दुवै खुट्टा नचल्ने मुकेश भन्छन् : आफूले सक्दो मेहनत गरेर खानुपर्छ


बुटवल

रुपन्देहीको बुटवल अस्पताल लाइन लुम्बिनी प्रादेशिक अस्पतालको अगाडि प्रमुख सडकको छेउमा तीन पाङ्ग्रे साइकिलमा पानी ,रेडिमेड जुस, कुर्कुरे ,चकलेट, माक्स् जस्ता सामग्री बिक्री गरी रहेका एकजना युवा देखिए ।

जन्मेको ६ महिनादेखि नै पोलियोका कारण दुवै खुट्टाले काम नगरेका कारण उनी तीनपाङ्ग्रे साइकिलमा हिँड्दा रहेछन्। दुवै खुट्टाले काम नगर्ने हुनाले हातले साइकिल हिडाएर आवतजावत गर्दा रहेछन्। दुवै खुट्टा नचल्ने तर आफू सक्दो मेहनत गरेर खानुपर्छ भन्ने सोचका भारतको उत्तर प्रदेशका नागरिक मुकेश कुमार पण्डित अहिले ३२ वर्षका रहेछन्। भारतबाट आफ्नो साथीलाई भेट्न बुटवल आएका उनी ६ वर्षदेखि बुटवलमा यसरी सक्दो मेहनत गरी जीविका चलाइरहेका रहेछन्।

घरमा ६ जनाको परिवार रहेका उनी आफ्नो जीविको पार्जनका लागि यसरी मेहनत गरेर दिनको ५सय देखि १हजार सम्म बचत गरी जीविको चलाइरहेका रहेछन्। अविवाहित मुकेश बुटवल वार्ड नम्बर ६ सुन्दर नगरमा कोठा भाडामा लिइ बस्दा रहेछन्।

तपाईं आफ्नो देशमा रहेको भए सरकारले केही सहयोग गर्थ्याे होला? भन्ने प्रश्नमा उनी भन्छन् “मासिक ४ सय अपाङ्ग भत्ता दिन्छ यो तीन पाङ्ग्रे साइकिल पनि भारत सरकारले नै दिएको हो,उक्त अपाङ्ग भत्ता बैंकमा आउँछ ,साथीभाइ बुटबल रहेको र गरी खान सकिने लागेर बुटवल नै बसेको छु”।

बुटबल उपमहानगर लगायत सराेकारवालाहरुले पनि अपाङ्ग परिचय पत्र लगायतका कुराहरुमा सहयोग गरिदिएमा आफूलाई थप प्रोत्साहन मिल्ने थियो भन्छन् मुकेश। उनी अपाङ्गता परिचय पत्रका लागि बुटवल उपमहानगरले पनि आश्वासन दिएको बताउँछन्।

हात थापेर खानुभन्दा केही सक्दो मेहनत गरेर खानुपर्छ भन्ने सोचका उदाहरणीय उनी र उनी जस्ता अपाङ्ग, असहाय नागरिकबाट सबैले शिक्षा लिनुपर्ने र यी र यस्ता नागरिकलाई आफ्नो देशले सहयोग गर्नुपर्छ ।र सम्बन्धित निकाय र सरकार वालासँग नपुगेको भए पुर्याउन सहयोग गर्नुपर्छ । उनी जस्तै विविध कारणले अन्य देशमा पुगेका नागरिकलाई पनि मानवताको नाताले सक्दो सहयोग गर्नुपर्छ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...