पत्रकार महासंघ रूपन्देहीले स्थापना दिवसमा फुट्सल प्रतियोगिता गर्ने


रुपन्देही

नेपाल पत्रकार महासंघ रूपन्देहीले संस्थाकाे ७० औँ स्थापना दिवसमा मिडियाकप तथा कर्पोरेट ( संस्था) कप फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ।

सञ्चारगृहहरू बीच तथा व्यावसायिक, पेशागत संघ संस्था बीच आपसी भातृत्व ,सहकार्य होस् भन्ने उद्देश्य राखेर फुट्सल गर्दैछ। सोमबार पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा पत्रकार सम्मेलन मार्फत यही चैत्र १६ ,१७ र १८ गते तीन दिन फुट्सल प्रतियोगिता आयोजना गर्ने बताएको हो।

जसमा चैत्र १६ गते मिडियाकप तथा १७ र १८ गते कर्पोरेट कप फुट्सल प्रतियोगिता ग्रीनफिल्ड फुट्सल कोर्ट बुटवल ११ देवीनगरमा हुनेछ। जस अन्तर्गत मिडिया कफतर्फ प्रथम पुरस्कार १७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार ,ट्रफी र सिल हुनेछ भने उपविजेतालाई ७ हजार ७ सय ७७ रुपैयाँ साथै अन्य विधागत पुरस्कार हुनेछन्। कर्पोरेट कपतर्फ प्रथम पुरस्कार २५ हजार , दोस्रो १५ हजार ,उत्कृष्ट खेलाडीलाई २ हजार ,उत्कृष्ट गोल गर्नेलाई १ हजार, उत्कृष्ट गोल रक्षकलाई १ हजार साथै ट्रफी र प्रमाणपत्र दिइनेछ।

सोमबारसम्म मिडियाकप अन्तर्गत लुम्बिनी टेलिभिजन, सबल पोस्ट डट कम , ग्लोबल आवाज ,मेचीकाली दैनिक ,बुटवल टुडे दैनिक ,समता टेलिभिजन ,लुम्बिनी अनलाइन ,बुद्ध टेलिभिजन, राज्य टेलिभिजन ,गर्जन पोस्ट ,तिलोत्तमा सिटी न्युज गरी ११ टिम सहभागी हुने फुट्सल प्रतियोगिता संयोजक तथा पत्रकार महासंघ रूपन्देहीका सहसचिव सुमन श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताले पत्रकार आपसमा सञ्चार गृह र पत्रकार आपसमा र कर्पोरेट संस्था र पत्रकारहरूको एकआपसमा एकता कायम होस् भन्ने उद्देश्यले फुट्सल प्रतियोगिता आयोजना गरेको पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले बताए। ढकालले प्रतियोगिताबाट महासंघको कोष वृद्धि ,खेलकुद पत्रकारिता पुरस्कार ,पत्रकारका बीचमा मैत्रीभाव आपसी सद्भाव, संघसंस्था तथा पेशाकर्मी बीच आपसी सद्भाव विस्तार गर्ने उद्देश्य रहेको बताए। साथै उनले बुटवल उपमहानगरपालिका ,तिलोत्तमा नगरपालिका ,सिद्धार्थनगर नगरपालिका ,साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लगायत धेरै सहयोगदाताले सहयोग गरेको बताउँदै सहयोगदाताहरूप्रति आभार व्यक्त गरे।

कर्पोरेट संस्थातर्फ सोमबारसम्म २० वटा टिम दर्ता भइसकेको र अन्य संस्था आउन इच्छुक रहेकोले संख्या बढ्ने पत्रकार महासंघ रुपन्देहीका सचिव सीपी खनालले जानकारी दिए।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...