव्यमा सूचनाको समायोजन । उनी बीच धारमा छन् । बीचमा छन् र फरक छन्, अलग छन् । बाल्यकाल र अध्ययन नवराज लम्साल २०२६ साल साउन ८ गते बुधबार धादिङको ज्यामरुङमा जन्मिएका हुन् । गाउँकै तत्कालीन शंखादेवी निमाविबाट उनले प्रारम्भिक पढाइ शुरु गरे । घरमै पिताजीबाट रामायण महाभारतका श्लोकहरू सुन्दै हुर्केका लम्साललाई तिनै रचनाहरूले कवितातिर आकर्षित गर्यो । त्यतिखेरैदेखि उनले कविताकविताका हरफहरूमा आफूलाई खोज्न थालिसकेका थिए । प्रारम्भिक शिक्षा ...
लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
मिलन गाहाबुटवलरुपन्देहीको १७ औ साधारण सभा तथा नबौ अधिबेशनबाट रितु थापा घर्तीको अध्यक्षतामा नयाँ कार्यसमीती चयन भएको छ ।सर्ब सम्मतीमा नेतृत्व चयन हुंदा प्रथम उपाध्यक्षमा रेशम खनाल, द्धितीय उपाध्यक्ष बिधान कार्की, महीला उपाध्यक्ष रेनु राना मगर सचीब दिपक दर्लामी मगर ,कोषधयक्षमा सागर खड्का,सह सचीब कृष्ण अर्याल, र सह कोषाध्यक्षमा बिष्णु श्रीपाली चयन भएका छन् ।कार्यसमीतीमा महीला खुल्ला सदस्य ४ खुल्ला सदस्यमा ९ जना र मनोनीत ४ गरी २४ सदस्यीय कार्य समीती चयन भएको हो । नया कार्यसमीतीका अध्यक्ष रितु थापाले आफु निर्बाचीत भएपछी लोक दोहोरीको उन्नतीका लागी अग्रज र अनुजको सहयोगबाट माथी उठाउने प्रतीबद्धता ब्यक्त गर्दे बिगत १२ बर्षदेखी समीतीमा बसेर काम गर्दे आएको भन्दै श्रष्टाका अधीकार स्थापीत गर्न आफ्नोबलबुताले भ्याएसम्म न्याय गर्ने बताउनुभयो । समीतीमा केन्द्रीय समीतीको बार्षीक कयालेन्डर अनुसार काम गर...
बुटवलमा जारी मेलामा दर्शकको भिड

बुटवलमा जारी मेलामा दर्शकको भिड

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा रोट्र्याक्ट क्लब अफ बुटवल साउथद्वारा आयोजित फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा दर्शकको भिड लागेको छ।कार्तिक १३ गतेदेखि जारी मेला मंसिर २ गतेसम्म चल्नेछ।बुटवल ११ देविनगर रंगशालामा सञ्चालित मेलामा शनिबार दर्शकको भिड उत्साहजनक रहेको थियो।उक्त मेलाका पछिल्ला दिनहरूमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ।शनिबार कलाकारहरू वद्री पंगेनी र ज्वति मगरसंगै वसन्त लम्साल लगायतका स्थानिय कलाकारहरूले दर्शकलाई झमझमी नचाएको माहोल सांच्चिकै मनमोहक देखिन्थ्यो।यसैगरी प्रत्येक दिन राष्ट्रिय साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने क्लब सचिव शंकर काफ्लेले जानकारी दिए। मेलाको सबैभन्दा बढी आकर्षक फिस टनेलमा राखिएका 'जल परी' र दुबई सिटी, भारतको प्रसिद्ध मन्दिर वैष्णवदेवी, नेपालका विभिन्न पर्यटकीय स्थलहरूको प्रतिरूप रहेका छन्।'जल परी'को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवती...
लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत

लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
बुटवललोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत भएका छन्।लोक दोहोरी प्रतिष्ठान रुपन्देहीको १७ औ साधारण सभा तथा ९ औ अधिबेशनको अबशरमा अग्रज पत्रकार मिलन गाहा सम्मानीत भएका छन् ।पाल्पाको तानसेन,मदनपोखरामा जन्मेका गाहा रेडियो मदनपोखराको स्थापना सगै पत्रकारीतामा लागेका हुन । २०५६ बाट आफ्नो पत्रकारीता अभीयानमा बुटवल एफ एम,समाबेशी रेडियोमा नेतृत्व गर्दे एबीसी टेलीभीजन,लुम्बिनी टेलीभीजन, हाल नेपाल टेलीभीजनमा रुपन्देही सम्बाददाताको भुमीका सहीत दर्जन सञ्चार सस्था सहीत मेचीकाली दैनीकमा समेत आबद्धता रहेको छ ।लुम्बिनी प्रदेश सरकारको सञ्चार समन्वय परीषदको अध्यक्ष रहेका गाहाले समाज परीबर्तनका लागी निजी स्वार्थलाई त्यागेर समाज परीबर्तनको सम्बाहकको भुमीका निर्बाह गर्दे आएका छन् । पाल्पाबाट रुपन्देही झरेर बुटवल एफएमको स्थापान संगै रुपन्देही लाई सञ्चारको कर्मथलो बनाएका गाहा आदिवासी जनजाती पत...
प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
मिलन गाहा बुटवललोक दोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले संस्कृतीको संरक्षणमा कलाकार कल्याणकारी कोषका लागी देउसी भैलो समपन्न गरेको छ । कलाकारको बिभीन्न समस्या समाधान गर्ने उदेश्य का साथ रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल जिल्ला कार्यसमिति रुपन्देही को आयोजनामा आयोजित कार्यक्रममा अध्यक्ष बिजय सापकोटाको नेतृत्वमा भएको हो । देउसी भैलो कार्यक्रममा सस्था का पुर्व केन्द्रिय सचिव प्रचण्ड जिसि केन्द्रिय सदस्य पुरुर्र्षेोतम भण्डारी पुर्खे बा, केन्द्रिय सदस्य सुशील गौतम, सस्थाका लुम्बिनी प्रदेश कमिटि बरिस्ठ उपाध्याक्ष दामोदर बस्याल,प्रदेश सचीव योगराज पोख्रेल ,गुल्मि जिल्ला अध्यक्ष चर्चित गाइका शिलु भट्टराई लगाएत प्रदेश कमिटि र रुपन्देही जिल्ला का सम्पुर्ण पदाधिकारी तथा सदस्य सस्थाका आजिवन सदस्य साधारण सदस्य हरूको उपस्थीती रहेको सचीब बिधान कार्कीले बताए ।कल्याण्कारी कोष जस्तो...