आज बडादसैँको मुख्य दिन- हर्षउल्लासपूर्वक टीका, जमरा र आशिर्वाद ग्रहण गर्दै
काठमाडौंबडादसैँअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ।आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास समितिले यसअघि नै बताइसकेको छ।आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा आशीर्वाद लिइन्छ।
त्यसो त मान्यजन टाढाटाढा हुनेहरूले आज विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म पनि टीका लगाउन सक्छन्। बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो।
आज नेपालीहरुको महान चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।
दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमर...








