शुद्धोदन गाउँपालिकामा मौरी पालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न


रुपन्देही २१ चैत्र — शुद्धोदन गाउँपालिका कृषि विकास शाखा मानपकडीको आयोजनामा मौरी पालनसम्बन्धी तालिम तथा मौरी घार वितरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत पालिकाका विभिन्न वडाका किसानहरूलाई कुल ४१ वटा मौरी घार वितरण गरिएको छ। यस कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक मौरी पालनतर्फ प्रोत्साहित गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रममा किसानहरूलाई मौरी पालनसम्बन्धी आधुनिक प्रविधि, व्यवस्थापन तथा उत्पादन वृद्धिका विविध पक्षबारे जानकारी गराइएको थियो। सहभागी कृषकहरूले तालिम तथा घार वितरण कार्यक्रमले व्यवसाय प्रवर्द्धन गर्न मद्दत पुग्ने बताएका छन्।

शुद्धोदन गाउपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. २ का अध्यक्ष कमल खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको रहेको थियो । विशेष अतिथिका रूपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...