आईसीसी विश्वकप लिग २ मा नेपाल र नेदरल्याण्ड्स भिड्दै


बुटवल

आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सको खेल्दैछन्।

स्कटल्याण्डको डन्डीमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो।

सिरिजका सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्ड २ रनको हार बेहोरेको थियो। त्यो खेलमा ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो। खेलमा हार बेहोरेको ३ सय २१ रन बनाउनु नेपालले ओडिआईमा बनाएको अहिले सम्म कै उच्च स्कोर थियो।

अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले उक्त खेल गुमाएको थियो । नेपाल जितका साथ सिरिजको अन्त्य गर्न चाहान्छ ।

८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । लिग टु का खेलहरु सकिएपछि असार १ (१५ जुन) गते यीनै तीन टोलीको सहभागितामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी रहेका छन्।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...