आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा


काठमाण्डौ

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्ययीय टोलीको घोषणा गरेको हो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

टोलीमा रोहित र दीपन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल रहेका छन् ।

विश्वकप लिग–२ लगत्तै स्कल्याण्डमै हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छनोट भएका छन् । छनोट भएका खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नामावली लिग–२ को खेलहरू समापन भए सँगै सार्वजनिक गरिने क्यानले जनाएको छ ।

नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ । त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ‘ए’ टोलीसँग दुई वटा अभ्यास खेल्नेछ ।

नेपालले लिग–२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ । लिग–२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० शृङ्खला असार २ देखि शुरु हुनेछ ।

छुटाउनुभयो कि ?

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

काठमाडौं तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्...
रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्य...
फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

काठमाडौंअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुध...
युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

काठमाडौंयुक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाक...