खेलकुद

एनपीएल : आज जनकपुर बोल्ट् र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै

एनपीएल : आज जनकपुर बोल्ट् र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । बिहान नौ बजे जनकपुर बोल्ट् र लुम्बिनी लायन्स खेल्दैछन् । जनकपुर तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी तीन खेलमा सबै खेल गुमाएर तालिकाको पुछारमा छ । यस्तै दिउँसो सवा एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम शीर्ष स्थानमा र तीन खेलमध्ये दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ । एनपीएलमा हिजो भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्यो भने सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ...
एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – पहिलाे संस्करणकाे नेपाल प्रिमियर  लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ । आजै दिउँसो १ बजे हुने दाेस्राे खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् । यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ । कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ । समान २/२ अङ्क भएका कर्णाली छैटाैं र विराटनगर सातौं स्थानमा छन् । तीन वटै खेल जितेको जनकपुर बाेल्ट्स ६ अङ्कसहित एनपीएलकाे शीर्ष स्थानमा छ । ...
पाँचौ फोर्टिन स्टार कपको उपाधी जनसहयोग माविलाई

पाँचौ फोर्टिन स्टार कपको उपाधी जनसहयोग माविलाई

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी पाचौं फोर्टिन स्टार कप २०८१ को उपाधि जनसहयोग मा बि रेसुङ्गा ०५ भुवनपानी ले जितेको छ ।शनिबार भएको फाइनल खेल मा महेन्द्र मा बि तम्घास लाई १-० को अन्तर मा उपाधि हात पारेको छ । जनसहयोगका लागि दोस्रो हाफमा सन्तोष परियारले निणायक गोल गरे । फोर्टिन स्टार कपमा पहिलो पटक गत बर्ष सहभागि हुँदा जनसहयोग मावि क्वाटरफाइनलबाट बाहिरिएको थियो । दोस्रो पटक भने उपाधी नै जितेको छ । खेलमा महेन्द्र माध्यमिक विद्यालय दोस्रो भएको छ । महेन्द्र मावि गत बर्ष पनि दोस्रो भएको थियो । ग्रामिण क्षेत्रबाट प्रतियोगितामा सहभागी भई उपाधी जित्न सफल भए सगै जनसहयोग मा.विको चौतर्फी प्रसंसा भएको छ । खेल मैदानको अभाव, नियमित खेल अभ्यासको अभाब हुदा हुदै पनी कडा मेहनतका साथ जित हासिल गर्नु जनसहयोग माविलाई ठुलो सफलता हो । फोर्टिन स्टारकपमा जित हासिल गरेपछी खुसियालीमा खेलाडी विद्यार्थी सहित विद्यालय परिवारले पञ्...
एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५ ओभर तीन बलमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक/एक विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्ग्स १९ ओभरमा एक सय २७ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए । जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले दुई/दुई विकेट लिए । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदै ...
बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित

बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित

Breaking news 2, Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाण्डौ काठमाण्डौकाे कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणको एनपीएललाई खेलाडी, दर्शक र खेलस...
साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल फेरि उपविजेता

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल फेरि उपविजेता

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हरायो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो । ...
बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि : नेपाल उपविजेतामा सिमित

बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि : नेपाल उपविजेतामा सिमित

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो । योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ। अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो। दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो। ...
साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो । दुई वर्षअघि दशरथ रङ्गशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । अनि साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको पहिलो पटक थियो । यसपटक नेपाल र भारत तथा साविकको उपाधि विजेता बङ्गलादेश र भुटानले सेमिफाइनलमा खेल्न लागेका हुन् । बङ्गलादेश र भुटानले फाइनलमा पुग्न दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् । अघिल्लो संस्करणमा बङ्गलादेशले घरेलु टोली नेपाललाई ३–१ गोलले हराएर उपाधि जितेको थियो ।  ...
साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र  भुटान पनि खेल्दैछन् । यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको  छ ।   ...
सुपर ओभरमा जित दर्ता गर्दै एक खेल अगावै टी २० आई सिरिजको उपाधि नेपाललाई

सुपर ओभरमा जित दर्ता गर्दै एक खेल अगावै टी २० आई सिरिजको उपाधि नेपाललाई

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी(२० सिरिजको उपाधि जितेको छ ।  दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी(२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो । यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् । ...