लागुपदार्थ नियन्त्रणमा सबैको सहकार्य आवश्यक


बुटवल

मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने लागुपदार्थ दुव्र्यसनी नियन्त्रणमा ल्याउनका लागि समाजका सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने एकजना लागूऔषधविरुद्धको अभियान सञ्चालन गरिरहेका अभियन्ताले बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले नार्कोनन् नेपालको सहयोगमा आइतबार बुटवलमा आयोजना गरेको ड्रग्स नियन्त्रण र पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै लागूऔषधको नियन्त्रणका क्षेत्रमा काम गरिरहेको संस्था नार्कोनन् नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एसएसपी वसन्त कुँवरले प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न नसक्ने बताउनुभयो । 

उहाँले समाजका सबै संयन्त्रहरु मिलेर मात्रै लागूऔषधको दुव्र्यसन नियन्त्रण गर्न सकिने भएकाले पत्रकारिता क्षेत्रबाट पनि सक्रियताको खाचो औल्याउनुभयो । उहाँले लागूऔषधको प्रयोगले मानिसको जीवनलाई समाप्त पार्ने भएका सचेतना फैलाउनका लागि पत्रकारहरुसँग आह्वान गर्नुभयो । उहाँले भन्नुभयोे–‘सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भनिन्छ, यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुकासाथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ, यसले विस्तारै मानिसको जीवन बर्बादीतर्फ लैजान्छ ।’ उहाँले कानूनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध रहेको र सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ रहेको बताउनुभयो ।  

विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको जानकारी गराउँदै उनले विश्वभर लागूऔषध प्रयोगकर्ताहरूको संख्या प्रतिवर्ष ५.६ प्रतिशतका दरले प्रयोगकर्ताहरूको संख्या बढिरहेको बताउनुभयो । 

‘डरलाग्दो पक्ष भनेको कुल प्रयोगकर्ताको ६९ प्रतिशतले सुइद्वारा लागूऔषध प्रयोग गर्छन् र यिनमा अधिकांश २५ वर्षमुनिका युवायुवतीहरू पर्छन्’–उहाँले भन्नुभयो–हामीले अहिलेदेखि नै यो अवस्थालाई रोक्न सकिएन भने विस्तारै गाउँ समाज नै यो दुव्यर्सनीमा फस्नेछ र त्यसबेला कसैलाई जोगाउन सकिने छैन ।’ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले लागूऔषध दुव्यर्सनलाई नियन्त्रणका लागि पत्रकारिताका माध्यमबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा स्थानीय सरकारहरुसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...