रूपन्देही विद्युतीय व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान
रूपन्देही
रूपन्देही विद्युतीय व्यवसायी संघले नयाँ वर्ष २०८२ को टेबल तथा भित्तेपात्रो विमोचन तथा नववर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संघले सोमबार तिलोत्तमा ७ भलबारी संघको सचिवालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा संघका अध्यक्ष शान्तराज खरालले सबैतिर उज्यालो प्रवाह गर्ने विद्युत र विद्युतीय सामग्रीको व्यवसाय गर्नेहरूको पनि भविष्य उज्यालो भएको भन्दै विगतका केही वर्षहरूबाट ओरालो लागेको व्यवसाय स्वस्थ प्रतिस्पर्धाबाट निराश नभई अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।
विद्युतीय व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव दीपक पौडेलले व्यवसायमा उपयुक्त मुनाफा राखी स्वस्थ प्रतिस्पर्धामा व्यवसाय गर्नु व्यावसायको धर्म रहेको र विकृतिमा सचेत र संयम हुन आवश्यक रहेको बताए। उनले प्रदेशलाई आर्थिक ,भौगोलिक हिसाब...








