
रूपन्देही
रूपन्देही विद्युतीय व्यवसायी संघले शनिबार संघका सदस्यहरूबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ।
संघले सदस्यहरूबीच भाइचारा स्थापित गर्ने ,मनोरञ्जन र स्वास्थ्यका लागि फुटसल प्रतियोगिता आयोजना गरेको हाे। व्यवसायसँगै सामाजिक काममा अग्रसर हुँदै आएको विद्युतीय व्यवसायीहरूको साझा संस्था रूपन्देही विद्युतीय व्यवसायी संघमा ६गाउँनगर संघ रहेका छन्।
फुटसलमा संघमा आबद्ध धेरै व्यवसायी तथा सदस्यहरू सहभागी हुने संघका कार्यवाहक अध्यक्ष केशवकुमार सिंहले जानकारी दिए।
रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित युनिक फुटसलमा शनिबार बिहान ८ बजे देखि फुटसल टुर्नामेन्ट सुरु हुने खेल संयोजक चिरञ्जीवी गैरेले जानकारी दिए।