सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान


बुटवल
पाल्पाको सिद्धबाबा मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा लाग्दै आएको महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको मन्दिर विकास समितिले जनाएको छ ।
शनिबार सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन गरी महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
भक्तजनले सहज रूपमा मन्दिरमा पुजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ । महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउंपालिका–३ स्थित सिद्वबाबा मन्दिरलाई सिंगारिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरीएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । उनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन ।
दर्शनार्थीहरुको सुरक्षाका सुरक्षाकर्मी, स्वयसेवक सहित २ सय जना परिचालन गरिने समितिले जनाएको छ । त्यस्तै १८ वटा सिसी क्यामेराले निगरानी गर्ने अध्यक्ष शेरचनले बताए । सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुंचको प्रबन्ध मिलाइएको उनको भनाइ छ । गतवर्षको शिवरात्रीमा ४५ हजार बढी भक्तजनले दर्शन गरेको बताउंदै अध्यक्ष शेरचनले यो वर्ष ६० हजार बढी भक्तजन भित्राउने गरी तयारी गरिएको जानकारी दिए ।

भक्तजनहरूलाई दर्शनका लागि बिहान ३ बजेदेखि नै मूल मन्दिर खुला गरिने प्रचारप्रसार संयोजक तोया लम्सालले जानकारी दिए । उनले साढे २ घण्टा भित्रमै भक्तजनले मन्दिर दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको बताए । मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउंबाट दुई वटा निःशुल्क र कामना सेवाका आधा दर्जन सशुल्क बसको व्यवस्था मिलाइएको उनको भनाई छ । बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देबिनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन । भक्तजनलाई दिनभर यातायात सेवा उपलब्ध गराउने गरी बस समितिहरूसँग सम्झौता गरिएको पनि लम्सालले बताए ।

सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रुपमा विकास गर्ने गरी मुख्य मन्दिरको जिर्णोद्धार गर्न लागिएको मन्दिर बिकास समितिका सचिव अरविन्द पाण्डेले बताए । धार्मिक तथा ऐतिहासिक क्षेत्र सिद्धबाबामा नेपालका विभिन्न जिल्लाहरुसँगै भारतबाट समेत भक्तजन आउने गरेका छन । यस वर्ष शिवको महिमा अपार, मूल मन्दिरको जिर्णोदार भन्ने नाराका साथ महाशिवरात्री पर्व मनाउन लागिएको सचिव पाण्डेले बताए ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...