आईसीसी विश्वकप लिग २ मा नेपाल र नेदरल्याण्ड्स भिड्दै
बुटवल
आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सको खेल्दैछन्।
स्कटल्याण्डको डन्डीमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो।
सिरिजका सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्ड २ रनको हार बेहोरेको थियो। त्यो खेलमा ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो। खेलमा हार बेहोरेको ३ सय २१ रन बनाउनु नेपालले ओडिआईमा बनाएको अहिले सम्म कै उच्च स्कोर थियो।
अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले उक्त खेल गुमाएको थियो । नेपाल जितका साथ सिरिजको अन्त्य गर्न चाहान्छ ।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने...








