दुवै खुट्टा नचल्ने मुकेश भन्छन् : आफूले सक्दो मेहनत गरेर खानुपर्छ


बुटवल

रुपन्देहीको बुटवल अस्पताल लाइन लुम्बिनी प्रादेशिक अस्पतालको अगाडि प्रमुख सडकको छेउमा तीन पाङ्ग्रे साइकिलमा पानी ,रेडिमेड जुस, कुर्कुरे ,चकलेट, माक्स् जस्ता सामग्री बिक्री गरी रहेका एकजना युवा देखिए ।

जन्मेको ६ महिनादेखि नै पोलियोका कारण दुवै खुट्टाले काम नगरेका कारण उनी तीनपाङ्ग्रे साइकिलमा हिँड्दा रहेछन्। दुवै खुट्टाले काम नगर्ने हुनाले हातले साइकिल हिडाएर आवतजावत गर्दा रहेछन्। दुवै खुट्टा नचल्ने तर आफू सक्दो मेहनत गरेर खानुपर्छ भन्ने सोचका भारतको उत्तर प्रदेशका नागरिक मुकेश कुमार पण्डित अहिले ३२ वर्षका रहेछन्। भारतबाट आफ्नो साथीलाई भेट्न बुटवल आएका उनी ६ वर्षदेखि बुटवलमा यसरी सक्दो मेहनत गरी जीविका चलाइरहेका रहेछन्।

घरमा ६ जनाको परिवार रहेका उनी आफ्नो जीविको पार्जनका लागि यसरी मेहनत गरेर दिनको ५सय देखि १हजार सम्म बचत गरी जीविको चलाइरहेका रहेछन्। अविवाहित मुकेश बुटवल वार्ड नम्बर ६ सुन्दर नगरमा कोठा भाडामा लिइ बस्दा रहेछन्।

तपाईं आफ्नो देशमा रहेको भए सरकारले केही सहयोग गर्थ्याे होला? भन्ने प्रश्नमा उनी भन्छन् “मासिक ४ सय अपाङ्ग भत्ता दिन्छ यो तीन पाङ्ग्रे साइकिल पनि भारत सरकारले नै दिएको हो,उक्त अपाङ्ग भत्ता बैंकमा आउँछ ,साथीभाइ बुटबल रहेको र गरी खान सकिने लागेर बुटवल नै बसेको छु”।

बुटबल उपमहानगर लगायत सराेकारवालाहरुले पनि अपाङ्ग परिचय पत्र लगायतका कुराहरुमा सहयोग गरिदिएमा आफूलाई थप प्रोत्साहन मिल्ने थियो भन्छन् मुकेश। उनी अपाङ्गता परिचय पत्रका लागि बुटवल उपमहानगरले पनि आश्वासन दिएको बताउँछन्।

हात थापेर खानुभन्दा केही सक्दो मेहनत गरेर खानुपर्छ भन्ने सोचका उदाहरणीय उनी र उनी जस्ता अपाङ्ग, असहाय नागरिकबाट सबैले शिक्षा लिनुपर्ने र यी र यस्ता नागरिकलाई आफ्नो देशले सहयोग गर्नुपर्छ ।र सम्बन्धित निकाय र सरकार वालासँग नपुगेको भए पुर्याउन सहयोग गर्नुपर्छ । उनी जस्तै विविध कारणले अन्य देशमा पुगेका नागरिकलाई पनि मानवताको नाताले सक्दो सहयोग गर्नुपर्छ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...