जीवनशैली

आज ‘भ्यालेन्टाइन्स डे’, प्रेमील जोडीले प्रेम साटेर मनाउदै

आज ‘भ्यालेन्टाइन्स डे’, प्रेमील जोडीले प्रेम साटेर मनाउदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, नेपालसहित विश्वभर प्रेमिल जोडीहरूले एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी यो प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा यो प्रणय दिवसलाई लिने गरिन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । ...
जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीको तिलोत्तमा स्थित श्रृङ्गेश्वरधाममा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण र विस्तारका लागि सहयोग संकलन गर्ने उदेश्यले महायज्ञ संचालन हुने भएको छ ।यहि माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमदभागवत ज्ञान बिज्ञान श्रीङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रीङ्गारिक महाआरती २०८१ भब्य रुपमा संचालन हुनेछ । महायज्ञमा प्रमुख कथा बाचकको रुपमा पुज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्नु हुनेछ भने रास्ट्रीय कलाकारहरूको प्रस्तुति रहनेछ। हाल सचालनमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई विस्तार गर्ने र आधुनिक सेवा सुबिधा सम्पन्न भवन निर्माण गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गरिएको हाे । उक्त मिलन केन्द्रले जेष्ठ नागरिकलाई दिनभर ध्यान , ज्ञान , भजनकृतन ,मनोरञ्जन गर्ने कार्यक्रम गर्ने र खाजाको समेत व्यवस्था गरेको छ । जेष्ठ नागरिकलाई घर बाट ल्य्ल्याउने र छोड्न ज...
भारतमा जारी कुम्भ मेलामा भागदौड, कम्तिमा १० जनाको मृत्यु

भारतमा जारी कुम्भ मेलामा भागदौड, कम्तिमा १० जनाको मृत्यु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् । मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन । यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानि...
सभापति कप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र एनआरटी खेल्दै

सभापति कप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र एनआरटी खेल्दै

खेलकुद, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सभापति कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र न्युरोड टीम (एनआरटी) क्लबले खेल्दैछन् । यो खेल बेलुका साढे पाँच बजेपछि दशरथ रङ्गशालामा शुरु हुनेछ । आजको खेलको विजेताले सेमिफाइनलमा लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशसँग खेल्नेछ । हिजो नेपाल पुलिस क्लबलाई हराउँदै बागमती सेमिफाइनलमा पुगेको हो । सङ्कटा र मच्छिन्द्र फुटबल क्लब पनि सेमिफाइनलमा पुगिसकेका छन् ।  प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  ...
जन्मदिनमा फजुल खर्च छाडेर रक्तदान

जन्मदिनमा फजुल खर्च छाडेर रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल जन्मदिन मनाउन फजुल खर्च नगरी रक्तदान गरी जन्मदिन मनाउन प्रेरित गर्ने र समाजसेवामा अग्रसर हुने संस्कार स्थापित गर्ने उद्देश्यले रूपन्देही विद्युतीय व्यवसायी संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय कोषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरे। उनले रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसाथ गरी कतिपय बिरामीलाई रगतको अभावले पिल्सिएको आफूले देखेको स्मरण गर्दै जन्मदिन मनाउने फजुल खर्च छाडेर रक्तदानको संस्कार बसोस् भन्ने उद्देश्यले जन्मदिनको दिन रक्तदान कार्यक्रमको आयोजना गरी आफूले पनि रक्तदान गरेको बताए। मङ्गलबार नियमित रक्तदाता संघ बुटवलको कार्यालयमा गरिएको औपचारिक कार्यक्रममा बोल्दै रूपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले शरीर स्वस्थ नभएमा रगत प्रदान गर्न नमिल्ने हुनाले आफ्नो स्वास्थ्यको नियमित चेक जाँच सँगै सामाजिक काम भएकाल...
आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्ताे छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्ताे छ महत्व

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, ...
बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला

बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए । विभिन्न २७ उपसमिति बनाएर कार्य तिव्र गतिमा जारी रहेको उनले बताए । बि.स २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानिय पर्यटकहरुलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिदै आएको उनले बताए । सिद्धेश्वरी स्कुलको मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए । संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरि जातजा...
गुल्मीको मालिकामा माघी मेला सुरु

गुल्मीको मालिकामा माघी मेला सुरु

जीवनशैली, ताजा अपडेट, समाचार, स्थानीय
गंगु कुँवर मगर / गुल्मीजिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिले लेकपोखरा क्षेत्रमा आजदेखि बृहत् मेला लाग्ने भएको छ ।धार्मिक , ऎतिहासिक , साँस्कृतिक तथा पर्यटकीय धरोहरको रूपमा रहेको लेकपोखरा क्षेत्रमा माघेसन्क्रान्तिको अवसर पारेर आज पौष २७ गते देखि माघ १ गते सम्म बृहत् मेला लाग्ने भएको हो । उक्त क्षेत्रको पोखरीमा स्नान गर्न र मेला भर्न तिर्थालुहरू मालिका गाउँपालिका ,तथा छिमेकी इस्मा गाउँपालिका , धुर्कोट गाउँपालिका लगायत गुल्मीका विभिन्न स्थानहरू साथै प्युठान , अर्घाखाँची , पाल्पा र बाग्लुङ जिल्लाबाट समेत हजारौ तिर्थालुजनको घुइँचो लाग्ने गरेको समितिका अध्यक्ष चन्द्र बहादुर महताराले जानकारी दिनुभयो।लेकपोखरा क्षेत्रको पहिचान इतिहास अनुसार वि .सं. १८१२ मा गुल्मी बलेटक्सार निवासी ज्ञवाली तपस्वी बालानन्द गुरु ले एउटा चिम्टा को प्रयोग गरि जंगल मा बास बसि करिब १ बर्ष सम्म कन्दमुल खाएर लगाता...
बुटवलको सडकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा

बुटवलको सडकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ट्राफिक चोकमा जडान गरिएको ट्राफिक लाइटको विहिबार विधिपुर्वक स्वीच अन गरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाईटको सफ्टवेयर थिचेर ट्राफिक शुभारम्भ गरेका हुन । चालु आर्थिक वर्षमा बुटवल उपमहानरपालिकाले बुटवलका ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने गरी काम शुभारम्भ गरेको थियो । सोही योजना अनुसार बुटवलको ट्राफिक चोक र कालिका नगरमा लाइट जडान गरीएको छ । मिलनचोकमा सडक विस्तारको काम जारी रहेको केही दिनमा नै लाइट शुभारम्भ हुने छ । यस्तै गोलपार्कमा पनि लाइट जडान सकिएपछि सञ्चालन हुने नगर प्रमुख पाण्डेयले बताए । बुटवलको बढ्दो ट्राफीक जामको समस्या समाधानको लागि यो लाइट सहयोगी जानकारी दिए । लाइटसँगै राखीएको...
वाल तथा नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल

वाल तथा नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
रुपन्देही गुणस्तरीय चिकित्सक सहित आधुनिक उपचार सेवालाई निरन्तरता दिने क्रममा क्रिमसन अस्पतालले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका रुपमा डा. प्रयास बज्राचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको अस्पतालले उच्च कोटीको चिकित्सकीय सेवा प्रवाह गरेको सबैमा सर्वविदितै छ । यो क्रमलाई निरन्तरता दिने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै बालबालिकामा देखा पर्ने सबैखाले स्वास्थ्य समस्याको निदानका लागी अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रयास बज्राचार्यलाई पौष ३ गतेबाट नियुक्ति दिएको जनाएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास, दाङ्ग तथा पुर्वमा लहान लगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ भई काम गरेको लामो अनुभव सँगालेका डा. बज्राचार्यले अब मणिग्राम स्थित क्रिमसन अस्पतालबाट नियमित सेवा प्रवाह गर्ने छन । अस्...