समाचार

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथमा सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलमा यही जेठ १७ गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिएको हो । घटनामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका–३ पुलचोकका ४१ वर्षीय दीपक विक नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ १६ गते बिहान पोखरा गएको अवस्थामा  एक करोड ४६ लाख ९४ हजार, ७०० रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज विक त्यही साँझ बुटवल फर्किएर १७ गते बिहान करिब १:०० बजेको समयमा आफ्नै पसलका...
देशका धेरैजसो ठाउँमा वर्षा

देशका धेरैजसो ठाउँमा वर्षा

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ ।  पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा ८५ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापासहित दाङ, तनहुँ, काठमाण्डौमा पनि मध्यमसम्म वर्षा भएको छ । पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ ।  आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ । आज पनि देशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई ठाउँहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।  आउने शुक्रवार र शनिवार भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । जल तथा म...
विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै शून्यबाट अगाडि बढ्ने बताउनुभएको छ ।  मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री पुनले आफू तीन वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनुभएको छ । स्वतन्त्र सांसद पुन दोस्रो पटक मन्त्री बन्नुभएक...
रास्वपाको प्रदेश अधिवेशन आजदेखि

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरु हुन लागेको हो । अहिलेसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सकिएको रास्वपाले जनाएको छ । पार्टीका अनुसार बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ । रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ ।रास्वपाको पहिलो महाधिवेशन आउँदो असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ । ...
स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

Breaking news 2, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानं ८ मजुवामा रहेको तुराङ बहुप्राविधिक शिक्षालय स्थापना भएको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा पुगेको छ।सम्मानित रोजगारी र सुनिश्चित भविष्यको लागि प्राविधिक शिक्षाको मुलनारा लिएर गुल्मीको मजुवामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीको आफ्नै आंगिक सरकारी शिक्षालयको रूपमा २०७८सालमा सम्वन्धन प्राप्त भएर अंगाडी बढेको हो।यस शिक्षालयमा ३बर्षे कृषि वाली विज्ञान तथा पशु विज्ञान संचालनमा रहेको छ।उक्त शिक्षालय देशभरका सिटिइभिटीको आङ्गिक ६६ सरकारी शिक्षालय हरु मध्येकै महत्वपूर्ण शिक्षालय हो। यस शिक्षालयमा प्रयोगात्मक अभ्यासका लागि शिक्षालयको आफ्नै कृषि फिल्ड तथा पशु फार्म रहेको छ।नविनतम खोज ,सिकाई, अध्यायन,अध्यापन हुन्छ। शान्त बातावरण,स्मार्ट वोर्ड तथा कम्प्युटर सहित प्रविधि मैत्री वातावरण रहेको छ। विषय विज्ञ तथा अनुभवी प्रशिक्षकबाट...
लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमवार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम एक हप्ताअघि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो ।पुनर्गठित मन्त्रिपरिषद्‍मा एमालेबाट चार जना र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । यद्यपि राई नेतृत्वको पार्टीले आधिकारिकता पाएको छैन ।नयाँ नियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहेका छन् चौधरीलाई कृषि, भूम...
तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना

तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार
काठमाण्डौ - गए राति कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ । कोशीको इलाम, सङ्खुवासभा र गण्डकीको कास्की, गोरखा, तनहुँ लगायतका ठाउँमा पानी परेको छ । गएको १२ घण्टामा इलाममा सबैभन्दा बढी ७२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ । आज र भोलि मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ ।  यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग बदली भई एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिवार  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । ...
रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न उहाँले आज बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबारमा बस्नेछ ।  बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ । ...
एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ - एशियाली खेलकुद क्रिकेट छनोट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ ।  सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।  समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो । नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।  नेपाल र ओमानबीच अहिलेसम्म नौ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ६ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । एक खेल भने नतिजाविहीन भएको थियो ।  आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन् । ...
परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय

परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
काठमाण्डौ - परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ ।  वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ । दुवै देशका मन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  साथै विभिन्न तीन वटा निर्णय पनि भएको छ । नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेश्नल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच भएको समझदारी पत्र अन्तर्गत ...