रूपन्देही विद्युतीय व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान


रूपन्देही

रूपन्देही विद्युतीय व्यवसायी संघले नयाँ वर्ष २०८२ को टेबल तथा भित्तेपात्रो विमोचन तथा नववर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संघले सोमबार तिलोत्तमा ७ भलबारी संघको सचिवालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा संघका अध्यक्ष शान्तराज खरालले सबैतिर उज्यालो प्रवाह गर्ने विद्युत र विद्युतीय सामग्रीको व्यवसाय गर्नेहरूको पनि भविष्य उज्यालो भएको भन्दै विगतका केही वर्षहरूबाट ओरालो लागेको व्यवसाय स्वस्थ प्रतिस्पर्धाबाट निराश नभई अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

विद्युतीय व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव दीपक पौडेलले व्यवसायमा उपयुक्त मुनाफा राखी स्वस्थ प्रतिस्पर्धामा व्यवसाय गर्नु व्यावसायको धर्म रहेको र विकृतिमा सचेत र संयम हुन आवश्यक रहेको बताए। उनले प्रदेशलाई आर्थिक ,भौगोलिक हिसाबले चाहे अनुसार अगाडि बढाउन नसकेको र अगाडि बढाउन जिल्ला ,नगर र सबै व्यावसायीको साथ आवश्यक रहेको दुखेसो पोखे।

संघका पूर्व अध्यक्ष तथा बुटबल उपमहानगरपालिका वार्ड नम्बर ८ का वडा सदस्य हरिहर ज्ञवालीले संघले धेरै मेहनत गरी क्यालेन्डर प्रकाशन गर्दै आएको र २०८२ को १२औं संस्करण विमोचन गर्न पाएकोमा गर्व महसुस गर्दै सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । ज्ञवालीले अहिले समाजमा केही गर्न खोज्दा विभिन्न कठिनाइ अवरोध गर्ने संस्कार रहेकोमा यसलाई परिस्कृत गरी साथ सहयोगको भावना विकास गर्न आवश्यक रहेको बताए। उनले सकारात्मक सोच र कर्मको परिणाम राम्रो हुने हुनाले सोही बमोजिम अगाडि बढ्न आवश्यक रहेको बताए।

जनप्रतिनिधिको हैसियतमा उनले व्यक्ति ,व्यवसायी र संघसंस्थाका लागि अगाडि बढाउन सरकारले विभिन्न योजनाहरु लिएर आउँदा आफू सक्रिय रहेर अगाडि बढेमा सहज हुने जानकारी दिए।

पात्रो प्रकाशन समितिका संयोजक चिरञ्जीवी गैरेले अहिले आर्थिक मन्दि रहेको समयमा पनि साथ सहयोग गरी विज्ञापन तथा अन्य सहयोग गर्ने व्यवसायी तथा सबैलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा संघका सल्लाहकारहरु लक्ष्मण प्रसाद भट्टराई ,चन्द्रकान्त भण्डारी, प्रेस सल्लाहकार श्रीराम ज्ञवाली ,वरिष्ठ उपाध्यक्ष केशवकुमार सिंह ,द्वितीय उपाध्यक्ष भिमलाल अधिकारी, महासचिव विष्णु भण्डारी ,जिल्ला तथा विभिन्न नगर शाखाका पदाधिकारी तथा सदस्यहरूले शुभकामना राख्दै समग्र नेपालमा विगतका केही वर्षयता व्यवसाय लगायत समग्रमा आर्थिक मन्दी बढेको र यस समयमा संयमित रहेर व्यवसाय र आफ्ना कामहरु अगाडि बढाउन प्रेरणा मिलोस् भन्नदै २०८२ को शुभकामना साटासाट गरेका थिए।

संघले सोही दिन जन्मदिन परेकोमा संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंहको जन्मदिनमा केक काटेर शुभकामना साटासाट गरी मनाएको थियो।

छुटाउनुभयो कि ?

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...