तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना


काठमाण्डौ – गए राति कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ । कोशीको इलाम, सङ्खुवासभा र गण्डकीको कास्की, गोरखा, तनहुँ लगायतका ठाउँमा पानी परेको छ । गएको १२ घण्टामा इलाममा सबैभन्दा बढी ७२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ । आज र भोलि मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । 

यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग बदली भई एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिवार  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

छुटाउनुभयो कि ?

मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्...
आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

बुटवलअसोज १ अर्थात सङ्क्रान्तिका अवसरमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजा–आराधन...
सर्वोच्चको आदेश: संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने

सर्वोच्चको आदेश: संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने

काठमाडौंसर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने आन्देश गरेको छ । संविधान विपरीत हुने गरी प्...
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

काठमाडौँमुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका...