रूपन्देही विद्युतीय व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान


रूपन्देही

रूपन्देही विद्युतीय व्यवसायी संघले नयाँ वर्ष २०८२ को टेबल तथा भित्तेपात्रो विमोचन तथा नववर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संघले सोमबार तिलोत्तमा ७ भलबारी संघको सचिवालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा संघका अध्यक्ष शान्तराज खरालले सबैतिर उज्यालो प्रवाह गर्ने विद्युत र विद्युतीय सामग्रीको व्यवसाय गर्नेहरूको पनि भविष्य उज्यालो भएको भन्दै विगतका केही वर्षहरूबाट ओरालो लागेको व्यवसाय स्वस्थ प्रतिस्पर्धाबाट निराश नभई अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

विद्युतीय व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव दीपक पौडेलले व्यवसायमा उपयुक्त मुनाफा राखी स्वस्थ प्रतिस्पर्धामा व्यवसाय गर्नु व्यावसायको धर्म रहेको र विकृतिमा सचेत र संयम हुन आवश्यक रहेको बताए। उनले प्रदेशलाई आर्थिक ,भौगोलिक हिसाबले चाहे अनुसार अगाडि बढाउन नसकेको र अगाडि बढाउन जिल्ला ,नगर र सबै व्यावसायीको साथ आवश्यक रहेको दुखेसो पोखे।

संघका पूर्व अध्यक्ष तथा बुटबल उपमहानगरपालिका वार्ड नम्बर ८ का वडा सदस्य हरिहर ज्ञवालीले संघले धेरै मेहनत गरी क्यालेन्डर प्रकाशन गर्दै आएको र २०८२ को १२औं संस्करण विमोचन गर्न पाएकोमा गर्व महसुस गर्दै सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । ज्ञवालीले अहिले समाजमा केही गर्न खोज्दा विभिन्न कठिनाइ अवरोध गर्ने संस्कार रहेकोमा यसलाई परिस्कृत गरी साथ सहयोगको भावना विकास गर्न आवश्यक रहेको बताए। उनले सकारात्मक सोच र कर्मको परिणाम राम्रो हुने हुनाले सोही बमोजिम अगाडि बढ्न आवश्यक रहेको बताए।

जनप्रतिनिधिको हैसियतमा उनले व्यक्ति ,व्यवसायी र संघसंस्थाका लागि अगाडि बढाउन सरकारले विभिन्न योजनाहरु लिएर आउँदा आफू सक्रिय रहेर अगाडि बढेमा सहज हुने जानकारी दिए।

पात्रो प्रकाशन समितिका संयोजक चिरञ्जीवी गैरेले अहिले आर्थिक मन्दि रहेको समयमा पनि साथ सहयोग गरी विज्ञापन तथा अन्य सहयोग गर्ने व्यवसायी तथा सबैलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा संघका सल्लाहकारहरु लक्ष्मण प्रसाद भट्टराई ,चन्द्रकान्त भण्डारी, प्रेस सल्लाहकार श्रीराम ज्ञवाली ,वरिष्ठ उपाध्यक्ष केशवकुमार सिंह ,द्वितीय उपाध्यक्ष भिमलाल अधिकारी, महासचिव विष्णु भण्डारी ,जिल्ला तथा विभिन्न नगर शाखाका पदाधिकारी तथा सदस्यहरूले शुभकामना राख्दै समग्र नेपालमा विगतका केही वर्षयता व्यवसाय लगायत समग्रमा आर्थिक मन्दी बढेको र यस समयमा संयमित रहेर व्यवसाय र आफ्ना कामहरु अगाडि बढाउन प्रेरणा मिलोस् भन्नदै २०८२ को शुभकामना साटासाट गरेका थिए।

संघले सोही दिन जन्मदिन परेकोमा संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंहको जन्मदिनमा केक काटेर शुभकामना साटासाट गरी मनाएको थियो।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...