शुद्धोदन गाउँपालिकामा मौरी पालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न


रुपन्देही २१ चैत्र — शुद्धोदन गाउँपालिका कृषि विकास शाखा मानपकडीको आयोजनामा मौरी पालनसम्बन्धी तालिम तथा मौरी घार वितरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत पालिकाका विभिन्न वडाका किसानहरूलाई कुल ४१ वटा मौरी घार वितरण गरिएको छ। यस कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक मौरी पालनतर्फ प्रोत्साहित गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रममा किसानहरूलाई मौरी पालनसम्बन्धी आधुनिक प्रविधि, व्यवस्थापन तथा उत्पादन वृद्धिका विविध पक्षबारे जानकारी गराइएको थियो। सहभागी कृषकहरूले तालिम तथा घार वितरण कार्यक्रमले व्यवसाय प्रवर्द्धन गर्न मद्दत पुग्ने बताएका छन्।

शुद्धोदन गाउपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. २ का अध्यक्ष कमल खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको रहेको थियो । विशेष अतिथिका रूपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...